• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मल ठेक्का प्रकरणमा अदालतले भन्यो-महामारीको कारण देखाएर ठेकेदार कम्पनीले उन्मुक्ति पाउँदैनन्

शैलुङ र होनिकोले ठेक्का सम्झौताअनुसारको दायित्व पुरा नगरेको भन्दै उच्च अदालत पाटनद्वारा अन्तरिम आदेश दिनअस्वीकार
64x64
हेमन्त जोशी बिहीबार, असोज ८, २०७७  ०७:२७
1140x725

काठमाडौं-रासायनिक मलकाे ठेक्का अलपत्र पार्ने २ ठेकेदार कम्पनीलाई सरकारले गरेको कारबाहीउपर अन्तरिम आदेश दिन उच्च अदालत पाटनले अस्वीकार गरेको छ। 

दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेज र होनिको मल्टिपलले ठेक्का सम्झौताअनुसारको दायित्व पुरा नगरेको र कोभिड-१९ महामारीकै बीच ठेक्कापट्टा भएकाले यसलाई असामान्य परिस्थितिकाे कारण ढिलाइ भएको मान्न नसकिने भन्दै धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने सरकारको निर्णयउपर अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको हो।

उच्च अदालत पाटनका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण कुँवरको बुधबारको संयुक्त इजलाशले अन्तरिम आदेश दिन नहुने फैसला गरेको हो।

तोकिएको समयमा मल ल्याउन नसकेपछि गत भदौ २१ गते कृषि सामग्री कम्पनीले ती दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने र जमानत जफत गरी कालोसूचीमा राख्नेसमेत निर्णय गरेको थियो। कृषि सामग्रीको यो निर्णयविरुद्ध दुवै कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।

कृषि सामग्री कम्पनीको भदौ २१ गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले भदौ ३० गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर बुधबारको फैसलाले भने ठेकेदार कम्पनीहरुले नै सम्झौताअनुसार काम नगरेकाले अन्तरिम आदेश दिन नहुने जनाएको छ।

यो पनि पढ्नुहोस्

मलको ठेक्का अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई कालोसूचीमा राख्ने बाटो खुल्योबुधबार, असोज ७, २०७७

‘निवेदकले कोभिड-१९ लगायतका काबुबाहिरको परिस्थितिको कारण सम्झौताले तोकेको अवधिभित्र मल ल्याउन नसकिएको भनि जिकिर लिएको देखिएता पनि कोभिड-१९ महामारी सम्झौतापश्चात उत्पन्न असामान्य परिस्थिति नभई सो महामारीकै बीच उक्त सम्झौता भएको देखिँदा महामारीका कारण करार बमोजिमको दायित्व पालना गर्नबाट निवेदकले उन्मुक्ति पाउन सक्ने अवस्था देखिएन,’ अदालतले फैसलामा भनेको छ।

ठेक्का सम्झौताको दफा ३ मा तोकिएको समयमा मल आपूर्ति गर्न नसकेमा बैंक ग्यारेन्टी जफत गर्न सकिने प्रावधान रहेको र विपक्षीले कपटपूर्ण तरिकाले बैंक ग्यारेन्टी जफत गरेको नदेखिएको पनि अदालतले उल्लेख गरेको छ। ‘निवेदक स्वयंले करारीय दायित्व पूरा नगरेका कारण उत्पन्न परिस्थितिबाट निजलाई अपुरणीय क्षति हुन जाने भनी मान्न मिल्ने अवस्थासमेत नदेखिँदा निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन,’ अदालतले भनेकाे छ। उच्च उदालत पाटनले यसअघि गरेको अन्तरिम आदेश खारेज भएको पनि जनाएको छ। 

Ncell 2
Ncell 2

कृषि सामग्री कम्पनी र शैलुङ तथा होनिकोबीच भएको २५ हजार मेट्रिकटन मल खरिदसम्बन्धी सम्झौताअनुसार प्रतितपत्र (एलसी) खोली निवेदक कम्पनीलाई जानकारी दिएको सात दिनबाट गणना हुनेगरी ११० दिनभित्र मल आपूर्ति गरिसक्नुपर्ने उल्लेख छ। कृषि सामग्री कम्पनीले गत बैसाख ३० गते प्रतितपत्र खोली शैलुङलाई जानकारी गराएको थियो। यी दुई पक्षबीच भएको सम्झौताको दफा ७ अनुसार ३५ दिनभित्र पहिलो, ६५ दिनभित्र दोस्रो सिपमेन्ट गरिसक्नुपर्ने भन्ने शर्त राखेको देखिन्छ। तर यी शर्त भने कम्पनीले पुरा गरेको देखिँदैन।

अदालतको यो आदेशसँगै मलको ठेक्का अलपत्र पार्ने ती दुवै कम्पनीको जमानत जफत गरी कालोसूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सजिलोे भएको छ। कृषि सामग्री कम्पनीले अघिल्लो हप्ता सोमबार नै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गर्दै ती दुवै कम्पनीलाई कालोसूचीमा राख्न भनिसकेको छ।

सम्बन्धित समाचार

मलको ठेक्का अलपत्र पार्ने प्रचण्डका घरबेटीको कम्पनीलाई कालोसूचीमा राख्ने बाटो खुल्यो

सरकारका ‘आफ्ना मान्छे’ले सवा ४ अर्बको ठेक्का अलपत्र पारेपछि रासायनिक मलमा पैंचोको भर

नेपाललाई मल पैँचो दिन बंगलादेश तयार

५० हजार मेट्रिक टन मलका लागि किन बंगलादेश पुग्यो कृषि मन्त्रालय?

मलकाे ठेक्का ठेकेदारले अलपत्र पारेपछि बंगलादेशसँग पैंचो माग्ने सरकारको तयारी

प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का, अबका सबै टेन्डर दिन 'ग्रान्ड डिजाइन'

ठेकेदारको योग्यता नै नतोकी अर्बौंको मल खरिद

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६... बिहीबार, पुस २४, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६... बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्