काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
राप्रपा नेपालले आगामी मंगलबारका लागि बैठक आह्वान गरेको हो।
महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनबारे छलफल हुनेछ।
बैठकमा अध्यक्ष कमल थापाले पार्टीको भावी योजना र रणनीति प्रस्तुत गर्ने कार्यतालिका पनि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।