काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्यहरू, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरू र पूर्वजिल्ला सभापतिहरूसँग कुराकानी गरेका छन्।
बालुवाटारस्थित विशालनगरमा रहेको सम्पर्क कार्यालयमा आज कोइरालाले केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू र पूर्व जिल्ला सभापतिहरूसँग कुराकानी गरेका हुन्।
नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका रूपन्देही सभापति रामकृष्ण खाणले पुष्टि गरे।
खाणका अनुसार पार्टीको सबै तहको अधिवेशन पुस मसान्तभित्र सकिने गरी कांग्रेस केन्द्रीय समितिले कार्यतालिका ल्याउनुपर्नेमा नेता कोइरालाले जोड दिएका हुन्।
छलफलमा केन्द्रीय सदस्यहरू गोविन्दराज पोखरेल, टेकप्रसाद गुरूङलगायत थिए। साथै जिल्ला सभापतिहरू मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, रूपन्देही सभापति रामकृष्ण खाण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई र चितवन सभापति राजेश्वर खनाललगायत सहभागी रहेको एक नेताले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।