काठमाडौं– हङकङ सिक्सेसमा अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दिएको छ । पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाउँदै ११२ रन बनाएको हो ।
नेपालका लागि बलिङमा रासिद खानले ह्याट्रिकसहित चार विकेट हात पारे । यस्तै लोकेश बमले एक विकेट लिए ।
नेपाली टोलीमा सरद भेसवाकर, सन्दीप जोरा, आदिल आलम अन्सारी, लोकेश बम, बसिर अहमद र रासिद खान रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।