काठमाडौं- बंगलादेशले नेपाललाई ५० हजार मेट्रिक टन रासायनिक मल दिन सहमति जनाएको छ। नेपालले पैँचो मागेको मल बंगलादेशले दिने भएको हो।
दुई देशका प्रधानमन्त्रीबीचको छलफलमा बंगलादेशले मल दिने भएको सहमति जनाएको हो।
'करिब एक महिनाअघि नै अनौपचारिक छलफलमा उहाँहरू सहमत हुनुभएको थियो तर एकपटक प्रधानमन्त्री तहमा कुरा होस् भन्ने बंगलादेशी कृषि मन्त्रालयको चाहनाअनुसार आज छलफल भयो र मल लिने भएका छौँ,' कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले भने।
यसअनुसार अब नेपालले मल किनेर केही समयपछि बंगलादेशलाई पैँचो तिर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।