• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

डा शिवमाया तुम्बाहाम्फे बुधबार, पुस १०, २०८१  १४:११
1140x725

नेपाल कोरियाबीचको सम्बन्ध ऐतिहासिक रहेको छ। सन् ३७२ मा कोरियामा बौद्ध धर्म प्रवेशसँगै लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध विकास भएको मानिन्छ। सन् ७१९ मा कोरियाली गुरु हेछो लुम्बिनी पुगेको अभिलेख छ। यद्यपि दुई मुलुकबीच कूटनीतिक सम्बन्ध भने १५ मे १९७४ मा भएको थियो। त्यसैवर्ष गणतन्त्र कोरियाले काठमाडौंमा आफ्नो दूतावास खोलेको थियो भने नेपालले सन् २००७ मा मात्रै सियोलमा दूतावास स्थापना ग-यो। कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सद्भाव, मित्रता र पारस्परिक सहयोगमा आधारित छ। नेपाल र कोरियाबीच ३० मार्च २००५ मा भएको सांस्कृतिक सम्झौताले दुई देशबीचको संस्कृति, कला, शिक्षा, युवा, खेलकुद र पर्यटनका क्षेत्रमा सहयोगको प्रवद्र्धन र विकास गर्ने उद्देश्य राखेको छ।

सन् २०२४ दुई मुलुकबीचको सम्बन्धको एक ऐतिहासिक स्वर्ण उत्सव मनाइरहेका छौंँ। केही वर्षयता कोरिया नेपाली कामदारहरुको मुख्य गन्तव्य मुलुक बनेको छ। यस वर्षको जुलाईको अन्त्यसम्म कोरियामा नेपालीको संख्या ६९ हजार ४३८ रहेको छ, जसमध्ये कामदारको संख्या ५३ हजार ४८४ (इ ७) भिसा अर्थात दक्ष कामदार छ हजार ५५४ र रोजगार अनुमति प्रणाली (एपिएस) अन्र्तगत कामदारहरू अर्थात् (इ ९) भिसामा ४६ हजार ९३० रहेका छन्। यस्तै उहाँ अध्ययनका लागि गएका विद्यार्थीको संख्या छ हजार ३३४ रहेको छ।

नेपाल र कोरियाबीच परामर्श संयन्त्र स्थापना गर्न २००१ अक्टोबरमा विदेश मन्त्रालयहरूबीच सम्झौता भएको थियो। संयन्त्रले दुबै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा छलफल गर्न र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ प्रवद्र्धन गर्न योगदान दिएका छन्। समयसमयमा संयन्त्रका बैठक बस्ने गरेको छ। दुबै देशमा उच्चस्तरीय भ्रमणहरू भइएका छन्। नेपालमा पनि कोरियाबाट उच्चस्तरीय भ्रमण भएका छन्। कोरिया गणतन्त्रबाट पनि सन् २००९ मा परराष्ट्रमन्त्री यु म्युंग–ह्वानसहित विभिन्न समयमा उप–परराष्ट्रमन्त्रीहरू, संसदको माथिल्लो सदनका सभामुखलगायतको भ्रमण भएको छ।

नेपालको आर्थिक समृद्धिमा कोरियाली सहयोग

नेपालको आर्थिक समृद्धिमा कोरिया सरकारले महत्वपूर्ण सहयोग गर्दै आएको छ। कोरिया नेपालका शीर्ष पाँच लगानीकर्ताहरूमा पर्दछ। कोरियाली लगानीकर्ताहरूले नेपालमा मुख्यतः जलविद्युत्, निर्माण र सेवा क्षेत्रमा लगानी गरेका छन्। नेपालमा कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र हुन्डाईले उत्पादन शुरु गरेका छन्। नेपाल र कोरियाबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धहरू छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको शुरुआती चरणदेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायतका क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान हुँदै आएको छ।

नेपाल र कोरियाबीच २३ जुलाई २००७ मा एपिएस सम्झौतामा हस्ताक्षर गरिएको थियो, जसले नेपाली कामदारहरूलाई कोरियामा काम गर्ने प्रणालीको व्यवस्था गरेको छ। दुई देशबीच अनुदान सहायतासम्बन्धी फ्रेमवर्क सम्झौता, नेपाल–कोरिया आर्थिक/प्राविधिक सहयोगजस्ता द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। त्यस्तै कोरिया गणतन्त्रले सन् १९७६ देखि नेपाललाई आफ्नो विकास सहयोग प्रदान गर्दै आएको छ। कोरियाले अनुदान सहायता र प्राविधिक सहयोग गर्दै आएको छ। कोरियाले मध्यमस्तरका प्राविधिक जनशक्तिलाई स्वयंसेवकको रूपमा नेपालमा खटाउने गरेको छ।

नेपालले कोरियाबाट विभिन्न लाभ लिनसक्ने स्थिति छ। तर, हाम्रा नीतिगत र योजना कार्यान्वयनमा भएका समस्याका कारण सोचेजति लाभ लिन नसकिरहेको अवस्था विद्यमान छ। खासगरी उच्चस्तरीय भ्रमण हुन नसक्नु, कोरियालीहरूले नेपालमा लगानीको इच्छा राखे पनि लगानी भित्र्याउन नीतिगत र लगानीको वातावरण दिन नसक्नु तथा नेपालले सहकार्य गर्न खोजेको क्षेत्रको बारेमा रणनीतिक योजना र स्पष्ट दृष्टिकोण दिन नसक्दा पनि सोचेजस्तो लगानी भित्र्याउन सकिएको छैन।

अगामी मार्गचित्र

nimb
nimb
Ncell 2
Ncell 2

दुई सार्वभौम मुलुकबीच संवाद र सहयोगलाई सहज बनाउन राजदूतले कूटनीतिक सहजकर्ताको रुपमा काम गर्नुपर्दछ। राजदूत विदेशी राष्ट्रहरूमा कूटनीतिक प्रतिनिधि हुन्, उनीहरूको काम दुई देशबीच सकारात्मक सम्बन्ध कायम राख्न मद्दत गर्ने हो। नेपाल सरकारले मलाई गणतन्त्र कोरियाको राजदूतको जिम्मेवारी दिँदै गर्दा दुई देशबीचको कुटनीतिक सम्बन्धलाई अझै व्यवस्थित र उचाइमा पु-याउन मेरा केही प्राथमिकताहरु रहेका छन्।

क. उच्चस्तरीय भ्रमणमा जोड : नेपाल र कोरियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको स्वर्ण वर्षको अवसर पारेर दुई मुलुकबीचको सम्बन्धलाई थप दरिलो बनाउन र कोरियाबाट विकासका लागि ज्ञान, प्रविधि र लगानी भित्र्याउनका लागि उच्चस्तरीय भ्रमण गराउन सकिन्छ। दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ। साथै, कोरियाली लगानीकर्तासँग नियमित भेटघाट, सम्पर्क र उनीहरूको नेपालमा लगानीप्रतिको विश्वास बढाउनका लागि नेपालबाट सरोकारवाला मन्त्री वा उच्चस्तरीय अधिकारीहरूको नियमित भ्रमण हुन आवश्यक देखिन्छ।

ख. नेपालमा लगानी तथा निर्यात वृद्धि : नेपाल र कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने अवस्था छ। कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ। ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ। नेपाली अर्थतन्त्रको मेरुदण्ड पनि ऊर्जा, कृषि, पर्यटन नै प्रमुख हो।

नेपाल उद्योग वाणिज्य महासंघका अनुसार ३ सय ५० भन्दा बढी कोरियालीले नेपालमा उद्यम गरिरहेकाले नेपालमा लगानीको वातावरण बनाउन सम्भव देखिएको छ। कृषिको यान्त्रीकरणका लागि पहल गरिनेछ। कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्नेछु। नेपालमा लगानी गर्न इच्छुक मझौला उद्योगहरूलाई सहजिकरण गर्ने तथा नेपालको निजी क्षेत्रसँग समन्वयको कार्य गर्नेछु। चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार, लगायत सूचना प्रविधिको क्षेत्रमा, फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्नेलगायतका विषयमा सहयोगको प्रस्ताव लैजाने योजना बनाएको छु।

नेपाल कोरियाको सहायता सूचीमा रहेकोले आर्थिक सहयोग विकास कोष (इडिसिएफ) मार्फत प्राप्त हुने रकम न्यून ब्याजमा लिने र यहाँको पूर्वाधार क्षेत्रमा लगानी गर्न मेरो पहल रहनेछ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीलाई अझै व्यापक र विस्तार गर्न सकिन्छ। नेपाली उत्पादनहरूको माग, प्रतिस्पर्धा र बजारको अवस्था अध्ययन गर्दै निर्यात गर्न सकिने उत्पादनहरूको पहिचान तथा नेपालका कृषिजन्य उत्पादन तथा हस्तकलाका सामग्रीको निर्यात सम्भावना बढी रहेकाले ती सामग्रीको प्रवद्र्धनका लागि आवश्यक पहलको खाँचो रहेको छ। दुई देशबीच भएका व्यापार सम्झौताको कार्यान्वयन, भन्सार प्रक्रियाको सहजीकरण, व्यावसायिक भ्रमणको आयोजना गर्नुपर्नेछ।

ग. पर्यटन प्रवर्द्धन : लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन सकिएमा यहाँ पाँच सय मिलियन बौद्धमार्गीको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन सकिन्छ। लुम्बिनीलाई विश्व शान्ति सहरको रुपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कार्यान्वयनको खाँचो छ।  अत्याधुनिक सहरको परिकल्पना गरिएको उक्त गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिकसँगै अत्याधुनिक शहरको रुपमा विकास गर्ने उल्लेख छ। दुवै देशमा बौद्ध धर्मका आदर्शहरूमा आधारित सांस्कृतिक मूल्यहरूको समानता छ।

नेपाल कोरियाली पर्यटकहरूको लागि सबैभन्दा रुचाइएको गन्तव्यमध्ये एक हो। सगरमाथा र लुम्बिनी–बुद्धको जन्मस्थल कोरियाली पर्यटकहरूको लागि मुख्य आकर्षण हुन्। हाल कोरियाबाट नेपाल भित्रिने पर्यटकको संख्या १० औँ स्थानमा रहेको छ। सन् २०२३ मा २३ हजार सात सय ४३ र कोरोना महामारीअघि ४७ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका थिए। साहसिक पर्यटन र परोपकारी गतिविधि कोरियाली नागरिकहरूको ठूलो योगदान रहेको छ। झन्डै दुई करोड कोरियाली नागरिकले विदेश भ्रमण गर्ने गरेकामा नेपालमा ३० हजार मात्र आउने गरेका छन्। तथ्याङ्कअनुसार कोरियाली नागरिकले सन् २०२३ मा विदेशमा क्रेडिट कार्डबाट मात्रै १४.३२ विलियन अमेरिकी डलर खर्च गरेका छन्। त्यो भनेको नेपालको वार्षिक बजेट बराबर हो। तर, नेपालमा त्यसको नगण्यमात्रै भित्रिएको अवस्था छ।

नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ–कोरिया सिधा उडान गर्न जरुरी छ। कोरियाली पर्यटकको आगमन दर बढाउन नेपाल वायुसेवा निगमको काठमाडौँ–कोरिया सिधा उडानबाट उल्लेखनीय कोरियाली पर्यटक नेपाल भित्र्याउन सकिनेछ। कोरियन एयरले सोल–काठमाडौं हप्ताको तीनदेखि चार उडान गर्ने र भाडा समेत महङ्गो भएका कारण पर्यटक आवागमनमा कमी आएको छ। कोरियन एयरसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन, कोरियन पर्यटकलाई नेपाल भित्र्याउन, नेपाली नागरिकका सस्तो मूल्यमा कोरिया उडान हुने वातावरण तयार गर्न नेपाल वायुसेवाको उडान अनिवार्य शर्त हो। उडान सञ्चालन भएमा कामदारको भाडा कम हुने, पर्यटकको संख्या बढ्ने तथा नेपाल वायुसेवा निगमको ब्यापार बढ्नेछ।

घ. श्रम तथा रोजगार : दक्षिण कोरिया नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक हो। इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको छ। करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन्। यसका कारण इपिएसमा नेपाली श्रमिकको कोटा वर्षेनि वृद्धि हुँदै आएको छ। इपिएस प्रणालीमा नेपालले दर्साएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु। मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारण कोरियामा रहेका नेपाली डिप्रेसनको शिकार, मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि तनाव व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

ङ. शिक्षा : दक्षिण कोरियामा अध्ययन गर्न जाने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै त्यहाँको सरकारले भिसा नीतिमा कडाइ गरेको छ। नेपाली युवायुवतीलाई पनि विद्यार्थी भिसामा कामको लोभ देखाउँदै कोरिया लैजाने प्रवृत्तिविरुद्ध आवश्यक रणनीति निर्माण गर्नु पर्नेछ। नेपाली विद्यार्थीलाई आफ्नो सीप सिकेर स्वदेश फर्कन र नेपालमै उद्यम गर्ने वातावरण निर्माण गर्ने विशेष भूमिका निर्वाह गर्नेछु।

च. संसदीय आदानप्रदान : दक्षिण कोरियाली संसदमा नेपालसम्बन्धी संसदीय मैत्री समूह गठन गरिसकेको छ भने नेपालको सङ्घीय संसदले पनि नेपाल कोरिया मैत्री समूह निर्माण गरेको छ। मैत्री समूहमार्फत संसदीय कुटनीतिका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ। नेपाललाई कोरियाली नीति निर्माता र बौद्धिक समूहसँग जोड्न आवश्यक छ।  महत्वपूर्ण निकाय (सरकारी कार्यालय, विश्वविद्यालय, बौद्धिक समूह, स्थानीय सरकार, सङ्घसंस्थाहरूबीचको सहकार्यमा सहजीकरण गरेर बलियो समन्वय स्थापित गर्ने मेरो पहल रहनेछ। कोरियाले अनुसन्धान र विकासका क्षेत्रमा हासिल गरेको उपलब्धिबाट हामीले पनि धेरै कुरा सिक्न सकिन्छ।

छ. प्रविधि र नवप्रवर्तन : दक्षिण कोरिया विश्वभरि प्रविधिको क्षेत्रमा अत्यन्त उन्नत र प्रभावशाली देशको रूपमा चिनिन्छ। कोरियाका कम्पनीहरू सामसङ, एलजीदेखि अटोमोबाइलको उत्पादनमा पनि कोरिया अग्रपंतिमा छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधिको विकास र प्रयोगमा कोरिया अग्रणी छ। रोबोटिक्स र अन्य आधुनिक प्रविधिमा व्यापक लगानी छ। प्रविधि नवप्रवर्तन र दीर्घकालीन प्रविधि विकासमा कोरियाली लगानी र भित्र्याउन सकिएमा नेपालको समृद्धिमा ठूलो योगदान पुग्नेछ।

अन्त्यमा, राजदूतले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले पदमा रहँदा नेपालको इज्जत, गरिमालाई वृद्धि गर्न इमान्दार भएर कर्तव्य निर्वाह गर्नु मेरो कर्तव्य हुनेछ। राजदूतको सफलता त्यस देशको सरकार, नागरिक समाज र प्रवुद्ध वर्गसँग गरिने अन्तक्र्रियामा समेत निर्भर रहने गर्दछ। दक्षिण कोरियामा नेपालप्रतिको चासो वृद्धि गर्न, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न भूमिका निर्वाह गर्ने मेरो प्रतिबद्धता रहेको छ। रासस

(डा तुम्बाहाम्फे दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत हुन्।)

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १४:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दुर्गा प्रसाईको घरमा पुग्यो प्रहरी
शशांक भन्छन्: नयाँ पार्टी खोल्ने पक्षमा छैन, देउवाकै नेतृत्वमा नियमित महाधिवेशन हुन्छ
कांग्रेसको विद्रोही पक्षले सार्वजनिक गरेको आर्थिक सामाजिक नीतिमा के छ ?
सम्बन्धित सामग्री
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? नेपालमा न्यायिक नियुक्तिलाई लिएर समय–समयमा प्रश्न उठ्नु केवल व्यक्तिविशेषको नियुक्तिसँग सम्बन्धित विषय होइन। यसले हाम्रो न्यायिक संस... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईको घरमा पुग्यो प्रहरी शनिबार, साउन ३०, २०८३
शशांक भन्छन्: नयाँ पार्टी खोल्ने पक्षमा छैन, देउवाकै नेतृत्वमा नियमित महाधिवेशन हुन्छ शनिबार, साउन ३०, २०८३
कांग्रेसको विद्रोही पक्षले सार्वजनिक गरेको आर्थिक सामाजिक नीतिमा के छ ? शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
कांग्रेसको विधान संशोधनमा युवादेखि डिजिटल सदस्यतासम्मका प्रस्ताव(पूर्णपाठ) शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्