काठमाडौं–युरिया मल आपूर्तिको जिम्मा पाएको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेजले कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयविरुद्ध फेरि उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ।
२५ हजार मेट्रिक टन युरिया मलको पहिलो ठेक्का अलपत्र पारेपछि गत भदौमा कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल आफैंले शैलुङलाई कारबाहीको प्रकृया अगाडि बढाएका थिए। कालोसूचीमा नराख्न र धरौटी जफत नगर्न मागसहित शैलुङले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। उक्त मुद्दामाथि अझै फैसला हुन बाँकी छ।
तर यहीबीच शैलुङले ३० हजार मेट्रिक टन बराबरको अर्को ठेक्का पनि अलपत्र पारेपछि कृषि सामग्री कम्पनीले दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय गरेको छ। कृषि सामग्रीको उक्त निर्णयविरुद्धसमेत शैलुङ अदालत पुगेको हो।
मन्त्री भुसालले गत भदौ २१ गते पत्रकार सम्मेलनमार्फत् शैलुङलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखिपठाउने र उसको धरौटीसमेत जफत गर्ने निर्णय आफूले गरेको बताएका थिए। सोहीबमोजिम कृषि सामग्री कम्पनीले प्रकृया अगाडि बढाएपछि कारबाहीको निर्णयविरुद्ध शैलुङले भदौ २८ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थियो। सो मुद्दामाथि गत असोज ७ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको बुधबारको संयुक्त इजलाशले अन्तरिम आदेश दिन नहुने फैसला गरेको थियो।
मल ठेक्का प्रकरणमा अदालतले ‘महामारीको कारण देखाएर ठेकेदार कम्पनीले उन्मुक्ति नपाउने,ु तथा ुशैलुङ र अर्को कम्पनी होनिको मल्टीपलले ठेक्का सम्झौताअनुसारको दायित्व पुरा नगरेको’ भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। ‘कोभिड–१९ महामारीकै बीच ठेक्कापट्टा भएकाले यसलाई असामान्य परिस्थितिको कारण ढिलाइ भएको मान्न नसकिने तथा धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने सरकारको निर्णयउपर अन्तरिम आदेश दिन नमिल्नेू उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशको फैसलामा उल्लेख छ।
पहिलो मुद्दा चलिरहेकै बेला कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय गरेको थियो। ३११ दशमलव ५० अमेरिकी डलर बराबरमा आपूर्ति गर्ने गरी पाएको कुल ठेक्का रकमको ५ प्रतिशत बराबर हुन आउने धरौटी रकम जफत गर्ने निर्णय भएको थियो।
कृषि सामग्री कम्पनीको यो निर्णयविरुद्ध पनि शैलुङले मंगलबार रिट निवेदन दर्ता गराएको छ भने अदालतले आजै बुधबारका लागि पेशी तोकेको छ।
कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले भने शैलुङले दायर गरेको दोस्रो ठेक्काबारे आफुलाई जानकारी नरेहको बताए।
सम्बन्धित समाचार
मलको ठेक्का अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई कालोसूचीमा राख्ने बाटो खुल्यो
सरकारका ‘आफ्ना मान्छे’ले सवा ४ अर्बको ठेक्का अलपत्र पारेपछि रासायनिक मलमा पैंचोको भर
नेपाललाई मल पैँचो दिन बंगलादेश तयार
५० हजार मेट्रिक टन मलका लागि किन बंगलादेश पुग्यो कृषि मन्त्रालय?
मलकाे ठेक्का ठेकेदारले अलपत्र पारेपछि बंगलादेशसँग पैंचो माग्ने सरकारको तयारी
प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का, अबका सबै टेन्डर दिन 'ग्रान्ड डिजाइन'
ठेकेदारको योग्यता नै नतोकी अर्बौंको मल खरिद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।