काठमाडौं - आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा शुक्रबार सुन प्रतितोला पाँच हजार ९ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेर प्रतितोला तीन हजार ८१० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला तीन हजार ९२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।