• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

ठेकेदारको योग्यता नै नतोकी अर्बौंको मल खरिद

विवादास्पद कम्पनीलाई ठेक्का दिँदा नीतिगत भष्ट्राचार भएको भन्दै अख्तियारमा उजुरी 
64x64
हेमन्त जोशी शुक्रबार, असार २६, २०७७  १३:४७
1140x725

काठमाडौं-सरकारले अर्बौंको मल खरिद गर्दा बिक्रेताको योग्यता र क्षमता नै नहेरी ठेक्का सम्झौता गरेको पाइएको छ। कृषि सामग्री कम्पनीमार्फत् मल खरिद गर्दा खरिदकर्ताको योग्यता र क्षमताको मूल्यांकन नै नगरी खरिद सम्झौता गरेको भेटिएको हो। 

सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को व्यवस्थाअनुसार वस्तु आपूर्तिकर्ता ठेकेदार कम्पनीको सम्बन्धित क्षेत्रको दक्षता, क्षमता र योग्यता हेरिनुपर्ने विषयलाई लत्याउँदै रासायनिक मल खरिदका लागि सम्झौता गरिएको हो। 

खरिद कानुनका यी व्यवस्था लत्याउँदै यसअघि कहिल्यै मल खरिद नगरेका तथा विभिन्न सडक आयोजना अलपत्र पारेर बदनाम भएका व्यवसायी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेजलाई ठेक्का दिएको हो। शैलुङसँग कृषिले ५५ हजार मेट्रिक टन युरिया मल खरिदको सम्झौता गरिसकेको छ। थप २५ हजार मेट्रिक टन खरिद सम्झौता पनि केही दिनमै हुँदैछ। 

यो पनि पढ्नुहोस्

प्रचण्डका घरबेटीलाई ८० हजार टन मल आयातको ठेक्का, अबका सबै टेन्डर दिन 'ग्रान्ड डिजाइन'सोमबार, असार २२, २०७७

सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद ४ ले मालसामान आपूर्ति गर्ने बोलपत्रदाताको योग्यताका आधार, प्राविधिक क्षमता र वित्तीय विश्लेषण हेरेरमात्रै ठेक्का लगाउनुपर्ने उल्लेख गरेको छ। नियमावलीअनुसार बोलपत्र माग्दा सार्वजनिक निकायले प्रस्तावदाताको योग्यताको आधार निर्धारण गर्नुपर्छ। 

यसरी योग्यताको आधार निर्धारण गर्दा टेण्डर हाल्ने कम्पनीको प्राविधिक क्षमता, आर्थिक र वित्तीय क्षमता हेरिनुपर्ने कानुनी व्यवस्था छ। तर रासायनिक मल आपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेडले निकालेको टेण्डर सूचनामा ठेकेदार कम्पनीका लागि कुनै मापदण्ड तोकिएको छैन। 

अर्थात्, बोलपत्र हाल्ने कम्पनीले व्यवसाय दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, बैंक ग्यारेन्टीजस्ता सामान्य औपचारिकता मात्रै पुरा गरेको आधारमा कृषि सामग्रीले त्यस्ता कम्पनीलाई मल आयातका लागि योग्य ठहर्‍याएको छ। 

बोलपत्र हाल्ने कम्पनीको योग्यता र प्राविधिक क्षमता प्रमाणित गर्ने कागजात माग गर्दा सार्वजनिक निकायले मालसामानको प्रकृति, परिमाण, महत्व वा प्रयोगअनुरुपमा कागजातहरु माग्नुपर्ने व्यवस्था नियमावलीमा छ। सार्वजनिक खरिद नियमावलीको नियम २५ को उपनियम २ मा टेण्डर हाल्ने कम्पनीलाई विगत तीन वर्षको अवधिमा सरकारी निकाय वा निजी संस्थालाई आपूर्ति गरेको मालसामानको प्रकृति, परिमाण, सम्झौता रकम, मिति र कार्यअनुभवसमेतका कागजातहरु हेरेरसमेत योग्य/अयोग्य छुट्याउनुपर्ने व्यवस्था छ। 

तर, यस क्षेत्रमा कार्य अनुभव नै नभएको मात्र होइन अरु क्षेत्रमा बदनामीसमेत कमाएको कम्पनीलाई सजिलै ठेक्का पाउने गरी टेण्डर प्रकृया सजिलो बनाएर कृषि सामग्री कम्पनीले कानुनको बेवास्ता गरिएको देखिएको हो। कृषि सामग्रीका प्रवक्ता विष्णु पोखरेल भने सार्वजनिक निर्माणमा सहभागी हुन चाहने ठेकेदारले योग्यता र अनुभव पेश गर्नु परे पनि वस्तु आपूर्तिमा भने अनुभव नचाहिने बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अख्तियारमा उजुरी 

कृषि सामग्री कम्पनी लिमिटेडले आह्वान गरेको टेण्डर नम्बर केपिएन १०५–०७७/७७ (२७ फेब्रुअरी २०२०) र केपिएन १०६–०७७/७७ (३ मार्च २०२०) मा क्रमशः २५/२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्न मूल्यांकन पेश गर्ने दुईवटा कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

पहिलो ठेक्का पाउने शैलुङ इन्टरप्राइजेज लिमिटेड र दोस्रो ठेक्का पाउने नेपालकै अर्को कम्पनी होनिको मल्टिपल प्राइभेट लिमिटेडले मल उत्पादक कम्पनीको झुटो विवरण पेश गरेको भन्दै अख्तियारमा उजुरी परेको हो। 

यी दुवै कम्पनीले टेण्डर डकुमेन्टमा संलग्न गरेका ‘म्यानुफ्याक्चरिङ अथोराइजेसन लेटर’ र ‘ननकन्टामिनेसन सर्टिफिकेट’ सम्बन्धित उत्पादक कम्पनीबाट ल्याएको नभइ बिचौलिया व्यापारिक कम्पनीबाट ल्याएको अख्तियारमा परेको उजुरीमा उल्लेख छ। 

Xtrem

Xtrem

‘यी कागजातहरु उत्पादक कम्पनीले प्रदान नगरी ट्रेडिङ कम्पनीको लेटरहेड प्रयोग भएर पेश गरेको तर कृषि सामग्री कम्पनी लिमिटेडले अन्य प्रतिस्पर्धी कम्पनीको मौखिक तथा लिखित विरोधका बाबजुद यी टेण्डरहरु कानुनी रुपमा अस्वीकृत हुनुपर्ने कम्पनीलाई दिएको देखिएका कारण कम्पनीले नीतिगत भष्ट्राचार गरेको देखिएकाले छानबिन गरिपाउँ,’ अख्तियारमा दर्ता भएको उजुरीमा भनिएको छ। 

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल दुवै कम्पनीले युरिया मल उत्पादक कम्पनीका रूपमा चिनियाँ कम्पनी ‘यिचाङ सेन्फा फरेन ट्रेड कम्पनी लिमिटेड’ लाई देखाएका छन्। तर अख्तियारमा दायर भएको उजुरीमा भने यो कम्पनी उत्पादक कम्पनी नभइ व्यापार मात्रै गर्ने कम्पनी रहेको उल्लेख छ। 

अख्तियारमा परेको उजुरीका विषयमा कृषि सामग्री कम्पनीले जवाफ पठाइसकेको प्रवक्ता पोखरेलको भनाइ छ। पोखरेल टेण्डरमा उल्लेख भएको विदेशी उत्पादक कम्पनी हो वा व्यापारमात्रै गर्ने कम्पनी हो भनेर विस्तृतमा नखोजिएको बताउँछन्। ‘डकुमेन्टमा हेर्दा उत्पादक कम्पनी नै भनेको छ। सबै कागजात दुरुस्त छन्। अब त्यो कम्पनी उत्पादन हो वा वितरकमात्रै हो भनेर एक–एक खोज्दै केलाउन सम्भव हुने कुरा भएन,’ उनले भने। 

अख्तियारमा पुगेको उजुरीलाई आधार मान्दा शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई मलको ठेक्का दिँदा कृषि सामग्री कम्पनी लिमिटेडले सार्वजनिक खरिद नियमावलीको नियम २५ को विनियम ३ पनि उल्लंघन गरेको देखिन्छ। 

नियमावलीको उक्त नियममा ‘आपूर्ति गरिने मालसामान बोलपत्रदाता वा पूर्व योग्यताको प्रस्तावदाता आफैँले नबनाउने वा उत्पादन नगर्ने भएमा त्यस्तो मालसामानको उत्पादकले बोलपत्र वा पूर्व योग्यताका लागि प्रस्ताव पेश गर्ने र मालसामान आपूर्ति गर्नेसम्बन्धी अधिकार आफूलाई एकलौटी रुपमा रितपूर्वक प्रदान गरेको कुरा प्रमाणित गर्ने कागजात बोलपत्रदाता वा पूर्व योग्यताको प्रस्तावदाताले पेश गर्नु पर्नेछ,’ उल्लेख गरिएको छ। 

शैलुङका कागजपत्र मिलान

मल खरिदका लागि बोलपत्र आह्वान गरेर प्राप्त निवेदनमध्ये योग्य निवेदन छान्नका लागि कृषि सामग्री कम्पनी लिमिटेडले बनाएको बोलपत्र मूल्यांकन समितिले भने आफ्नो प्रतिवेदनमा सबै कागजपत्रहरु सही दुरुस्त रहेको उल्लेख गरेको छ। 

मूल्यांकनमा रहेका कम्पनीहरुको कानुनी ग्राह्यता प्रमाणित गर्ने कागजातहरु–फर्म दर्ता प्रमाणपत्र, प्यान दर्ता र कर चुक्ता प्रमाणपत्र, म्यानुफ्याक्चर सर्टिफिकेट, प्रदुषणरहित (ननकन्टामिनेसन सर्टिफिकेट), एनालाइसिस सर्टिफिकेट, कृषि प्रयोगका लागि उपयुक्त रहेको सर्टिफिकेट, कर चुक्ता प्रमाणपत्र, अथोराइजेसन सर्टिफिकेट सबै ठीक रहेको उल्लेख गरेको छ।

टेण्डर सूचनामा कम्पनी ठेकेदार छनौटका कुनै मापदण्ड नराखिनु तर बोलपत्र मूल्यांकन समितिको प्रतिवेदनमा भने सबै कागजात सही र योग्य रहेको भन्दै सिफारिस गरिनु शंकास्पद देखिन्छ। 

शैलुङ शैलीको मारमा नपरुन् किसान

लागत अनुमानभन्दा निकै कम रकम कबोल गरेर टेण्डर हत्याउने तर काम भने बीचैमा छाडेर भाग्ने शैलुङको शैलीबाट किसान पनि मारमा पर्छन् कि भन्ने शंका देखिएको छ। अधिकांश सडक आयोजना अलपत्र पारेको कम्पनीले अर्बौ रकमको मलको ठेक्का हत्याईसकेपछि कसरी काम गर्छ हेर्न बाँकी छ। तर ठेक्का पाउनकै लागि लागत अनुमानभन्दा निकै कम कबोल गर्ने क्रमले भने मलको ठेक्कामा पनि निरन्तरता पाएको छ।  

२५ हजार मेट्रिक टन युरिया मल आयातका लागि कृषि सामग्री कम्पनी लिमिटेडले ८९ लाख १० हजार ७५० अमेरिकी डलर बराबर लागत अनुमान गरेकोमा शैलुङ इन्टरप्राईजेजले ८० लाख ८ हजार २५ अमेरिकी डलर अर्थात लागतभन्दा ९ लाख २ हजार ७ सय २५ अमेरिकी डलर कम बोलकबोल गरेको देखिन्छ।

शैलुङ इन्टरप्राईजेजले ६ हजार मेट्रिक टन विराटनगर, ९ हजार ५ सय मेट्रिक टन वीरगंज र ९ हजार ५ सय मेट्रिक टन भैरहवा पुर्‍याउनका लागि क्रमशः प्रतिमेट्रिक टन ३२०.१५, ३२०.२५ र ३२०.५० मा खरिद गर्ने गरी टेण्डर पारेको छ। १ सय १७ दिनभित्र यी स्थानहरुमा मल ल्याइपुर्‍याइसक्ने गरी सम्झौता गरिएको छ। 

अबका टेण्डरमा गल्ती सच्याउँछौं : कृषि सामग्री कम्पनी 

कृषि सामग्री कम्पनी लिमिटेडले यसपछि हुने रासायनिक मल खरिदसम्बन्धी टेण्डरमा ठेकेदार कम्पनीको योग्यता, क्षमता र अनुभवलाई समेत हेर्ने गरी मापदण्डहरु राखेरमात्रै टेण्डर आह्वान गर्ने प्रतिक्रिया जनाएको छ।

प्रवक्ता विष्णुप्रसाद पोखरेलले न्युन रकम बोलकबोल गरेकै आधारमा अनुभव र क्षमता नै नभएको कम्पनीले टेण्डर पाउन सक्ने सम्भावनालाई देखेर कृषि सामग्रीले अबदेखि निश्चित मापदण्ड तोक्ने र त्यस्ता मापदण्ड पुरा गर्ने कम्पनीलाई मात्रै ठेक्का दिने व्यवस्था मिलाउन लागिएको बताए। ‘अबका ठेक्कामा ठेकेदार कम्पनीको क्रेडिट लिमिट, टोटल टर्नओभरलगायत चार–पाँचवटा विषयलाई थपेर मापदण्ड राख्छौं,’ उनले भने। 

ठेकेदार कम्पनीको योग्यता र पुरा गर्नुपर्ने मापदण्ड तथा पूर्वशर्तहरु नराखीकनै यसअघि ठेक्का लगाउने गरेको कुरा कृषि सामग्री कम्पनीले स्वीकारे पनि शैलुङ इन्टरप्राइजेजलाई राजनीतिक पहुँचका आधारमा ठेक्का दिएको र नीतिगत चलखेल गरेको विषयको भने खण्डन गरेको छ। प्रकृयागत रुपमै आएका टेण्डर निवेदनमध्ये न्युन बोलकबोल गर्ने शैलुङ इन्टरप्राईजेजलाई छनोट गरेको कम्पनीको जिकिर छ। 

 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्