• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ५, २०८३ Sat, Nov 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

स्कुलमा सिकेको सीप घरमै प्रयोग, च्याउ खेतीबाटै खर्च जुटाउँदै सुशान्त र सम्झना

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १३, २०८३  ०९:२३
1140x725

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियाका दुई दाजुबहिनी सुशान्त भाट र सम्झना भाटले पढाइसँगै घरमै च्याउ उत्पादन गरेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । सानै उमेरमा विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उनीहरूले च्याउ खेती सुरु गरेका हुन्। 

विणा माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय सुशान्त र १३ वर्षीया सम्झनाले घरमै च्याउ उत्पादन गरी बिक्री गर्दै आएका छन्। कलिलो उमेरमै उनीहरूमा आत्मनिर्भर बन्ने र र भविष्यमा उद्यमी बन्ने सोच छ।

सम्झना कक्षा ९ मा अध्ययनरत छिन् । विद्यालयको विज्ञान विषयअन्तर्गत च्याउ उत्पादन गर्ने तरिकाबारे प्रयोगात्मक रूपमा सिकेपछि घरमा पनि च्याउ खेती गर्न थालेको उनी बताउँछिन्।

‘विद्यालयमा च्याउ उत्पादन गर्ने तरिका सिकेका थियौं। त्यही सीपलाई घरमा पनि प्रयोग गर्‍यौं। च्याउ खेती गर्न थालेको तीन वर्ष भयो,’ सम्झनाले भनिन् । 

विद्यालयमा सिकेको ज्ञानले आफूलाई नयाँ काम गर्न प्रेरित गरेको उनको भनाइ छ । पढाइसँगै उत्पादनमूलक काममा लाग्दा सीप र अनुभव दुवै बढेको उनी बताउँछिन्।

च्याउ उत्पादन गरेर बिक्री गर्दा सम्झनाले गत वर्ष करिब ४० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । च्याउ बेचेर आएको पैसाले कापीकलम किन्ने र आफ्नो व्यक्तिगत खर्च जुटाउने गरेको उनको भनाइ छ।

सानै उमेरमा आफ्नै मेहनतबाट आम्दानी गर्न पाउँदा उनलाई खुसी लागेको छ । परिवारको सहयोगमा च्याउ उत्पादन गर्ने, त्यसको हेरचाह गर्ने र बिक्रीका लागि तयार पार्ने काममा उनी सक्रिय छिन् । पढाइसँगै सीप सिकेर काम गर्न सके आफ्ना आवश्यकताका लागि अरूमा निर्भर हुन नपर्ने उनको अनुभव छ ।

सुशान्त पनि बहिनीसँगै च्याउ खेतीमा संलग्न छन् । विद्यालयमा सिकेको कुरा घरमा प्रयोग गर्दै दुवै जनाले मिलेर च्याउ उत्पादन गर्ने गरेको उनले बताए । भविष्यमा पनि यही व्यवसायलाई निरन्तरता दिने उनको सोच छ । 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी दाजुबहिनी मिलेर च्याउ उत्पादन गर्छौं। विद्यालयमा सिकेको सीप घरमा प्रयोग गर्न पाउँदा राम्रो लागेको छ । भविष्यमा पनि यही व्यवसायलाई अगाडि बढाउने सोच छ,’ सुशान्तले भने । 

उनीहरू अहिले पनि च्याउ उत्पादनका लागि आवश्यक तयारीमा जुटिरहेका छन् । विद्यालयमा सिकेको सीपलाई व्यवहारमा उतार्दै उनीहरूले उद्यमशीलताको अभ्यास गरिरहेका छन्।

नेपालमा अवसर नदेखेर धेरै युवा विदेश जाने सोच बनाइरहेका बेला सुशान्त र सम्झनाजस्ता बालबालिकाले भने आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। च्याउ खेतीजस्ता साना व्यवसायबाट पनि आम्दानी गर्न सकिने र भविष्यमा त्यसलाई विस्तार गर्न सकिने उनीहरूको विश्वास छ । 

विद्यालयमा प्राप्त व्यावहारिक शिक्षालाई घरपरिवारको सहयोगमा उपयोग गर्नसके विद्यार्थीले पढाइसँगै सीप र उद्यमशीलता विकास गर्न सक्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सानै उमेरमा च्याउ खेतीमा लागेका यी दाजुबहिनीको प्रयासले मेहनत, सीप र लगनशीलता भए आफ्नै देशमा पनि अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदारण बनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रिजन ढकालले पाए कार
आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्री शाहको घोषणा
दुईपटकसम्म फाइनलमै सीमित सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित उपाधि चुम्यो
सम्बन्धित सामग्री
इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर धानबारीमा क्षति पुर्‍याए पनि कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले किसानको नोक्सानी प्रति कुनै चासो नदेखाएको किसानहरू बताउँछन् । सोमबार, कात्तिक ३०, २०८३
कति छ तरकारी र फलफूलको मूल्य ? समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला_ प्रतिकिलो २५०, केरा (नेपाली_ प्र... शनिबार, कात्तिक २८, २०८३
कतिमा किन्ने तरकारी र फलफुल ? समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्र... शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
आठ सहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्री शाहको घोषणा शनिबार, मंसिर ५, २०८३
दुईपटकसम्म फाइनलमै सीमित सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित उपाधि चुम्यो शनिबार, मंसिर ५, २०८३
जर्ज मुन्जीको आक्रामक शतक शनिबार, मंसिर ५, २०८३
सुदूरलाई उपाधि जित्न ६६ रन आवश्यक, १० ओभरमा ९० रन बनायो शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्