• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रतिशोध, प्रतिनिधिमूलक व्यवस्था र प्रत्यक्ष प्रजातन्त्र

प्रकाश अधिकारी बुधबार, कात्तिक ७, २०८१  १०:०४
1140x725

प्रतिशोध प्रतिनिधिमूलक व्यवस्थाको सुन्दरता हो। राजतन्त्रात्मक व्यवस्था देखि आजसम्मको सम्पूर्ण व्यवस्था प्रतिशोधि व्यवस्था हो। राजतन्त्रात्मक व्यवस्थाको प्रतिशोधको ज्वलन्त उदाहरण राजा वीरेन्द्रको वंश नाश हाम्रो सामुमा झलझल्ती छ। यति भद्दा प्रतिशोध राजनीतिक पार्टीभित्र पनि देखिँदै आएको थियो। मदन भण्डारीको हत्या प्रतिनिधिमूलक व्यवस्थाको अर्को प्रतिशोध थियो। 

आज भएका सबै राजनीतिक पार्टीले आफ्नो प्रतिशोध बचाएर राखेका छन् मौका पाउनेबित्तिकै तीनीहरुले देखाउने छन्। उदयीमान राजनीतिक पार्टी पनि पुराना राजनीतिक पार्टीमाथि प्रतिशोध राखेर मात्र जन्मिएका छन् किनकी यीनीहरु पनि प्रतिनिधिमूलक व्यवस्थाका पक्षपाति हुन्। नयाँ विकल्पको जनताको चाहनामा खेलवाड गर्दै यीनीहरुको उदय भएको हो, विकल्पका निम्ती आएका होइनन्। तसर्थ अर्को प्रतिशोधी मतियारहरु सिवाय केही सम्भव नभएको पछिल्लो कान्तिपूर मिडिया सञ्चालकमाथि देखाएको प्रतिशोधि रबैयाले पुष्टि गरिसकेका थियो।

प्रतिनिधिमूलक व्यवस्थाले प्रतिशोधमूलक राजनीतिक प्रणालीलाई स्थान दिनु कुनै नौलो कुरा होइन। एउटा प्रतिनिधिभन्दा अर्को प्रतिनिधिले आफूलाई अब्बल बनाउनका निम्ति अवलम्बन गरिने तिकडम यो प्रणालीको मूल धर्म हो। त्यसैले यस व्यवस्थाले देश, समाज, परिवार र व्यक्तिमा झगडाको बिउ रोप्ने बाहेक केही गर्न सकेको देखिँदैन अर्थात् प्रतिशोधलाई स्थान दिने बाहेक यसले अरु केही कार्य गर्न सक्दैन। तसर्थ, प्रतिनिधि मार्फत उत्पत्ति भएको प्रतिशतमुलक व्यवस्था, यहाँ जो पुग्छ उसले अर्को विपक्षीलाई प्रतिशोधपूर्ण ठाउँबाट व्यवहार गर्नै पर्दछ। आफू अब्बल भएको देखाउन विरोधीलाई सिध्याउनुपर्ने यो व्यवस्थाको मूल धर्मले नै यो व्यवस्था प्रतिशोधमूलक व्यवस्था भन्न सकिन्छ।

यो राजनीतिक प्रणालीमा एकले अर्कालाई निषेध गर्नका निम्ति अपनाइने विभिन्न टिकडमबाजहरूले यसलाई समृद्ध बनाएको पुष्टि गर्दछ। यो निषेधको निषेध राजनीतिद्वारा स्थापित व्यवस्था हो। अर्थात, ठूलो माछाले सानो माछालाई खाने व्यवस्थाको उदाहरणसँग सहज रुपमा दाज्न सकिन्छ। राजतन्त्रात्मक व्यवस्थालाई निषेध गरेर आएको यो व्यवस्था आफ्नै आन्तरिक निषेधात्मक गतिविधिबाट यो कमजोर हुँदै जान्छ र यसको अवसान निश्चित भएर देखा पर्दछ। राजतन्त्रात्मक व्यवस्थाको विकल्प खोजेका आजका राजनीतिक पार्टीहरूले आफ्नै अन्तरविरोधबाट अर्को विकल्प पनि जन्मन्छ भन्ने कुराको हेक्का राख्न सकिराखेका छैनन्। 

आज राजनीतिमा देखा परिरहेका मुख्य राजनीतिक पार्टीहरूले एकले अर्कालाई निषेध गर्दै यहाँसम्म आइपुगेका थिए र छन्। भोलि भविष्यमा पनि यिनले यिनै गतिविधिहरुलाई राख्दैछन् र आफूलाई सर्वश्रेष्ठ साबित गर्न कोसिस गर्नेछन्। भर्खरै एउटा प्रसङ्गको रुपमा देखापरेको रविको पक्राउ प्रतिशोधपूर्ण राजनीति भनेर जुन हवाला दिइराखिएको छ यसको कुनै अर्थ देखिँदैन। रवि आफै वर्तमान राजनीतिमा रहेका राजनीतिक पार्टीहरूको विविध गतिविधिको प्रतिशोध गर्नका निम्ति, आफू त्यसभन्दा फरक रहेको कुरा पुष्टि गर्दै नेपाली राजनीतिमा उदाएको नयाँ नेतृत्व हुँ भन्दै आएका थिए। उनले आफ्नो राजनीतिक दर्शन विकास नगरिकनै विशुद्ध आलोचना मात्र गरेर उदाएका पात्रको गर्भासयमा प्रतिशोध मात्र थियो विकल्प थिएन।

हो, नेपाली जनताले विकल्प खोज्नु जायज कुरा थियो। यो निरन्तरतामा चलिराख्छ। यदि त्यसो नहुँदो हो भने आज पनि विश्वमा राजतन्त्रतात्मक व्यवस्थाले मात्र ठाउँ लिराखेको हुनेथ्यो तर विश्वका विभिन्न व्यवस्थाहरु ढल्दै नयाँ व्यवस्थाहरु निर्माण हुनु भनेको जनता निरन्तर प्रगतिको दिशातिर उन्मुख छन् भन्ने कुरा स्पष्ट हुन्छ। यही प्रगतिशील जनताको स्वभावलाई आफ्नो स्वार्थ परिपूर्ति गर्ने माध्यम बनाउँदै पुराना राजनीतिक पार्टीहरुलाई प्रतिशोधी धारणामात्र बोकेर उदाएका रविमाथि प्रतिशोध गर्नु यो व्यवस्थामा आउने रवि र पुराना दलमा कुनै भिन्नता थिएन। उनी पुरानाालाई प्रतिशोधमार्फत धकेल्ने प्रयत्नमा पटकपटक प्रयत्नरत देखिन्छन् तर विडम्बना हरेक गासमा ढुङ्गा भनेझैँ उनका हरेक गतिविधिले उनकै निम्ति प्रतिउत्पादक भयो। यो प्रतिशोधमूलक प्रतिनिधिमूलक व्यवस्थाको निम्नतम गुणस्तर नपुग्दा उनलाई हानीकारक भएको हो। आफै कमजोर भएको मानिसले अरुलाई कमजोर देखाउन खोज्नु प्रतिशोधको निम्ति बलियो आधारविहीन उभिएको बुखेचा भन्न सकिन्छ। पुरानाहरू बिग्रिए त्यसको विकल्प हामी नयाँले साँच्चिकै विकल्प दिन्छु भनिराख्दा आफूसँग पुरानाका निम्ति प्रतिशोध गर्न सक्ने गुणस्तर पुगेन। 

गुणस्तरहीन आफ्नो चरित्रलाई आधार बनाएर नेपाली राजनीतिमा आफू विकल्प हुँ भनेर प्रस्तुत गर्नु र नेपाली जनताको विकल्पको चाहनामा खेलबाड गर्नु उनको लागि समय अनुकूल भएको मात्र हो। वास्तवमा उनी विकल्प थिएनन् होइनन् र हुँदैनन् किनकि विकल्प दर्शन, सिद्धान्त नीति र कार्यक्रम मार्फत प्रस्तुत हुनुपर्दछ अर्थात् विचार दृष्टिकोण र कार्यक्रमले मात्र विकल्प प्रस्तुत गर्न सकिन्छ। उनीसँग न कुनै विचार सिद्धान्त छ न भोलि कुनै एउटा दृष्टिकोण बनाएर नयाँ संश्लेषण गरौँला भन्ने आयाम देखिन्छ, न आजको युग बदल्नका निम्ति कार्यक्रम नै प्रस्तुत गर्न सक्ने सामर्थ्य राख्दछन्।

विशुद्ध विकल्प खोजिरहेका मनोविज्ञानसँग खेल्दै, उनले आजको जुन स्थिति पैदा गरेका छन् उनी आफैं पनि प्रतिशोधको राजनीतिका निम्ति नेपाली बजारमा उदाएका भुइफुट्टे राजनीतिक हुन् भन्न सकिन्छ। विकल्प जनताको चाहना र आवश्यकता हो। विकल्प जनताले सधैं बचाइराख्नुपर्दछ। र विकल्पका निम्ति जनता सधैं तयार हुनुपर्दछ। राजाको विकल्प प्रस्तुत गरेका यी राजनीतिक दलहरूको विकल्प नेपाली जनताले इतिहासमा फेरि प्रस्तुत गर्न सक्नुपर्दछ। जसले मात्र नेपाली समाजको सिंगो रूपान्तरणलाई आत्मसाथ गर्न सक्ला। बदलिएको वस्तुगत परिस्थितिका आधारमा राजनीतिक विचार, दृष्टिकोण र कार्यक्रम नभएसम्म नेपालको समृद्धि सम्भव छैन।

nimb
nimb
Ncell 2
Ncell 2

समृद्ध नेपाल नबनाइकन हामी नेपालीहरूको भविष्य पनि बदलिने छैन। तसर्थ, विकल्पका निम्ति सम्पूर्ण नेपाली जनता तयार हुनुपर्दछ तर प्रतिनिधिमूलक व्यवस्थाको मतियार भएर अर्का नयाँ प्रतिशोधकर्ता जन्माएर मात्र विकल्प हुन सक्दैन। एकले अर्कालाई निषेध गर्ने र आफूलाई सर्वश्रेष्ठ साबित गर्ने आजको प्रतिनिधिमूलक व्यवस्थामा यही व्यवस्थालाई आधार मानेर विकल्प प्रस्तुत गर्न सम्भव छैन। तसर्थ, आजका नयाँ युवा पिढीले विचार, दृष्टिकोण र कार्यक्रममा कुन तवरको फेरबदल गर्न सकियो भने वास्तवमै नेपालको र नेपाली जनताको विकल्प स्थापित गर्न सकिन्छ भनेर सोच्नुपर्दछ कतै नेपाली युवा पुस्ताले यो सोच्ने समय पो आइपुगेको होइन?

विज्ञानको एउटा शाश्वत नियम यथास्थितिबाट गतिशील हुनु हो। भइराखेको विकासभन्दा निरन्तर खोजी अर्थात् नयाँ सम्भावनातिर आफूलाई निरन्तर समाहित गर्नु नै विज्ञानको एउटा विशेषता हो। जुन कुरा अन्य दर्शनहरुमा भन्दा फरक छ र यसले आज मानव समाजमा ठूलो स्थान ग्रहण गरेको छ। समाज विज्ञानमा पनि हामीले एउटा नयाँ सम्भावना पस्कनु पर्ने अवस्था आइपरेको हुनसक्छ, किनकि आज सङ्कट पश्चिमा मूलुकमा भन्दा एसिया र पूर्र्वी एसियामा चरम रूपमा देखा परेको छ। जहाँ संकट छ त्यही भू–भागले इतिहासमा नयाँ संकट समाधानको विकल्प दिएको भेटिन्छ। 

तसर्थ, आज हाम्रो सामु देखा परेको संकटको सही समाधान विश्वका निम्ति एउटा नयाँ व्यवस्थाको विकल्प हुनसक्छ। किनकि हामीलाई संकट छ, हामीलाई विकल्प चाहिएको छ। संकटमा भएकाहरुले नै विकल्प खोज्ने हो। यो समाज विज्ञानको सर्वमान्य नियमलाई पूर्वी एसिया र नेपालले पुरा गर्नुपर्ने हुनसक्छ।

पछिल्लो समयमा एसिया प्रान्तमा भएका उथलपुथलले एसियामा सङ्कट रहेको र यही एसियाले आज विश्व समुदायमा भएको राजनीतिक संकटको समाधानको विकल्प दिनपर्ने हुन सक्छ। तसर्थ हामी नेपालीबाट विश्व समुदायमा एउटा राजनीतिक विकल््प प्रस्तुत हुन सक्छ, तर आज भइरहेको राजनीतिक व्यवस्था यो प्रतिनिधिमूलक व्यवस्था हो अर्थात् प्रतिशोधमूलक व्यवस्था हो। यो व्यवस्थाले आज विश्व व्यवस्थामा आफ्नो मजबुत जग बसालेको छ। जसको ज्वलन्त उदाहरण हो अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता छोड्दै गर्दा ह्वाइट हाउसमा मच्चाएको हिंसा एउटा ज्वलन्त प्रतिशोधपूर्ण यो व्यवस्थाको नमुना थियो। 

तसर्थ यो व्यवस्था प्रतिशोधमूलक व्यवस्था हो। जहाँ प्रतिनिधिहरूले आफआफ्नो प्रतिशोध साधी राख्नेछन्। अब प्रतिनिधिमूलक व्यवस्थाले प्रतिशोधको जन्म गराउने बाहेक अरु केही गर्ने छैन। रविले पनि प्रतिशोध गर्दै यहाँ आइपुगेका थिए भने अन्य राजनीतिक पार्टीहरूले रविमाथि गर्ने प्रतिशोध पनि यो व्यवस्थाको उपज हो।

आजको प्रतिशोधी प्रतिनिधिमूलक व्यवस्थाको विकल्प के?
तसर्थ, प्रतिशोधपूर्ण प्रतिनिधिमूलक व्यवस्थाको अन्त्य र आजको व्यवस्थाको विकल्प दिन सक्ने गरी अबको व्यवस्था भनेको प्रत्यक्ष प्रजातन्त्र मात्र हो। जहाँ प्रतिनिधिहरु हुने छैनन् र प्रतिशोध पनि हुने छैन। किनकि प्रत्यक्ष प्रजातन्त्रमा जनता आफै निर्णय र मताधिकार बोकेर बसेका हुन्छन्। जनताका बारेमा कोही प्रतिनिधिहरूले चिन्ता गर्नुपर्ने छैन। सबै जनता मालिक हुनेछन्। सबै जनतासँग निर्णय अधिकार र मताधिकार हुनेछ। यो बास्तविक र पूर्ण प्रजातन्त्रीक व्यवस्था हुनेछ।

जबकी आजको प्रतिनिधिमूलक व्यवस्था अर्ध प्रजातान्त्रीक मात्र हो। आजको विज्ञान प्रविधिले प्रत्यक्ष प्रजातन्त्रीक व्यवस्था स्थापनाका निम्ति आधार बसालेको हुनाले आजको विज्ञान प्रविधिको युगलाई राजनीतिक रुपमा नयाँ रङ दिन सकिने आधार पैदा गरेकाले आजको युग सापेक्षित राजनीतिक प्रणाली भनेकै प्रत्यक्ष प्रजातन्त्र बन्ने देखिन्छ। तसर्थ, अब हामीले प्रतिनिधिमूलक व्यवस्था र प्रतिशोधमूलक व्यवस्थाका विरुद्धमा प्रत्यक्ष प्रजातान्त्रिक व्यवस्था स्थापना गरेर नेपालको समस्याको समाधान गर्नु र सिङ्गो विश्व व्यवस्थामा एउटा नयाँ राजनीतिक धारा प्रवाह गर्ने बेला आएको छ। जुन कुरा सम्भव छ र आजको एसियाको संकटले त्यसलाई निमन्त्रणा गरिराखेको छ। नेपाली जनताको परिवर्तनको चाहनालाई हामीले यही नयाँ व्यवस्था स्थापना गरेर मात्र सम्भव तुल्याउन सक्छौ। 

यसर्थ, प्रतिनिधिमूलक र प्रतिशोधमूलक व्यवस्थाको अन्त्य र प्रत्यक्ष प्रजातन्त्र स्थापनाका निम्ति आजका परिवर्तनकामी नेपाली युवा तथा सम्पूर्ण समुदायले नयाँ हातेमालो स्थापित गर्नुपर्ने हुन्छ। रवि दूधले नुहाएका व्यक्ति होइनन् किनकि उनी आफै प्रतिशोधपूर्ण राजनीतिक प्रणालीमा प्रतिशोधपूर्ण गतिविधि राख्दै यहाँ आइपुगेका थिए। त्यसकारण उनीबाट विकल्प प्रस्तुत सम्भव थिएन। वास्तवमा विकल्प भनेको प्रतिनिधिमूलक व्यवस्थाको अन्त्य र प्रत्यक्ष प्रजातन्त्रको स्थापनाले मात्र प्रस्तुत गर्न सक्छ। त्यसका निम्ति नेपाली जनताले एउटा नयाँ प्रयत्न गर्ने बेला आएको छ यही प्रयत्नले समृद्ध नेपालको सपना पूरा गर्ने देखिन्छ।
लेखकः
प्रकाश अधिकारी

सम्पर्क नंः ९८५१००८६७६
इमेलः allprakashprakash@gmail
[अधिकारी प्रत्यक्ष प्रजातन्त्र अभियानका सह–संयोजक तथा प्रवक्ता]

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्