काठमाडौं –  मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ। 
अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो। असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ। असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ। अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।