काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को विस्तारित बैठक सुरु भएको छ।
चितवनको सौराहामा बैठक सुरु भएको हो।
पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक,अर्का उपसभापति डा.स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ।
बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे ब्रिफिङ समेत गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।