काठमाडौं– सामाजिक विकास नेपाल (एसडीएन), द नेदरल्यान्ड्स र चाँगुनारायण फाउन्डेसन (सीएनएफ) ले भोटेकोसी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रका पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
२६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको भन्दै संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने जनाएका हुन् ।
यसका साथै एसडीएन र सीएनएफले रसुवाका छनोट गरिएका विपत् प्रभावित क्षेत्रमा ‘कला र उत्थानशीलतामार्फत उपचार’ नामक आकस्मिक मनोसामाजिक तथा सामुदायिक सहयोग कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् ।
कार्यक्रममा कला आधारित गतिविधिमार्फत विद्यार्थी, शिक्षक तथा समुदायका सदस्यलाई भावनात्मक तथा मनोसामाजिक सहयोग प्रदान गरिने जनाइएको छ ।
संस्थाहरूले विपत् प्रतिकार्य, पुनःस्थापना, पुनर्निर्माण, उत्थानशीलता निर्माण र दिगो विकासका क्षेत्रमा आगामी दिनमा पनि सरकार तथा स्थानीय तहलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।