काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १४८ रनको लक्ष्य दिएको छ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो।
सुदूरपश्चिमका लागि हर्मित सिंहले आक्रामक अर्धशतक प्रहार गरे। उनले २० बलमा ५३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५, इसान पाण्डेले ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा काठमाण्डुका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका करणले ३० रन खर्चेर ४ विकेट लिए। पहिलो ओभरमा २ विकेट लिदै करणले सुदूरपश्चिमलाई दबाबमा राखेका थिए। मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले दुइदुई विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।