Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?

64x64
उत्तम काप्री बिहीबार, वैशाख २, २०७८  १९:३८
1140x725

काठमाडौं- नेपाल ट्रष्टको कार्यालयले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका अरु सदस्यको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेकोमध्ये अहिलेसम्म २१ हजार ५ सय ६२ रोपनी जग्गा खोजी गरेको छ। जग्गा खोजीलाई कार्यालयले अहिले पनि निरन्तरता दिइरहेको छ। कार्यालयले १२ जिल्लामा रहेको अचल सम्पत्तिको विवरण सार्वजनिक गरेको छ। थप जग्गासमेत खोजिरहेको कार्यालयका सहसचिव भीष्मकुमार भुसालले बताए।

अहिले पनि काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा थप केही जग्गा रहेका भन्ने आधारमा खोजी भइरहेको भुसालले जानकारी दिए। कार्यालयले राजपरिवारको नाममा रहेका फेला पारेका जग्गामध्ये सबैभन्दा बढी धादिङमा रहेको छ।

कुल फेला परेको जग्गामध्ये ७० प्रतिशत जग्गा धादिङ जिल्लामा रहेको छ। कार्यालयका अनुसार धादिङमा मात्रै १५ हजार १ सय १ रोपनी जग्गा फेला परिसकेको छ। यसैगरी, दोस्रो बढी जग्गा काठमाडौं जिल्लामा रहेको छ। काठमाडौंमा कुल जग्गाको २० दशमल ६१ प्रतिशत अर्थात् ४ हजार ४ सय ४२ रोपनी जग्गा फेला परेको कार्यालयको भनाइ छ।

यसैगरी, भक्तपुरमा ११३ रोपनी, ललितपुरमा ८ रोपनी १० आना, नुवाकोटमा २ सय ४० रोपनी, धनकुटामा १ सय ९४ रोपनी, मकवानपुरमा २५ रोपनी, काभ्रेपलाञ्चोकमा १६ रोपनी, सिन्धुपाल्चोकमा २७ रोपनी १३ आना, सुर्खेतमा ४ सय ५७ रोपनी, कास्कीमा १ सय ७४ रोपनी र चितवनमा ७ सय ६७ रोपनी ११ आना जग्गा फेला परेको कार्यालयको भनाइ छ।

कुन जग्गामा कसको रजाइँ?
कार्यालयले अहिलेसम्म खोजी गरेको जग्गामध्ये बहुमूल्य जग्गा काठमाडौं जिल्लामा रहेको छ। काठमाडौं जिल्लामा रहेका अधिकांश जग्गा अहिले व्यावसायिक घरानाले भाडामा लिएर व्यापार-व्यवसाय गर्दै आएका छन्। कतिपय जग्गा भने व्यक्तिले हड्पेर बसेका छन्।

काठमाडौंको महाराजगञ्ज निर्मल निवासअगाडि रहेको १ रोपनी ७ आना जग्गा अहिले व्यक्तिले प्रयोग गरिरहेका छन्। पुरै जग्गा कम्पाउन्डवालले घेरिएको छ। जग्गाको बीचमा घर रहेको छ। लाजिम्पाटबाट चक्रपथ चोक जाने मुलबाटोमा अवस्थित उक्त जग्गा अहिले कार्यालयले सदुपयोग गर्ने तयारी गरिरहेको छ।

यसैगरी, बालाजु (हाल इचुंगु)मा रहेको १० रोपनी ६७ आना जग्गा मोहीहरूले नै खेती तथा बसोबासका लागि प्रयोग गरिरहेका छन्। उक्त जग्गा मन्त्रिपरिषद्को पूर्वाधार समितिले २०६९ भदौ ११ गते मोहीको नाममा नामसरी गर्ने निर्णय गरेको थियो। उक्त जग्गा अहिले फिर्ता ल्याउनका लागि कार्यालयले सरकारी जग्गासम्बन्धी आयोगमा उजुरी गरेको छ।

ट्रष्टको टेकु, बुद्धबारीमा रहेको १९ रोपनी १२ आना जग्गा अहिले टाउन डेभलपर्सले भाडामा लिएर विजनेश पार्क भवन बनाएर व्यापार गरिरहेको छ। उक्त जग्गा २०५३ सालदेखि टाउन डेभलपर्सले प्रयोग गरिरहेको छ। अहिले टाउनले जग्गाको वार्षिक ४० लाख रूपैयाँ भाडा तिर्दै आएको छ। उक्त जग्गा टाउनले २०८३ सालसम्म प्रयोग गर्नेछ। २०७९ देखि २०८३ सम्ममा भने टाउन डेभलपर्सले वार्षिक ५० लाख भाडा ट्रष्ट कार्यालयलाई तिर्ने छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी, अहिले स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रयोग गरिरहेको लाजिम्पाटको ६ रोपनी १३ आना जग्गा भाडा लिजको लागि टेन्डर भएको छ। 

यसैगरी, कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकाले प्रयोग गर्ने छ। ५ रोपनी जग्गामा बनेको भवन महानगरपालिकालाई १० वर्ष भाडामा दिने निर्णय भइसकेको छ। उक्त जग्गामा भवन बनाएर २०५० साल देखि कन्सेप्ट प्रालिले व्यापार गर्दै आएको थियो। तर, सम्झौता सकिएको १० महिनामा बल्ल भवन कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको भवन पूर्ण रूपमा खाली बनाएर कार्यालयले मासिक ६० लाख ५० हजार रूपैयाँमा काठमाडौं महानगरपालिकालाई दिने छ।

Xtrem

Xtrem

यसैगरी, गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट यती ग्रुपले सन् २०५० सालसम्म प्रयोग गर्नेगरी सम्झौता भएको छ। २०७६ सालमै उक्त जग्गाको पुरानो सम्झौता अवधि सकिन ६ वर्ष बाँकी हुँदा नै कानुन नै संशोधन गरेर यती ग्रुपलाई सन् २०५० सालसम्ममा १ करोड ८ लाख २३ हजार २ सय ५ डलर भाडामा दिइएको छ।  यती ग्रुपले प्रयोग गरिरहेको जग्गा २ हजार ७ सय ९२ रोपनी हो।

यसैगरी, दरबारमार्गको १ रोपनी १४ आना जग्गा पनि यती ग्रुप अन्गर्तगको थामसेर्कु ट्रेकिङ प्रालीले भाडामा लिएर भवन निर्माण सम्पन्न गरी व्यवसाय सञ्चालन गरिरहेको छ। ३ तलाको भवन बनाउने भने पनि कम्पनीले ४ तलाको भवन बनाएको विषय अहिले विवादमा परेको छ। उक्त जग्गा ३० वर्षका लागि ट्रष्टको कार्यालयले कुल १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रूपैयाँमा लिज भाडामा दिएको छ।

यसैगरी ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्सको ६ आना ४ रोपनी जग्गा पनि यती ग्रुपकै थामसेर्कुले भाडामा लिएको छ। उक्त जग्गामा ६ तलासम्मको भवन बनाउन पाइने गरी सम्झौता भएपनि अहिले कम्पनीले १२ तलाको नक्सा तथा डिजाइन कार्यालयलाई नसोधी महानगरपालिकाबाट स्वीकृत गराएको विषय विवादमा परेको छ। ३० वर्षको लागि भाडामा दिएको जग्गाबाट कार्यालयले कुल २७ करोड ७४ लाख ७५ हजार ६ सय ६८ रूपैयाँ भाडावापतको रकम पाउने छ।

कार्यालयका अनुसार काठमाडौं, ताहाचलमै रहेको ३८ रोपनी १२ आना जग्गामा सार्वजनिक खरिद अनुगमन कार्यालय, रेडक्रस, श्रम कार्यालय, गरिबी निवारण कोषले भाडामा उपभोग गरिरहेको छ।

साथै, काठमाडौं छाउनीमा रहेको १५ रोपनी जग्गामा अहिले नेपाल ट्रष्टले कमलादीमा रहेको कार्यालय सार्ने निर्णय गरेको छ। कमलादीमा रहेको भवन भने भाडामा लगाउने ट्रष्टले जनाएको छ। छाउनीको उक्त जग्गा प्रेरणा राज्यलक्ष्मी सिंहले प्रयोग गरिरहेकोमा कार्यालयले जग्गा खाली गराउन सूचना समेत जारी गरिसकेको छ। सर्वोच्च अदालतले समेत उक्त जग्गा नेपाल ट्रष्टकै हुने अन्तिम फैसाल सुनाइसकेको छ।

छाउनीकै कित्ता नम्बर १ को २ रोपनी १३ आना जग्गा अहिले कार्यालयको संरक्षणमा रहेको छ। यसैगरी, बालाजुको कित्ता नम्बर ४ मा रहेको १ सय २२ रोपनी जग्गा व्यापारिक प्रयोजनमा जान सक्ने भएपनि अहिलेसम्म खाली नै रहेको छ। सामाखुशीमा रहेको ९ आना जग्गा भने मोहीले प्रयोग गरिरहेको कार्यालयले जनाएको छ।

काठमाडौं, शेषनारायण फर्पिङको ६८ रोपनी १२ आना जग्गा अहिले केही जग्गा महानगरपालिकाका लागि भाडामा लिने तयारी भएको छ। अहिले भने उक्त जग्गा त्रिभुवन आदर्श माविले नि:शुल्क प्रयोग गरिरहेको छ।

यसैगरी, सतुंगलमा रहको १ रोपनी ६ आना, मातातीर्थ–१ क र ख को  ५९ रोपनी १ आना र थानकोट महादेवस्थान–४ क, ख र ग मा रहेको १ सय २ रोपनी जग्गा मोहीको नाममा नामसरी भइसकेको छ। उक्त जग्गा मोहीको नाममा लैजान दिने निर्णय २०६९ भदौ ११ गते भएको थियो। जग्गा फिर्ताका लागि नेपाल ट्रष्टको कार्यालयले जग्गा सम्बन्धी आयोगमा उजुरी गरेको छ।

यसैगरी, काठमाडौं शंखरापुरामा रहेको २ रोपनी ३ आना जग्गा मोहीले खेती तथा बसोबास गरिरहेको कार्यालयको भनाइ छ। साथै, कालिमाटीमा हिमालय वीरविक्रम शाह मोही कायम रहेको ३ रोपनी ७ आना जग्गासमेत कार्यालयले आफ्नो नाममा ल्याउने तयारी गरेको छ।

कार्यालयले ललितपुरको गोदामचौरमा ८ रोपनी १० आना जग्गा मोहीले प्रयोग गरिरहेको विवरण सार्वजनिक गरेको छ। साथै, भक्तपुर नगरपालिका-१ मा १ सय ८० रोपनी जग्गा सुरक्षाकर्मी राखेर संरक्षण गरिरहेको  कार्यालयले जनाएको छ। भक्तपुरकै निलबाराही बोडे, मध्यपुर ठिमी नगरपालिकामा रहेको ५ रोपनी जग्गा मोहीले प्रयोग गरिरहेको र जग्गाधनी प्रमाण पूर्जा आउने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।

साथै, धादिङको छत्रे देउरालीमा रहेको १५ हजार १ सय १ रोपनी जग्गा प्रयोगविहीन रहेको कार्यालयको भनाइ छ। उक्त जग्गाको अधिकांश भाग वनजंगलको रूपमा रहेको छ। धादिङकै थाङपालधापमा रहेको १७ रोपनी १३ आना जग्गा पनि प्रयोगविहीन रहेको कार्यालयको अभिलेखमा उल्लेख छ।

नुवाकोटको थानसिंह कित्ता नम्बर १० को १ सय ७२ रोपनी र ६५ रोपनी ११ आना, गणेस्थान-२ मा रहको २ रोपनी ८ आना जग्गा फलफूल बगैंचा र जंगलको रूपमा प्रयोग भइरहेको छ।

कार्यालयकै अभिलेखमा रहेको धनकुटा, चुलीवनमा रहेको १ सय ९४ रोपनी जग्गामध्ये करिब आधा जग्गामा निजामती कर्मचारीका छोरोछोरीका लागि आवासीय विद्यालय सञ्चालनमा छ।

मकवानपुरको हेटौँडामा रहेको २६ रोपनी जग्गा बागमती प्रदेश सरकारको मुख्यमन्त्री आवास निर्माणका लागि दिने मन्त्रिपरिषदको निर्णय भइसकेको छ। काभ्रेपलाञ्चोक, पाँचखाल-३ मा रहेको ९ रोपनी १५ आना जग्गा चौरका रूपमा रहेको छ। यसैगरी, कर्णाली प्रदेशमा सुर्खेतको साविक लाटीकोइली-४ मा रहेको ४ सय ५७ रोपनी जग्गा पनि जंगलको रूपमा रहेको कार्यालयको अभिलेखमा छ।

गण्डकी प्रदेश, कास्कीको पोखरामा रहेको १ सय ७४ रोपनी जग्गा अहिले प्रदेश सरकारलाई दिनेगरी गुरुयोजना माग्ने काम भएको छ। उक्त जग्गामा ऐतिहासिक र पर्यटकीय रूपले महत्वपूर्ण रत्न मन्दिर र हिमागृह रहेको छ। उक्त जग्गा अहिले नेपाली सेनाको सुरक्षामा राखिएको छ। 

साथै, चितवनको भरतपुरमा रहेको ७ सय ६७ रोपनी जग्गामा रहेको दियालो बंगला मन्दिर नेपाली सेनाको सुरक्षामा संरक्षण गरेर राखिएको छ। उक्त जग्गाको केही भाग नेपाली सेनालाई दिँदै भरतपुर विमानस्थल विस्तारमा सेनाको जग्गा लिने तयारी भएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  १९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्