काठमाडौं– प्रथम ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेट (फस्ट वुमन्स टी२० वर्ल्ड कप क्रिकेट फर दी ब्लाइण्ड)को उपाधिका लागि नेपाली ब्लाइण्ड महिला क्रिकेट टिमले आज भारत ब्लाइण्ड महिला क्रिकेट टिमसँग खेल्दैछ।
खेल श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ।
सेमिफाइनलमा पाकिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट मात्र गुमाएर सहज रूपमा पूरा गर्दै ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको थियो।त्यसअघि भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो।
पहिलो पटक भइरहेको ऐतिहासिक ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटमा नेपाल र भारतले फाइनल पुगेर इतिहास रचिसकेका छन्। अब अन्तिम खुड्किलो पार गर्दै च्याम्पियन बनेर इतिहास रच्ने दाउमा नेपाली टोली छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।