काठमाडौं – जेनजीसँग नेपाली कम्युनिस्ट पार्टीले कार्यक्रम आयोजना गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले जेनजीहरूसँग पार्टीले कार्यक्रम सुरु गरेको हो।
पार्टीमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जगन्नाथ खतिवडा लगायतहरू पुगेका छन्।
साथै, जेनजीहरू पनि सहभागी भएका छन्। पेरिसडाँडामा बाक्लो संख्यामा नेता कार्यकर्ताहरू उपस्थित छन्।
विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्बोधनका कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ।कार्यक्रममा संयोजक प्रचण्डले जेनजीसँग प्रत्यक्ष संवाद गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।