• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

​​​प्रशिक्षकसँग विवाद : खेलाडीले आफ्नै खुट्टामा गरेको बञ्चरो प्रहार!

64x64
दीप सुवेदी शुक्रबार, वैशाख १६, २०७९  २०:२२
1140x725

काठमाडौं– १९ जेठ २०७४ मा भारतविरूद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम नाम सार्वजनिक गरे। तर, राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी फरवार्ड कर्ण लिम्बु कसैलाई जानकारी नदिइ एक दिनअघि नै गृह जिल्ला झापा पुगिसकेका थिए।

घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शनका बाबजुद कर्ण राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत थिए। सन् २०१४ को मार्चमा यमनविरूद्ध ७५औँ मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गर्दै उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए। तर, यसपछि अवसर पाएनन्। 

छरितो  खेल्न उस्ताद कर्णले हरेक सिजन उत्कृष्ट प्रदर्शन गरे। तर, राष्ट्रिय टोलीमा अटाउन हम्मेहम्मे पर्थ्यो। प्रशिक्षक कोजी उनको प्रतिभाबाट प्रभावित भएपछि ३ वर्षको अन्तरालपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किए। तर, मोफसलमा राम्रो प्रदर्शन गरेका कर्णले बन्द प्रशिक्षणमा प्रभाव छोड्न सकेनन्। 

यसमा पनि नवयुग श्रेष्ठको आगमनसँगै राष्ट्रिय टोलीको फरवार्डमा थप प्रतिस्पर्धा चुलियो। यता, कर्ण प्रशिक्षणमा राम्रो प्रदर्शन गर्न नसकेका कारण कोजीको सेटबाट बाहिरिए। प्रशिक्षणमा ४ फरवार्डबाट खेलको सुरुआत गराउँदा कर्ण प्रायः बेञ्चमा हुन्थे। यही कारण आफू राष्ट्रिय टोलीमा नपर्ने देखेपछि उनले प्रशिक्षण नै परित्याग गरे। र, सामाजिक सञ्जालमार्फत् ‘विद्रोह’ पनि। 

यो पनि पढ्नुहोस्

प्रशिक्षक अलमुताइरीबाट नेपाली फुटबलले के लाभ लिन सक्छ?

एसियन कप छनोट चरणअन्तर्गत फिलिपिन्सविरूद्धको खेलमा अन्तिम २० मा परेका कर्णको व्यवहार देखेर प्रशिक्षक कोजी रुष्ट भए र उनले भारतविरूद्ध विश्वकप छनोट चरणको खेलमा उनलाई टिममा समावेश गरेनन्। तत्कालीन नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक असेम्सले सन् २०१५ को साफ च्याम्पियनसिपको महत्त्वपूर्ण मौकामा पनि कर्णको नाम हटाए।

त्यसपछिका खेलहरूमा नवयुग र भरत खवासले उनलाई रिप्लेस गर्दै आए। कर्णले भने राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्। करिब ५ वर्षपछि पात्र फेरिएको छ, व्यक्ति फेरिएका छन् तर कथा उही छ। प्रशिक्षकविरूद्ध खेलाडीहरूको सामूहिक ‘विद्रोह’।

नेपाली राष्ट्रिय टोलीमा कर्णजस्तै डिफेन्डर तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरूद्ध ‘विद्रोह’ गरिरहेका छन्। उनलाई साथ दिइरहेका छन्– विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका करिब एक दर्जन खेलाडीले।

एक दशकयता इन्डोनेसियाको शीर्ष लिग खेलिरहेका रोहित आफैंमा नेपाली फुटबलमा ‘हट केक’ हुन्। उनी जुन लिग खेलिरहेका छन्, त्यस लिगमा पुग्न जो कोही नेपाली खेलाडीको सामर्थ्यले भ्याउँदैन। नेपालभन्दा बलियो लिग खेलिरहेका रोहित सिनियर खेलाडी भएको नाताले पनि पछिल्लो समय राष्ट्रिय टोलीमा नियमित पर्दै आएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

खेलाडी–प्रशिक्षक विवाद : होटल र होस्टलले निम्त्याएको द्वन्द्व

यस अवधिमा उनले चोट बोकेको छु भन्न पाएका छैनन्। न त 'थकाइ लाग्यो, बस्न देऊ' नै भन्न पाएका छन्। तर, नियमित टोलीमा परे पनि उनको प्रदर्शन भने ‘वाह’ भनिहाल्ने सिनियर खेलाडीको लेभलको पक्कै छैन। उनी जुन खेलमा प्लेइङ–११ मा पहिलो रोजाइमा परेका छन्, त्यो खेलमा नेपाल पराजित भएको तथ्य पनि छ। त्यसमाथि नयाँ खेलाडीको आगमनसँगै बढेको प्रतिस्पर्धा र चोटको कारणले रोहितलाई सहजै स्थान बनाउन गाह्रो परिरहेको छ।  

नेपाल करिब ५ वर्षपछि त्यही अवस्थामा उभिएको छ। उसले कुवेतमा हुने एसियन कप–२०२३ को छनोटको लागि तयारी गर्दैछ। नेपालले कुवेत, जोर्डन र इन्डोनेसियाजस्ता बलिया टोलीसँग छनोट खेल्दै छ। यसअघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल पनि। यता, प्रशिक्षक अल्मुताइरी पनि नतिजा निकाल्नेभन्दा कम्तिमा बलिया टोलीलाई चुनौती दिन सक्ने योजना बनाइरहेका छन्। त्यसैअनुसार क्षमतावान खेलाडीलाई खोजिरहेका छन् र खोज्नु स्वभाविकै हो। तर, उनको योजनामा भने सिनियर खेलाडी तथा उपकप्तान रोहित पक्कै छैनन्। 

इन्डोनेसियाबाट चोट बोकेर फर्किएका रोहित स्वास्थ्य लाभ गर्ने क्रममा छन्। उनले अगाडिको खेल खेल्छन् या खेल्दैनन् पक्का भइसकेको थिएन। तर, उनी बन्द प्रशिक्षणमा बसे र प्रशिक्षण पनि गरिरहेका थिए। तर, रोहितलाई आफू अब टोलीमा पर्दिनँ भन्ने पक्का भइसकेको छ। जुन उनले आफैं स्वीकार गरिसकेका छन्।  

विश्वकप छनोट अगाडिदेखि नै उनी ‘आउट अफ फर्म’मा थिए। कुवेतको प्रशिक्षणमा हुँदा नै प्रशिक्षक अल्मुताइरीले उनलाई टोलीमा नराख्ने योजना बनाएका थिए। तर, राष्ट्रिय टोलीका सिनियर खेलाडीले प्रशिक्षक अल्मुताइरीविरूद्ध दबाब बनाएका थिए। प्रतियोगिताको मुखमा खेलाडीले ‘विद्रोह’ गरेको खण्डमा यसले पक्कै राम्रो सन्देश जाँदैनथ्याे, त्यसैले प्रशिक्षक अल्मुताइरीले उनलाई मौका दिने निर्णय गरे। जुन अहिले उनकै लागि निल्नु र ओकल्नु भएको छ।

त्यसयता प्रशिक्षक अल्मुताइरीले उनलाई केही खेलमा मौका दिए। तर, प्रमाणित गर्न सकेका छैनन्। लगातार दिइएको मौकालाई सदुपयोग गर्न नसक्नु रोहितको कमजोरी हो। उनी आफैंले सुधार गरेर सिनियर खेलाडीको परिचय दिन सक्नुपर्ने हो। तर, उनी त्यही सिनियर खेलाडीको बनाएको छवीलाई धुमिल्याउँदै छन्। 

मंगलबार रोहितसहित मुख्य खेलाडी ‘विद्रोह’मा उत्रिए पनि प्रशिक्षक अल्मुताइरी गलेका छैनन्। उनी १६ नयाँ खेलाडी बोलाएर नियमित प्रशिक्षणमा उत्रिएका छन्। शून्यबाट सुरुआत गरेका कारण उनी शून्यबाटै माथि उठ्न रुचाउँछन्। यसपालि पनि त्यही कथा दोहोर्‍याउने मनस्थितिमा छन्। उनको यो निर्णय ‘विद्रोह’ मा उत्रिएका १० खेलाडीका लागि पनि शुभ–संकेत होइन। 

यतिबेला नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन युवा खेलाडीहरू संघर्षरत छन्। मनिष डाँगी र आयुष घलानजस्ता उदीयमान खेलाडी प्रशिक्षक अल्मुताइरीकै खोज हुन भन्दा अतियुक्ति नहोला। प्रशिक्षक अल्मुताइरी पनि २५ बाट होइन, ३ सय जनाबाट खेलाडी खोज्ने अभियानमा छन्। 

यो पनि पढ्नुहोस्

खस्किएको प्रदर्शन, झस्किएका प्रशिक्षक !

अल्मुताइरी जति मिडियामा खुलेर बोल्छन्, त्यति नै काम गरेर पनि देखाउछन्। उनी नियुक्त हुनुअगाडि नै नेपाललाई साफ च्यापियन्सिपको फाइनल पुर्‍याउने लक्ष्य रहेको सुनाएका थिए। सोही अनुसार उनले नेपाललाई पहिलो पटक साफ च्यापियन्सिपको फाइनलमा पुर्‍याएर देखाए।  

यिनै खेलाडी साफ च्याम्पियनसिपको सफलतापछि नेपाल फर्किँदा गर्वका साथ भन्थे, ‘साफ च्याम्पियनसिपको फाइनल पुग्नुमा प्रशिक्षकको ठूलो हात छ, सायद उहाँको कोचिङ नभएको भए हाम्रो मिहिनेतले यहाँ आइपुग्न सक्ने थिएनौं।’  

आफैंले नेपाली फुटबलको ‘गड फादर’ बनाएका खेलाडीहरू एक वर्ष बित्न नपाउँदै उनै प्रशिक्षकलाई ‘नम्बर–१’ भिलेनको रूपमा प्रस्तुत गरिरहेका छन्। 

बिहीबार दरबारमार्गस्थित रोयलसिङ्गी होटलमा पत्रकार सम्मेलन गर्दा उपस्थित १० खेलाडीको हाउभाउ स्वाभाविक थिएन। उनीहरुको अनुहार मैदानमा देखिने जस्तो चमक र आत्मविश्वासपूर्ण पनि देखिएन। उनीहरूमा आफूले के बोल्ने र के बोलिरहेको छु भन्ने हेक्का पनि थिएन।  तर, उनीहरूले मनन् भने पक्कै गरेको हुनुपर्छ– आवेगमा आएर प्रशिक्षक अल्मुताइरीविरूद्ध ‘विद्रोह’ गर्नु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो प्रहार गर्नु जस्तै हो। 

उहीहरुले खेलका लागि विद्रोह गरेका थिएनन्। न त टिम बनाउन ‘विद्रोह’ गरेका हुन्। उनीहरू रोहितलाई पुनः टोलीमा राख्नुपर्ने माग अगाडि सारेर ‘विद्रोह’ मा होमिएका थिए। तर, प्रशिक्षक अल्मुताइरी नगलेपछि सहजै सबैले अनुमान गरिसकेका थिए। बिहीबार हुँदासम्म राष्ट्रिय मिडियाले यो विषय छताछुल्ल बनाइदिइसकेका थिए। जति उनीहरुले मैदानमा खेलेर छबि बनाएका थिए, समाचारको हेडलाइन बनेर गुमाउन पुगे। 

पत्रकार सम्मेलनमा उनीहरूले चुरो कुरा लुकाउन खोजे पनि त्यो छर्लङ्ग भइसकेको थियो। खेलाडीहरूले प्रशिक्षक अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसक्ने बारम्बार दोहोर्‍याए पनि किन भन्ने कुराको गहकिलो जवाफ दिन सकेनन्। उनीहरूले भनिरहे– कपालमा कलर गर्न दिएनन्, ट्याटु खोप्न दिएनन्, च्यातिएको पाइन्ट लगाउन दिएनन्, होहल्लासहित जीवन जिउन दिएनन्, राम्रो खाना खान दिएनन्, मिडियामा बोल्न दिएनन् र निजी मामिलमा हस्तक्षेप गरे।’

यो पनि पढ्नुहोस्

खेलाडी–प्रशिक्षक विवाद : किरणको विकल्पमा भारतीय आर्मीका गोलकिपर भित्र्याउने तयारी

वास्तवमा खेलाडी भएपछि अनुशासनमा बस्नुपर्ने हो र बस्नु नै पर्छ। तर, ‘विद्रोही’ खेलाडीले आफूलाई खुला साँढेजस्तै स्वतन्त्र छाड्नुपर्ने मागसमेत गर्न भ्याए। करिब ४५ मिनेट भएको पत्रकार सम्मेलनमा उनीहरूले खेल्न पाउनुपर्ने र खेल्छु भन्ने कुरालाई कतै पनि उठाउन सकेनन्। 

उनीहरूले एकै स्वरमा भने,‘अब हामीलाई राष्ट्रिय टोलीमा फर्किन गाह्रो छ। फर्किए प्रशिक्षकलाई हामीमाथि विश्वास हुन्न।’ उनीहरु बारम्बार आफ्नै क्षमता र गल्तीमाथि सशंकित बनिरहेका थिए। उनीहरूको माग भनेको रोहितलाई टोलीमा समेट्न पर्ने र टोलीमा ‘ग्रुपिजम’ गर्न पाउनुपर्ने थियो। जुन अस्वाभाविक हो। नेपाली राष्ट्रिय टोलीमा गत वर्ष १२ खेलाडीले डेब्यू गरेका थिए। उनीहरुलाई प्रशिक्षक अल्मुताइरीले नै खोजेर ल्याएका थिए। उनी अहिले पनि फरक–फरक परीक्षण गरिरहेका छन्। जुन कुराबाट ‘विद्रोही’ खेलाडी अन्जान छैनन्। 

कुनै पनि बेलामा नयाँ खेलाडीले उनीहरूको स्थान लिन सक्ने प्रष्ट छ। तर, उनीहरू प्रशिक्षकविरूद्ध नै ‘विद्रोह’ गरेर आफ्नो एकाधिकार जमाइरहन चाहेको स्पष्ट हुन्छ, जुन आफैंमा फुटबलको ‘स्पिरिट’ विपरीत हो। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
दुई महिनामै फेरिए रसुवामा सिडियो आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
चीनतर्फ बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता आइतबार, भदौ २१, २०८३
संसद भवन परिसरमा जेन–जी पार्क तथा शालिक स्तम्भ शिलान्याश [फोटोफिचर] आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्