• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
​​​प्रशिक्षकसँग विवाद : खेलाडीले आफ्नै खुट्टामा गरेको बञ्चरो प्रहार!
64x64
दीप सुवेदी शुक्रबार, वैशाख १६, २०७९  २०:२२
1140x725

काठमाडौं– १९ जेठ २०७४ मा भारतविरूद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम नाम सार्वजनिक गरे। तर, राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी फरवार्ड कर्ण लिम्बु कसैलाई जानकारी नदिइ एक दिनअघि नै गृह जिल्ला झापा पुगिसकेका थिए।

घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शनका बाबजुद कर्ण राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्षरत थिए। सन् २०१४ को मार्चमा यमनविरूद्ध ७५औँ मिनेटमा अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गर्दै उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए। तर, यसपछि अवसर पाएनन्। 

छरितो  खेल्न उस्ताद कर्णले हरेक सिजन उत्कृष्ट प्रदर्शन गरे। तर, राष्ट्रिय टोलीमा अटाउन हम्मेहम्मे पर्थ्यो। प्रशिक्षक कोजी उनको प्रतिभाबाट प्रभावित भएपछि ३ वर्षको अन्तरालपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किए। तर, मोफसलमा राम्रो प्रदर्शन गरेका कर्णले बन्द प्रशिक्षणमा प्रभाव छोड्न सकेनन्। 

यसमा पनि नवयुग श्रेष्ठको आगमनसँगै राष्ट्रिय टोलीको फरवार्डमा थप प्रतिस्पर्धा चुलियो। यता, कर्ण प्रशिक्षणमा राम्रो प्रदर्शन गर्न नसकेका कारण कोजीको सेटबाट बाहिरिए। प्रशिक्षणमा ४ फरवार्डबाट खेलको सुरुआत गराउँदा कर्ण प्रायः बेञ्चमा हुन्थे। यही कारण आफू राष्ट्रिय टोलीमा नपर्ने देखेपछि उनले प्रशिक्षण नै परित्याग गरे। र, सामाजिक सञ्जालमार्फत् ‘विद्रोह’ पनि। 

यो पनि पढ्नुहोस्

प्रशिक्षक अलमुताइरीबाट नेपाली फुटबलले के लाभ लिन सक्छ?

एसियन कप छनोट चरणअन्तर्गत फिलिपिन्सविरूद्धको खेलमा अन्तिम २० मा परेका कर्णको व्यवहार देखेर प्रशिक्षक कोजी रुष्ट भए र उनले भारतविरूद्ध विश्वकप छनोट चरणको खेलमा उनलाई टिममा समावेश गरेनन्। तत्कालीन नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक असेम्सले सन् २०१५ को साफ च्याम्पियनसिपको महत्त्वपूर्ण मौकामा पनि कर्णको नाम हटाए।

त्यसपछिका खेलहरूमा नवयुग र भरत खवासले उनलाई रिप्लेस गर्दै आए। कर्णले भने राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्। करिब ५ वर्षपछि पात्र फेरिएको छ, व्यक्ति फेरिएका छन् तर कथा उही छ। प्रशिक्षकविरूद्ध खेलाडीहरूको सामूहिक ‘विद्रोह’।

नेपाली राष्ट्रिय टोलीमा कर्णजस्तै डिफेन्डर तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरूद्ध ‘विद्रोह’ गरिरहेका छन्। उनलाई साथ दिइरहेका छन्– विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल घर्तीमगरलगायतका करिब एक दर्जन खेलाडीले।

एक दशकयता इन्डोनेसियाको शीर्ष लिग खेलिरहेका रोहित आफैंमा नेपाली फुटबलमा ‘हट केक’ हुन्। उनी जुन लिग खेलिरहेका छन्, त्यस लिगमा पुग्न जो कोही नेपाली खेलाडीको सामर्थ्यले भ्याउँदैन। नेपालभन्दा बलियो लिग खेलिरहेका रोहित सिनियर खेलाडी भएको नाताले पनि पछिल्लो समय राष्ट्रिय टोलीमा नियमित पर्दै आएका छन्। 

यो पनि पढ्नुहोस्

खेलाडी–प्रशिक्षक विवाद : होटल र होस्टलले निम्त्याएको द्वन्द्व

यस अवधिमा उनले चोट बोकेको छु भन्न पाएका छैनन्। न त 'थकाइ लाग्यो, बस्न देऊ' नै भन्न पाएका छन्। तर, नियमित टोलीमा परे पनि उनको प्रदर्शन भने ‘वाह’ भनिहाल्ने सिनियर खेलाडीको लेभलको पक्कै छैन। उनी जुन खेलमा प्लेइङ–११ मा पहिलो रोजाइमा परेका छन्, त्यो खेलमा नेपाल पराजित भएको तथ्य पनि छ। त्यसमाथि नयाँ खेलाडीको आगमनसँगै बढेको प्रतिस्पर्धा र चोटको कारणले रोहितलाई सहजै स्थान बनाउन गाह्रो परिरहेको छ।  

नेपाल करिब ५ वर्षपछि त्यही अवस्थामा उभिएको छ। उसले कुवेतमा हुने एसियन कप–२०२३ को छनोटको लागि तयारी गर्दैछ। नेपालले कुवेत, जोर्डन र इन्डोनेसियाजस्ता बलिया टोलीसँग छनोट खेल्दै छ। यसअघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल पनि। यता, प्रशिक्षक अल्मुताइरी पनि नतिजा निकाल्नेभन्दा कम्तिमा बलिया टोलीलाई चुनौती दिन सक्ने योजना बनाइरहेका छन्। त्यसैअनुसार क्षमतावान खेलाडीलाई खोजिरहेका छन् र खोज्नु स्वभाविकै हो। तर, उनको योजनामा भने सिनियर खेलाडी तथा उपकप्तान रोहित पक्कै छैनन्। 

इन्डोनेसियाबाट चोट बोकेर फर्किएका रोहित स्वास्थ्य लाभ गर्ने क्रममा छन्। उनले अगाडिको खेल खेल्छन् या खेल्दैनन् पक्का भइसकेको थिएन। तर, उनी बन्द प्रशिक्षणमा बसे र प्रशिक्षण पनि गरिरहेका थिए। तर, रोहितलाई आफू अब टोलीमा पर्दिनँ भन्ने पक्का भइसकेको छ। जुन उनले आफैं स्वीकार गरिसकेका छन्।  

विश्वकप छनोट अगाडिदेखि नै उनी ‘आउट अफ फर्म’मा थिए। कुवेतको प्रशिक्षणमा हुँदा नै प्रशिक्षक अल्मुताइरीले उनलाई टोलीमा नराख्ने योजना बनाएका थिए। तर, राष्ट्रिय टोलीका सिनियर खेलाडीले प्रशिक्षक अल्मुताइरीविरूद्ध दबाब बनाएका थिए। प्रतियोगिताको मुखमा खेलाडीले ‘विद्रोह’ गरेको खण्डमा यसले पक्कै राम्रो सन्देश जाँदैनथ्याे, त्यसैले प्रशिक्षक अल्मुताइरीले उनलाई मौका दिने निर्णय गरे। जुन अहिले उनकै लागि निल्नु र ओकल्नु भएको छ।

त्यसयता प्रशिक्षक अल्मुताइरीले उनलाई केही खेलमा मौका दिए। तर, प्रमाणित गर्न सकेका छैनन्। लगातार दिइएको मौकालाई सदुपयोग गर्न नसक्नु रोहितको कमजोरी हो। उनी आफैंले सुधार गरेर सिनियर खेलाडीको परिचय दिन सक्नुपर्ने हो। तर, उनी त्यही सिनियर खेलाडीको बनाएको छवीलाई धुमिल्याउँदै छन्। 

मंगलबार रोहितसहित मुख्य खेलाडी ‘विद्रोह’मा उत्रिए पनि प्रशिक्षक अल्मुताइरी गलेका छैनन्। उनी १६ नयाँ खेलाडी बोलाएर नियमित प्रशिक्षणमा उत्रिएका छन्। शून्यबाट सुरुआत गरेका कारण उनी शून्यबाटै माथि उठ्न रुचाउँछन्। यसपालि पनि त्यही कथा दोहोर्‍याउने मनस्थितिमा छन्। उनको यो निर्णय ‘विद्रोह’ मा उत्रिएका १० खेलाडीका लागि पनि शुभ–संकेत होइन। 

यतिबेला नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन युवा खेलाडीहरू संघर्षरत छन्। मनिष डाँगी र आयुष घलानजस्ता उदीयमान खेलाडी प्रशिक्षक अल्मुताइरीकै खोज हुन भन्दा अतियुक्ति नहोला। प्रशिक्षक अल्मुताइरी पनि २५ बाट होइन, ३ सय जनाबाट खेलाडी खोज्ने अभियानमा छन्। 

यो पनि पढ्नुहोस्

खस्किएको प्रदर्शन, झस्किएका प्रशिक्षक !

अल्मुताइरी जति मिडियामा खुलेर बोल्छन्, त्यति नै काम गरेर पनि देखाउछन्। उनी नियुक्त हुनुअगाडि नै नेपाललाई साफ च्यापियन्सिपको फाइनल पुर्‍याउने लक्ष्य रहेको सुनाएका थिए। सोही अनुसार उनले नेपाललाई पहिलो पटक साफ च्यापियन्सिपको फाइनलमा पुर्‍याएर देखाए।  

यिनै खेलाडी साफ च्याम्पियनसिपको सफलतापछि नेपाल फर्किँदा गर्वका साथ भन्थे, ‘साफ च्याम्पियनसिपको फाइनल पुग्नुमा प्रशिक्षकको ठूलो हात छ, सायद उहाँको कोचिङ नभएको भए हाम्रो मिहिनेतले यहाँ आइपुग्न सक्ने थिएनौं।’  

आफैंले नेपाली फुटबलको ‘गड फादर’ बनाएका खेलाडीहरू एक वर्ष बित्न नपाउँदै उनै प्रशिक्षकलाई ‘नम्बर–१’ भिलेनको रूपमा प्रस्तुत गरिरहेका छन्। 

बिहीबार दरबारमार्गस्थित रोयलसिङ्गी होटलमा पत्रकार सम्मेलन गर्दा उपस्थित १० खेलाडीको हाउभाउ स्वाभाविक थिएन। उनीहरुको अनुहार मैदानमा देखिने जस्तो चमक र आत्मविश्वासपूर्ण पनि देखिएन। उनीहरूमा आफूले के बोल्ने र के बोलिरहेको छु भन्ने हेक्का पनि थिएन।  तर, उनीहरूले मनन् भने पक्कै गरेको हुनुपर्छ– आवेगमा आएर प्रशिक्षक अल्मुताइरीविरूद्ध ‘विद्रोह’ गर्नु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो प्रहार गर्नु जस्तै हो। 

उहीहरुले खेलका लागि विद्रोह गरेका थिएनन्। न त टिम बनाउन ‘विद्रोह’ गरेका हुन्। उनीहरू रोहितलाई पुनः टोलीमा राख्नुपर्ने माग अगाडि सारेर ‘विद्रोह’ मा होमिएका थिए। तर, प्रशिक्षक अल्मुताइरी नगलेपछि सहजै सबैले अनुमान गरिसकेका थिए। बिहीबार हुँदासम्म राष्ट्रिय मिडियाले यो विषय छताछुल्ल बनाइदिइसकेका थिए। जति उनीहरुले मैदानमा खेलेर छबि बनाएका थिए, समाचारको हेडलाइन बनेर गुमाउन पुगे। 

पत्रकार सम्मेलनमा उनीहरूले चुरो कुरा लुकाउन खोजे पनि त्यो छर्लङ्ग भइसकेको थियो। खेलाडीहरूले प्रशिक्षक अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसक्ने बारम्बार दोहोर्‍याए पनि किन भन्ने कुराको गहकिलो जवाफ दिन सकेनन्। उनीहरूले भनिरहे– कपालमा कलर गर्न दिएनन्, ट्याटु खोप्न दिएनन्, च्यातिएको पाइन्ट लगाउन दिएनन्, होहल्लासहित जीवन जिउन दिएनन्, राम्रो खाना खान दिएनन्, मिडियामा बोल्न दिएनन् र निजी मामिलमा हस्तक्षेप गरे।’

यो पनि पढ्नुहोस्

खेलाडी–प्रशिक्षक विवाद : किरणको विकल्पमा भारतीय आर्मीका गोलकिपर भित्र्याउने तयारी

वास्तवमा खेलाडी भएपछि अनुशासनमा बस्नुपर्ने हो र बस्नु नै पर्छ। तर, ‘विद्रोही’ खेलाडीले आफूलाई खुला साँढेजस्तै स्वतन्त्र छाड्नुपर्ने मागसमेत गर्न भ्याए। करिब ४५ मिनेट भएको पत्रकार सम्मेलनमा उनीहरूले खेल्न पाउनुपर्ने र खेल्छु भन्ने कुरालाई कतै पनि उठाउन सकेनन्। 

उनीहरूले एकै स्वरमा भने,‘अब हामीलाई राष्ट्रिय टोलीमा फर्किन गाह्रो छ। फर्किए प्रशिक्षकलाई हामीमाथि विश्वास हुन्न।’ उनीहरु बारम्बार आफ्नै क्षमता र गल्तीमाथि सशंकित बनिरहेका थिए। उनीहरूको माग भनेको रोहितलाई टोलीमा समेट्न पर्ने र टोलीमा ‘ग्रुपिजम’ गर्न पाउनुपर्ने थियो। जुन अस्वाभाविक हो। नेपाली राष्ट्रिय टोलीमा गत वर्ष १२ खेलाडीले डेब्यू गरेका थिए। उनीहरुलाई प्रशिक्षक अल्मुताइरीले नै खोजेर ल्याएका थिए। उनी अहिले पनि फरक–फरक परीक्षण गरिरहेका छन्। जुन कुराबाट ‘विद्रोही’ खेलाडी अन्जान छैनन्। 

कुनै पनि बेलामा नयाँ खेलाडीले उनीहरूको स्थान लिन सक्ने प्रष्ट छ। तर, उनीहरू प्रशिक्षकविरूद्ध नै ‘विद्रोह’ गरेर आफ्नो एकाधिकार जमाइरहन चाहेको स्पष्ट हुन्छ, जुन आफैंमा फुटबलको ‘स्पिरिट’ विपरीत हो। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्