काठमाडौं– शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्यमा वृद्धि भएको छ।
सुन ३ हजार ३०० र चाँदी १२० रुपैयाँले वृद्धि भएको हो।
अघिल्लो दिन बिहीबार सुन १ हजार ४०० र चाँदी ३५ रुपैयाँले बढेको थियो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन प्रतितोला सुनको मूल्य २ लाख ४६ हजार १०० कायम भएको हो। बिहीबार सोही परिमाणको सुनको भाउ २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको थियो।
महासंघका अनुसार १२० रुपैयाँ बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार १९५ रुपैयाँमा पुगेको छ। बिहीबार एक तोला चाँदी ३ हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।