काठमाडौं– हङकङ सिक्सेसमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको छ ।
अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २ विकेट गुमाउँदै ९५ रनमै समेटियो ।
नेपालका लागि सन्दीप जोराबाहेक अरु ब्याटरहरुले ठूलो स्कोरको योगदान दिन सकेनन् । जोराले १४ बलमा ५३ रन बनाएर रिटायर हर्ट भएपछि आएका ब्याटरहरुले आक्रामक ब्याटिङ गर्न नसक्दा नेपाल पराजित भएको हो ।
पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाउँदै ११२ रन बनाएको थियो ।
नेपालका लागि बलिङमा रासिद खानले ह्याट्रिकसहित चार विकेट हात पारे । यस्तै लोकेश बमले एक विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।