काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि आवश्यक दल दर्ताको निवेदन निर्वाचन आयोगमा पेश गरेको छ। सोमबार नेता लीमा अधिकारीसहितको टोली आयोग पुगेको थियो।
नेतृ अधिकारीका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता अनिवार्य भएपछि आयोगमा औपचारिक रूपमा निवेदन बुझाइएको हो। उनले आफूहरू विधिको शासन, नागरिक सर्वोच्चता र संविधानलाई सही मार्गमा फर्काउन चुनावलाई प्राथमिकतामा राखेको बताइन्।
‘हामी निर्वाचन केन्द्रित भएका छौं। हाम्रा सबै गतिविधि अब चुनावसँग सम्बन्धित छन्,’ अधिकारीले भनिन्, ‘बैकल्पिक शक्तिको हैसियतले देशका महत्वपूर्ण मोडमा जिम्मेवारीपूर्वक लागिरहेका छौं। फागुन २१ को निर्वाचनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौं।
अधिकारीले जेनजी आन्दोलनपछि मुलुकलाई पहिलो चरणमा निर्वाचनतर्फ धकेल्न माग गर्ने पार्टी रास्वपा नै भएको दाबी पनि गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।