• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

२० लाख तिरेर अवैध संरचनालाई वैध बनाउने बाटोमा चन्द्रागिरी हिल्स

अवैध संरचनालाई वैध बनाउन कसरी गरिँदैछ कानुनी छिद्रको उपयोग?
64x64
उत्तम काप्री शुक्रबार, कात्तिक १५, २०७६  ११:१४
1140x725

काठमाडौं- चन्द्रागिरीमा अवैधानिक रिसोर्टको संरचना बनाउने व्यवसायी चन्द्र ढकालको चन्द्रागिरी हिल्स प्रालिले २० लाख रुपैयाँ जरिवाना तिर्दै अवैध संरचनालाई बैध बनाउने प्रक्रिया थालनी गरेको छ। ढकाल अध्यक्ष रहेको चन्द्रागिरी हिल्स प्रालिले अवैधानिक रुपमा निर्माण भएको संरचनालाई वैध बनाउन पूरक वातावरण प्रभाव मूल्यांकन (अपग्रेडेड इआए) का लागि पर्यटन विभागमा निवेदन दिएका छन्।

ढकालको प्रालिले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन उल्लंघन गरेर रिसोर्ट बनाएको पुष्टि भएसँगै वन तथा वातावरण मन्त्रालयले २० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो।

प्रालिले कानुनको छिद्र प्रयोग गर्दै अवैध रुपमा निर्माण गरेको संरचनालाई वैध बनाउन आवश्यक पूरक इआइए गर्न भन्दै अनुमतिका लागि पर्यटन विभागमा निवेदन दिएका हुन्।

चन्द्रागिरी हिल्स प्रालिले इआइमा उल्लेख भएको भन्दा फरक संरचना निर्माण गरेपछि पुनः पुरक इआइएको प्रक्रिया थालनी गर्नका लागि अनुमति मागेको विभागका सूचना अधिकृत सुरेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार प्रालिले वन तथा वातावरण मन्त्रालयले तोकेको २० लाख रुपैयाँ जरिवाना तिर्दै पूरक इआएका लागि निवेदन दिएको छ। ‘निवेदनमाथि छलफल सुरु भइसकेको छ,’ थापाले भने, ‘अब विभागले इन्जिनियर तथा भूर्गविदहरुसँगको रायसल्लाहपछि पूरक इआइएका लागि अनुमति दिने वा नदिने निर्णय गर्छ।’

पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् ढकालले पुरक इआइएमा यसअघि निर्माण भएका र अब निर्माण हुने भनि उल्लेख गरिएका संरचना निर्माण गर्न दिने वा नदिने विषयमा रायसल्लाह पठाउने थापाको भनाइ छ।

पर्यटन विभागबाट अनुमति पाएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयलाई सिफारिस हुनेछ। त्यसपछि मात्रै चन्द्रागिरी हिल्स प्रालिलाई पूरक इआइए गर्न बाटो खुल्नेछ।

कसरी पुष्टि भएको थियो अवैधाधिक संरचना?
गत वर्षको माघ/फागुनतिर चन्द्रागिरी हिल्स प्रालिले पर्यटन विभागमा रिसोर्ट स्तरीकरणका लागि निवेदन दिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

निवेदन दिएपछि पर्यटन विभागले चन्द्रागिरीमा बनाइएको रिसोर्टको संरचनाको स्थलगत अध्ययन थालनी गरेको थियो। विभागले स्थलगत अध्ययनपछि रिसोर्टको इआइएमा उल्लेख भएको भन्दा फरक संरचना निर्माण गरिएको फेला परेको थियो।

इआइएमा उल्लेख भएको भन्दा फरक प्रकृतिको संरचना बनाएको भन्दै विभागले रिसोर्ट स्तरीकरण गर्न नसक्ने जवाफ दिएको थियो।

त्यसलगतै ढकालले सुटुक्क सत्ता र शक्तिको पहुँचमा रिसोर्टको स्तरीकरण गर्न खोजेको थिए।

तर, विभागले पूरक इआइए गरेर कानुनअनुसार नभएसम्म रिसोर्ट स्तरीकरण नहुने भन्दै वन तथा वातावरण मन्त्रालयललाई पर्यटन मन्त्रालयमार्फत 'चन्द्रागिरी हिल्स प्रालिले अवैधानिक रुपमा इआइएभन्दा बाहिर गएर संरचना निर्माण गरेको' जानकारी गराएको थियो।

त्यसपछि वन तथा वातावरण मन्त्रालयले वातावरण विभागलाई अध्ययन गर्दै आवश्यक कदम अगाडि बढाउन निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि विभागले स्थलगत अध्ययन गर्दै ढकालले इआइएमा उल्लेख भएको भन्दा फरक प्रकृतिको संरचना निर्माण गरेको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको थियो।

विभागले गत बैसाखमा कारबाहीको लागि सिफारिस गरेको थियो भने मन्त्रालयले असारमा २० लाख जरिवाना तोकेको थियो।

विभागको सिफारिस अनुसार मन्त्रालयले इआइएमा उल्लेख गरिएको भन्दा बाहिर गएर काम गर्ने व्यक्ति वा संस्थालाई ‘वातावरण संरक्षण ऐन २०५३’ को दफा १८ अनुसार २० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो।

ऐनको दफा १८ मै संरचना निर्माण तत्काल बन्द गराउन सक्ने व्यवस्थासँगै त्यस्तो कार्य कुनै व्यक्ति वा संस्थाले गरेको भए निजलाई कसुरको ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवास्था भए पनि चन्द्रागिरी हिल्स प्रालिलाई २० लाख रुपैयाँ मात्रै जरिवाना गरिएको थियो।

'वातावरण संरक्षण ऐन २०५३' को दफा १८ मा ’वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत नगराई वा स्वीकृत प्राप्त प्रस्तावभन्दा बाहिर गई कुनै काम गरेमा तोकिएको अधिकारीले त्यस्तो कार्य तुरुन्त बन्द गराउन सक्ने’ उल्लेख छ।

प्रालिले २०६९ भदौ २० गते एकैपटक (प्याकेजमै) रुख कटानीदेखि निर्माण हुने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तत्कालीन वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयबाट स्वीकृत गराएको थियो।

स्वीकृत रिर्पोटमा चन्द्रागिरी हिल्स प्रालिले चन्द्रागिरी रिर्सोटमा वातावरणमैत्री स-साना ४० वटा कटेज निर्माण गर्ने उल्लेख गरेको थियो। तर, ढकालले स्वीकृत रिर्पोटभन्दा बाहिर गएर ठूला दरबारजस्ता भवन निर्माण गरेका थिए।

अवैध संरचना वैध बनाउने कानुनी छिद्रको सदुपयोग गर्ने प्रवृत्ति बढ्दो
इआइएभन्दा बाहिर संरचना बनाए पनि कानुनी रुपमा जरिवाना तिर्दै पूरक इआइए गर्न दिने कानुनी लचकताका कारण अधिकांश व्यवसायीहरुले ठूला संरचनालाई पूरक इआइए मार्फतनै वैध बनाउने गरेका छन्।

ढकालले पनि सोही कानुनी छिद्रको सहारा लिँदै इआइएभन्दा बाहिर गएर संरचना निर्माण गरेको वन तथा वातावरण मन्त्रालय स्रोत बताउँछ।

वातावरण मन्त्रालयका एक अधिकृतले इआइएविपरीत संरचना बनाउने र सामान्य जरिवाना तिर्दै अपग्रेड गर्ने गलत प्रवृत्ति पछिल्ला दिनमा बढ्दै गएको बताए। उनले भने, ‘यो त सरासर लुटतन्त्र भयो।’

कानुनले इआइए अपग्रेड गर्नसक्ने अधिकार दिएको छ। ‘कानुनी रुपमा इआइए अपग्रेड गर्ने प्रक्रिया थाल्दा त्यहाँ बनेको संरचना भत्काउनुपर्ने हुन्छ,' स्रोतले भन्यो, ‘नियमानुसार उक्त स्थानमा ढकाल तथा उनको कम्पनीले बनाएको संरचना बनाउनै मिल्दैन।’

तर, शक्ति र पहुँचको भरमा पुरक इआइए गराउँदै ढकालले बनाएको सबै संरचनालाई वैध बनाइने स्रोतको दावी छ।

वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा रिसोर्टको संरचना निर्माणमा ४० वटा हट-स्पट भवनहरु बनाउने उल्लेख छ। तर, व्यवसायी ढकालले रिपोर्टभन्दा बाहिर गएर ६० स्टोरेजका ठूला भवन निर्माण गरेका छन्।

‘ढकालले बनाएको संरचना नियमविपरीत छ,' पर्यटन मन्त्रालयका एक सहसचिवले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनभन्दा बाहिर गएर त्यो ठाउँमा त्यस्तो प्रकारको संरचना बनाउन मिल्दैन। पूरक इआइए गरे पनि ढकालको कम्पनीले बनाएको कतिपय संरचना भत्काउनै पर्छ।’

‘सरकारलाई झुक्याएर इआइए रिपोर्ट बनाउने अनि अवैधानिक संरचना खडा गर्दै अपग्रेड गर्नु सरासर लुटतन्त्र हो,' पर्यटन विभागका एक अधिकृतले भने, ‘चन्द्रागिरीमा बन्दै गरेको अवैधानिक रिसोर्टको संरचना वैध बनाउन उक्त रिपोर्ट अपग्रेड गर्न दिनुहुँदैन। कानुनीरुपमा अगाडि बढ्नुपर्छ।’

चन्द्रागिरीमा बन्दै गरेको अवैधानिक संरचनालाई इआइए रिपोर्ट अपग्रेड गरेर वैधानिक बनाउँदा पछि अन्य व्यवसायीले पनि यसै प्रवृत्तिको सिको गर्दै पहिले एउटा संरचना बनाउन बन्दै रिपोर्ट स्वीकृत गर्ने र पछि अर्कै संरचना बनाउने प्रवृति मौलाउने जानकारहरु बताउँछन्।

यो पनि पढ्नुहोस्:

इआइए प्रतिवेदन उल्लंघन गरी रिसोर्ट बनाउने चन्द्रागिरि हिल्सलाई २० लाख जरिवाना

अवैधानिक संरचना बनाउने ढकालको चन्द्रागिरीलाई कारबाही सिफारिस

सरकारी अध्ययन टोलीले नै भन्यो : चन्द्रागिरीमा बनेका संरचना अवैध [फलोअप]

चन्द्रागिरीमा अवैधानिक संरचना बनाउने ढकाललाई कारबाही होला? यस्तो छ कानुनी प्रावधान

चन्द्रागिरीमा रिसोर्टको अवैधानिक संरचना बनाउँदै व्यवसायी चन्द्र ढकाल

प्रकाशित मिति: शुक्रबार, कात्तिक १५, २०७६  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्