• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बुहारीको प्रेमपूर्ण व्यवहारले सासू, –आमा बन्छिन् 

अनुपमा घिमिरे शुक्रबार, फागुन २, २०८१  १६:४६
1140x725

हरेक वर्ष हरितालिका तीज नजिकिँदै गर्दा नेपाली हिन्दू महिला उत्साहित हुन्छन् । श्रीमानको दीर्घायूको कामना गर्दै महिलाहरु निराहार ब्रत बस्छन् ।

आजकल भने सबैले यो पालना गर्दैनन् । बरु तीज मनाउने शैली फेरिएको छ शहरमा । गाउँमा भने अझै अवस्था उस्तै छ । तर शहर बजारका होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा मनाइने भड्किला कार्यक्रमका कारण भने तीज आलोचित बन्न पुगेको छ । आलोचना हुनुको अर्को कारण आजकल गाइने गीत पनि हुन् । 

पहिले–पहिले महिलाहरुले तीजका अवसरमा माइतमा गएर पोइली घरमा छँदा पाएका विरह पोख्थे । तर आजकल आउने अधिकांश गीतमा सासू–ससुरालाई गाली गर्ने र उनीहरुको व्यवहारलाई व्यङ्ग्य गरिन्छ । 

परिवारभित्रको सम्बन्धलाई मजबुद बनाउन हरेक सदस्यको महत्त्वपूर्ण भूमिका हुन्छ । बुहारीको भूमिका अझ ठूलो हुन्छ । र, यो भूमिका सुदृढ गर्नका लागि आवश्यक छ मिठो बोली र व्यवहार ।

म पनि विवाहित महिला हुँ । पारिवारिक सम्बन्ध कसरी सुदृढ पार्न सकिन्छ र यसमा बुहारीको भूमिका के हुन्छ भन्ने विषयमा यो आलेख तयार पार्ने कोशिस गरेकी छु । यहाँ उल्लेखित कतिपय कुरा मेरा आफ्नै अनुभव हुन्, कतिपय नजिकका साथीभाईका । 

यस आलेखमा सबै सासूआमाहरुप्रति आदर गर्दै हामी बुहारीहरुको सौहार्दपूर्ण व्यवहारले घर कति सुन्दर बन्छ भन्ने विषय समेटेकी छु । हरेक मानिसको सम्बन्ध मजबुद बनाउने उसको बोली र व्यवहार नै हो । त्यसमा जति मिठास आउँछ सम्बन्ध पनि उत्तिकै मिठो हुन्छ । 

एक तहको उमेर पार गरिसकेका हाम्रा सासूआमाहरुको संघर्ष र त्यागलाई बुझ्न सकेर हामीले सोही अनुसारको व्यवहार गर्न सक्यौं भने सायद सम्बन्ध सासू बुहारीको भन्दा आमाछोरीको जस्तो आत्मिय बन्न सक्छ । 

मिठो बोली र व्यवहार नै परिवारलाई जोडीराख्ने अदृश्य डोरी हो । बुहारीको बोली संवादको माध्यम मात्र होइन, यो परिवारलाई एकतामा बाँध्ने एउटा साधन पनि हो ।

Ncell 2
Ncell 2
nimb
nimb

आदर र प्रेमले भरिएको बोलीले जब बुहारी बोल्छिन्, तब त्यो आवाजको जादुले घर परिवार मात्र होइन, आफन्तहरूलाई समेत निकट बनाउँछ र सम्बन्धमा आत्मियता झल्काउँछ । 
बोली त साधन मात्र हो, तर आत्मियता, प्रेम र शिष्टता जब आवाज बनेर बाहिर आउँछ, त्यसले सम्बन्धलाई अझ सुदृढ बनाउँछ। विवाह नभएकाले त अरुका कुरा सुन्ने हो, कल्पना गर्ने हो ! बिहे भएकाहरुले एकछिन सोचौं त, हामी बुहारी त्यो समय चर्को नबोलेको भए? त्यसबेला त्यो रिस नदेखाएको भए? भनेर कति धेरै पछुतो मान्छौं है।

घर भनेको मन्दिर हो, जहाँ प्रेम र सम्मानको पूजा हुन्छ। सम्बन्धहरू नै देवता हुन्, जहाँ विश्वास र सद्भाव बलियो भयो भने घरमा कलहको अवस्था नै बन्दैन । जब बुहारीले सानो कुरामा पनि सम्मान जनाउँदै मिठासका साथ बोल्छिन्, त्यो घरमा शान्ति, समझदारी र सकारात्मक वातावरण सधैं रहिरहन्छ। बुहारीको प्रेमील बोलिले घरलाई मन्दिर बनाउँछ। 

झगडा भएको घर होइन, हाँसोले गुन्जिएको घरभित्रका सम्बन्ध निकै कसिला हुन्छन् । मैले कही देखेको छैन सासू बुहारीको झगडा भएको घरमा शान्ति । मैले महशुस गरेको छैन, सासु बुहारीको झगडाले राम्रो रिजल्ट दिएको । कुनै घरमा सासू र बुहारीबीच निरन्तर झगडा भयो भने त्यसले समग्र परिवारमा समस्या सिर्जना गर्छ र अनायसै डिभोर्स गरेर अनिश्चित यात्रामा हिँड्न बाध्य पर्छिन् बुहारीहरु । बुहारी मात्रै सुध्रियो भने धेरै हदसम्म ठीक हुन्छ भन्ने मलाई लाग्छ । 

सासूलाई पनि गल्तीको महशुस गर्न समय दिन सक्नुपर्छ । तर, झनक्क रिसाएर तुरुन्त जवाफ फर्काइहाल्ने व्यवहार हामी बुहारीले पनि सुधार्न जरुरी छ । हामी सुध्रिनुपर्छ भनिराख्दा सासू–ससुराका हरेक वचन सहिरहनपर्छ भन्ने खोजेको पनि होइन । हिंसा, सहन नसकिने व्यवहारको प्रतिवाद पनि गर्न पर्छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर स–साना कुरामा भने झनक्क परिहाल्न हुन्न । कतिपय कुरामा हामीले बुझाउन पनि सक्नुपर्छ । हाम्रा अधिकांश सासूहरुले औपचारिक शिक्षा लिन पाउनुभएन । जिन्दगीमा जे–जे अनुभव गर्नुभयो सोही अनुसार नै उहाँहरुले व्यवहार देखाउनुपर्छ । तर हामी अहिलेका बुहारी कलेज हुँदै विश्वविद्यालयमा छौं । हामीले समाज र सामाजिक अवस्थाबारे अध्ययन अध्यापन गरिरहेका छौं । यस्तोमा हाम्रा बुज्रुकहरुलाई सम्झाउने हाम्रो पहिलो कर्तव्य हो । उहाँहरुको अनुभव सुन्दै हामीले हासिल गरेको शिक्षाले दिएको ज्ञान अनुसारको व्यवहार गर्न सक्यौं भने परिवारभित्र सायदै कलह आउला ।

हो म पनि एउटा बुहारी हुँ। ६ वर्ष भयो, मैले श्रीमानको सिन्दुरसँगै उहाँको घरमा भित्रिएको । नयाँ–ठाउँ, नयाँ परिवार—सायद मलाई सहज पक्कै थिएन । १८ वर्षको उमेरमा बुहारीको रूपमा यो घरमा पाइला टेक्दा अनगिन्ती प्रश्नहरूले मनमा हलचल मच्चाउँथे । के म सबैको मन जित्न सकुँला ? के म आफ्नो जिम्मेवारी पूरा गर्न सकुँला ? तर, समयसँगै बुझ्दै गएँ, मायाले हरेक दूरी घटाउँछ र आदरले हरेक सम्बन्ध बलियो बनाउँदोरहेछ । 

आज गर्वका साथ भन्न सक्छु—म एक बुहारी हुँ, जसले सम्बन्धका धागाहरूलाई प्रेम, विश्वास र सहनशीलताको सुईले गाँसेकी छु । मैले बुझेकी छु, परिवारमा साना प्रयासहरूले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। मिठासको बोलीले मन जितिन्छ, सादगीले सम्बन्ध गाढा हुन्छ । बुहारी हुनु केवल एउटा भूमिका होइन, यो त मायाको पुल बनेर सबैलाई एकै डोरीले बाँधिरहने सम्बन्ध हो। होला कतिपय कुरा म अझै बुहारीको भूमिकामा गर्न बाँकी छ, पढ्दैछु कतिपय कुराको जिम्मेवारी बहन गर्न बाँकी छ । तर, मनले बुझेको छ र मस्तिस्कले सोचेको छ –‘बुहारीको कर्तव्य र जिम्मेवारी । अनि त्यो कर्तव्य र जिम्मेवारीमा मिठो बोलिको सामर्थ्य ।

मलाई अझै याद छ, म भित्रिएपछिका ती अनिदा रातहरू। ती रातहरूमा मनमा हाँसो र खुसी मात्र थिएन, डर, अनिश्चितता र संकोचका छायाँहरू पनि थिए । नयाँ घर, नयाँ अनुहारहरू र नयाँ सम्बन्धहरूको बगैंचामा आफूलाई मिलाउने प्रयास गर्दै मनभित्र अनगिन्ती भावनाहरूको खेल चलिरहेको थियो। तर, समयसँगै ती अनिदा रातहरू सम्झनाको मीठो कोरामा बदलिए। संकोचले ठाउँ छोड्यो, आत्मियताले कब्जा गर्‍यो। अनिश्चयको ठाउँमा भरोसा स्थापित भयो।

भोलि म के गरूँ ? मेरो परिवारलाई कसरी खुशी बनाऊँ ? यी प्रश्नहरूले मनभरि हलचल मच्चाउँथे। तर, हरेक रात म आफूलाई सम्झाउँथेँ—समयले सबै सिकाउँछ। नयाँ घर, नयाँ अनुहार, नयाँ चालचलन र नयाँ जिम्मेवारीहरूमा आफूलाई मिसाउन कहिलेकाहिँ कमजोर महसुस गर्थेँ। तर, ती अनिदा रातहरू मेरा भावना, डर, आशा र नयाँ सम्बन्धहरूको सुरुवाती कथा थिए । आज ती रातहरू सम्झिँदा लाग्छ, त्यो अनिद्रा मेरो आत्मविश्वासको आधार, मायाको परिभाषा र परिवारको अभिन्न हिस्सा बन्ने यात्राको पहिलो खुड्किलो थियो।

एउटी छोरी, जसको संसार बाबा, आमा र दाइको काखमा सीमित थियो। जसको जीवन माया, हेरचाह र न्यानो काखले भरिएको थियो। तर, जब म बुहारीको रूपमा नयाँ घरमा आएँ, त्यही माया र आत्मीयता नयाँ अनुहारहरूसँग बाँड्न सिकेँ। म बुझ्न थालेँ—जिम्मेवारी बोझ होइन, माया र विश्वासको अर्को रूप हो। हरेक सानो प्रयासले सम्बन्धलाई बलियो बनाउँछ, हरेक मिठो बोलीले घरमा शान्ति र सद्भाव ल्याउँछ।

मेरो सासू आमाले सधैं भन्नुहुन्छ, ‘अनु, सधैं यस्तै हुनु है ? मिठो बोली सुन्न पाइराखूँ। हो, कहिलेकाहिँ सासू–बुहारीबीच मतभेद हुन्छ।’ पुस्ताको फरक सोचका कारण केही उहाँका विचारमा म सहमत हुन सक्दिनँ अनि मेरा केही कुरामा उहाँ । तर, हामी संवाद गर्छौं । एकअर्कालाई बुझ्ने प्रयास गर्छौं । उहाँ सधैं भन्नुहुन्छ, ‘अनु, तिम्रा पखेटा उड्नका लागि स्वतन्त्र छन् । तर  उड्न जान्ने तिम्रो कुरा हो ।’

मेरो स्वतन्त्रताको गन्तव्यमा उहाँका प्रेरणादायी वचनहरु मेरा लागि निकै महत्त्वपूर्ण छन् । त्यसैले म पनि उहाँलाई खुसी राख्न हरसम्भव प्रयास गर्छु । सहमतिले परिवारमा महत्त्वपूर्ण भूमिका खेल्छ। कहिलेकाहिँ आफ्ना चाहना र विचारलाई थोरै सम्झौता गर्नु आवश्यक हुन्छ। किनकि परिवार भनेको मनका तारहरूलाई जोड्ने डोरी हो, जहाँ आदर, माया र समझदारी प्रमुख हुन्छन् ।

बोलिको मिठास, व्यवहारको सरलता र मनको शुद्धताले सम्बन्धलाई जीवन्त बनाउँछ । म बुहारी हुँ, र यो सम्बन्धलाई प्रेम र विश्वासले सिँगार्न सधैं तयार छु।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
सम्बन्धित सामग्री
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो दशैं र विजयादशमीमा पनि फरक छ। पहिले त हामी दशैं मान्थ्यौं। पछिपछि आएर दशैंलाई विजयादशमी भन्न थालियो। पहिलो त दशैं नेपालीहरुको चाड हो... बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्। बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्