• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का, अबका सबै टेन्डर दिन 'ग्रान्ड डिजाइन'

अनुभव र क्षमता नै नभएको शैलुङलाई ठेक्का
64x64
हेमन्त जोशी सोमबार, असार २२, २०७७  २२:१६
1140x725

काठमाडौं- कृषि सामग्री कम्पनी लिमिटेडले सरकारको अनुदानमा खरिद गरी वितरण गर्दै आएको रासायनिक मल आयातको जिम्मा शैलुङ इन्टरप्राइजेजले पाएको छ। मल आयातको कुनै अनुभव नै नभएको उक्त कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले लकडाउनकै बिचमा मल आयात गर्ने ठेक्का दिएको हो। लिमिटेडले ५५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का लगाइसकेको छ भने थप २५ हजार मेट्रिक टन मल आयातको जिम्मा पनि सोही कम्पनीलाई दिन लागिएको छ। 

'शैलुङ इन्टरप्राइजेज’ सडक, पुललगायत भौतिक निर्माणका क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेको शैलुङ कन्ट्रक्सनको भगिनी संस्था हो। यी दुवै कम्पनी सैलुङ ग्रुप अफ कम्पनिज अन्तर्गत संचालित छन्।  यो ग्रुपका अध्यक्ष सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरबेटी शारदाप्रसाद अधिकारी हुन्। राजनीतिक पहुँच र शक्तिकेन्द्रसँगको सम्बन्धकै कारण अधिकारीको कम्पनीले ठेक्का पाएका अधिकांश आयोजना अलपत्र छन्। पूर्वाधार आयोजना निर्माणमा कुख्यात कम्पनीलाई रासायनिक मल आपूर्तिको जिम्मा दिँदा आर्थिक चलखेल र कमिसनको चक्कर मात्र होइन, किसानले समयमा मल पाउँछन/पाउँदैनन भन्नेमा पनि शंका देखिएको छ। 

गत जेठमा २५ हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि टेन्डर पाएको शैलुङ इन्टरप्राइजेजले गत हप्ता मात्रै थप ३० हजार मेट्रिक टन आपूर्तिका लागि कृषि सामाग्री कम्पनी लिमिटेडसँग सम्झौता गरिसकेको छ। यसरी हालसम्म कम्पनीले ५५ हजार टन मल आयातका लागि सम्मौता गरिसकेको छ। सोही कम्पनीले थप २५ हजार टन मल आयातको पनि ठेक्का पाउने गरी प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

‘शैलुङ इन्टरप्राइजेजले २५ हजार मेट्रिक टनको पहिलो टेन्डर पाएको सोमबार ५३ दिन भयो। ७५ दिनभित्र सिपिङ गरिसक्नुपर्छ भने ११७ दिनभित्र आपूर्तिको सबै काम सकिसक्नुपर्छ,’ कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले भने। प्रवक्ता पोखरेलका अनुसार गत हप्ता मात्र यही कम्पनीले ३० हजार मेट्रिक टन मल आयातका लागि टेन्डर स्वीकृति पाएको छ। यसको एलसी खोल्नेलगायत बाँकी प्रक्रिया शुरु नहुँदै थप २५ हजार मेट्रिक टन मल आयातका लागि पनि यही कम्पनीले ठेक्का पाउने देखिएको छ। ‘अर्को टेन्डरको त उसलाई चिठ्ठी दिनै बाँकी छ। त्यो मूल्यांकनको क्रममा छ। यसका कागजात हेर्दा सबैभन्दा कम बोलकबोल यही कम्पनीले हालेकोले यसैले पाउने देखिन्छ,’ उनले भने। 

कम्पनीको काम गर्ने विगतको शैली र ठेक्का पाउनका लागि पूरा गर्नुपर्ने मापदण्ड नै पूरा नगरेको विषयलाई आँखा चिम्लिएको कृषि सामग्री कम्पनी लिमिटेडले भने सार्वजनिक खरिद प्रक्रियाअनुसार नै मल आपूर्तिका लागि टेन्डर दिइएको दाबी गरेको छ। सार्वजनिक खरिद प्रक्रिया अनुसार नै शैलुङले ठेक्का पाएको पोखरेलले बताए। दर्जनौं आयोजना अलपत्र पारेको र मल आयातको अनुभव नै नभएको कम्पनीले कसरी ठेक्का पायो भन्ने प्रश्नको जवाफमा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालन नेत्रबहादुर भण्डारीले सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार टेन्डर आह्वान गरिएको र सबैभन्दा कम बोलकबोल गर्ने कम्पनीसँग आयातका लागि ठेक्का सम्झौता गरिएको बताए। मल आपूर्तिका लागि तोकिएको मापदण्ड शैलुङ इन्टरप्राइजेजले पुरा गरे/नगरेको बारे भने अबदेखि यो विषयमा विस्तृत बुझेर मात्रै ठेक्का प्रक्रिया पूरा गर्ने उनको भनाइ छ। ‘सम्बन्धित क्षेत्रको अनुभव नै नभएको कम्पनीलाई ठेक्का दिइयो भनेर आलोचना भयो। अबदेखि अनुभवीलाई मात्र ठेक्का प्रक्रियामा संलग्न गराउँछौं,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

शैलुङ इन्टरप्राइजेजले तीनवटा ठेक्का पाउन्जेलसम्म पनि उसको अनुभव र दक्षतालाई आँखा चिम्लिएको कृषि सामग्री कम्पनीले ‘यसपछिका टेन्डर प्रक्रियामा यी सबै विषयलाई गम्भीरताका साथ हेर्छौं’ भन्ने जवाफबाटै यसअघिका ठेक्का प्रक्रियामा चलखेल भएको पुष्टि हुन्छ। तीन पटकसम्म मल ल्याएपछि शैलुङलाई काम गरेको अनुभव पनि हुने भएकाले यसपछिका मलका सबै ठेक्का हात पार्नकै लागि ‘ग्रान्ड डिजाइन’ भएको समेत यसले पुष्टि गरेको छ। 

चालु आर्थिक वर्ष २०७६/७७ का लागि कृषि सामाग्री कम्पनी लिमिटेडले ३ लाख ४ हजार ५ सय मेट्रिक टन मल आयात र बिक्री वितरण गर्न अनुमति पाएको थियो। जसमध्ये ५० हजार टन युरिया अझै आउन बाँकी छ। त्यस्तै आगामी आर्थिक वर्ष २०७७/७८ का लागि पनि ८० हजार मेट्रिक टन युरिया, ४० हजार टन डिएपी र १० हजार टन पोटास मल आयातका लागि प्रक्रिया शुरु गरिसकेको छ। 

कम्पनीको योग्यता, क्षमता, कार्यशैलीबारे कुनै अध्ययन नै नगरी कुनै अनुभव नै नभएको शैलुङलाई यति धेरै ठेक्का लगातार दिइरहनुले पर्याप्त शंका गर्ने ठाउँ देखिन्छ। कम्पनीले मापदण्ड पूरा गरे/नगरेको वा काम गर्नका लागि सक्षम रहे–नरहेको विस्तृत जानकारी नै नलिई यी सबै टेन्डर शैलुङले मात्रै हात पार्ने गरी योजनाबद्ध रुपमा ल्याएको देखिन्छ। 

Xtrem
Xtrem

शैलुङले २५ हजार टन मल प्रतिटन ३२०.२५ अमेरिकी डलरमा ल्याउने गरी टेन्डर हालेको थियो। यस्तै ३० हजार टन मलका लागि भने प्रतिटन ३११.५० अमेरिकी डलरमा ल्याउने गरी टेन्डर प्रस्ताव हालेको देखिन्छ। २५ हजार मेट्रिक टन युरिया ल्याउनका लागि शैलुङले पाएको पहिलो टेन्डरमा ६ वटा कम्पनीले भाग लिएका थिए। जसमध्ये शैलुङ इन्टरप्राइजेज, मुक्तिनाथ कृषि कम्पनी, होलिको मल्टिपल गरी तीन वटा स्वदेशी र बेस ट्रेडिङ बंगलादेश, मल्टी कमोडिटी युएई र सन इन्टरनेसनल युएइले टेन्डर प्रस्ताव हालेका थिए।

त्यस्तै, ३० हजार मेट्रिक टन युरिया मल ल्याउनका शैलुङले पाएको ठेक्कामा ४ वटा कम्पनी शैलुङ इन्टरप्राइजेज, होलिको मल्टिपल, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र प्रोफेसनल बिजनेस नेटवर्क गरी ४ वटा स्वदेशी कम्पनीले मात्रै प्रस्ताव हालेका थिए। एकैपटक सूचना माग गरिएको डिएपी मल आपूर्तिका लागि भने मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जोशी बिड हाउस काठमाडौँ र एउटा भारतीय कम्पनीले टेन्डर हालेको थियो।

योग्यता र क्षमता नै नभएको कम्पनीले राजनीतिक पहुँचका आधारमा मल आयातका लागि धमाधम ठेक्का पाउन लागेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि सार्वजनिक खरिद ऐनअनुसार ठेक्कापट्टा भएको र कुनै बदमासी भएको देखिए छानबिन गर्ने प्रतिक्रिया दिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको संचालक समिति सदस्य एवम् कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले टेन्डर प्रक्रियामा कुनै चलखेल भएको देखिए कारबाही गरिने बताए। 

प्रकाशित मिति: सोमबार, असार २२, २०७७  २२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्