बर्दिया— बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले कार्यालय समयमा मदिरा खाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।
उनलाई मापसे जाँच गरी बेलुकी छाडेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषीराम घर्तीमगरले जनाए ।
मेयर छविलाल थारुले प्रशासकीय अधिकृत मापसे गरी उपमेयरको कक्षमा पुगेर अभद्र व्यवहार गरेपछि प्रहरीलाई बोलाएको बताए ।
उनलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय, जयनगरमा लगेको थियो । उनीमाथि विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिने बारबर्दिया नगरले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।