Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा

64x64
उत्तम काप्री शुक्रबार, वैशाख ३, २०७८  १९:४५
1140x725
नेपाल ट्रष्टको कार्यालयबाट प्राकृतिक स्रोत तथा वित्त आयोग सरुवा भएका सहसचिव डा भीष्मकुमार भुसाल (खादा र ढाका टोपीमा)

काठमाडौं- बिहीबार बिहान नेपाल ट्रष्टको कार्यालयले १० महिनादेखि अवैध रूपमा काठमाडौं प्लाजा भवनमा व्यवसाय गरिरहेका व्यवसायीको फर्म सिल गर्दै प्लाजा आफ्नो नियन्त्रणमा लियो। भवन खाली गराउँदै कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालले फेसबुकमा स्टेटस लेखे, ‘नेपाल ट्रष्टको कार्यालयले विगत १० महिनादेखि अनधिकृत रूपमा व्यवसाय सञ्चालन भइरहेको काठमाडौं प्लाजा खाली गराएको छ। आजैदेखि नेपाल ट्रष्टबाट बिदा हुँदैछु।’

भुसालले त्यसलगतै कार्यालयबाट विदाइ भएको तस्वीर पनि सार्वजनिक गरे। विदाइको तस्वीरसँगै उनले कार्यालयको काममा अन्तर निकायबाट भएको असहयोगको विषय पनि उल्लेख गरे, ‘जम्मा ४ महिना २० दिन (फिल्ड र सार्वजनिक बिदा समेत) नेपाल ट्रष्टको कार्यालयमा काम गर्दा केही बाहेक अन्य सरकारी निकायकै पर्याप्त सहयोग पाइएन भन्न मलाई कत्ति पनि संकोच छैन। पटक पटकको ताकेताका बाबजुद कतिपय अड्डाले ३ महिनामा पनि पत्रको जवाफसम्म दिएनन्। नेपाल ट्रष्टको कार्यालय नेपालका सरकारी कार्यालयहरूमध्ये हेपिएको अड्डा होला शायद। त्यसैले, थुप्रै कामहरू मझधारमै छोडिएका छन्। तथापि हाम्रो सानो टीमले जुन मिहिनेतका साथ काम गर्‍यो, त्यसमा मलाई गर्व छ। मेरो कार्यकालका दुवैजना सचिवज्यूहरू तथा हाम्रो समग्र टीमप्रति म आभारी छु। स्पीड लिन सकेनौं होला, तर स्पिरिट गज्जब रह्यो।’

यो स्टेटससँगै उनले आफू सरुवा भएर जिम्मेवारी लिन जाने निकायको नामसमेत उल्लेख गरे। भुसाल ट्रष्ट कार्यालयबाट विदाइलगतै बिहीबार नै प्राकृतिक स्रोत तथा वित्त आयोगमा जिम्मेवारी लिन पुगेका थिए। विदाई हुनेबेला भुसालले किन यस्तो स्टेटस लेखे? अनि उनको यति चाँडै सरुवा किन भयो? भन्ने विषय अहिले चर्चामा छ। 

सरुवा भएका भुसाललाई नेपाल लाइभले किन यति चाँडै सरुवा भएर जानु भो? भनेर सोधेको थियो। भुसालले भने, ‘सरुवा किन भयो भन्ने मलाई थाहा हुने कुरा भएन। सरकारले यो ठाउँमा काम गर्न जा भनेपछि हामी कर्मचारी त जानैपर्छ। मैले यहाँ मलाई काम गर्न असहज भयो सरुवा दिनुस् भनेको पनि थिइनँ, मलाई कतैबाट दबाब पनि आएको थिएन तर, एक्कासी चैत २७ गते भने सरुवाको पत्र आयो। मैले म काठमाडौं प्लाजा खाली गराएर २ गते सरुवा भएको ठाउँमा जान्छु भनेको थिएँ। सोहीअनुसार अहिले प्राकृतिक स्रोत तथा वित्त आयोगमा आएको छु।’

४ महिना २० दिनमै किन भयो भुसालको सरुवा? 
डा भीष्मकुमार भुसाल मंसिर ९ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा कार्यरत थिए। भुसाललाई सरुवा गर्दै सरकारले नेपाल ट्रष्टको कार्यालय, कमलादी ल्याउने निर्णय गर्‍यो। सरकारको यो निर्णयपछि भुसाल २०७७ मंसिर १० गते नेपाल ट्रष्टमा सह-सचिवको जिम्मेवारी लिन आइपुगे।

जिम्मेवारी लिएपछि सबैभन्दा पहिले भुसालले गैरकानुनी रूपमा प्रयोग भइरहेको सम्पत्तिको विषयमा अध्ययन थाले। भुसालले सबैभन्दा पहिले नेपाल ट्रष्टको बिग्रिएको छबि सुधारका लागि काम अगाडि बढाउने निर्णय गरेका थिए। 

सोहीअनुसार अगाडि बढेका भुसालले २०७७ असार ३ गते २७ वर्षको सम्झौता अवधि सकिएको काठमाडौं प्लाजा भवनमा अवैध रूपमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीलाई हटाएर सरकारी निर्णयअनुसार काठमाडौं महानगरपालिकालाई भवन हस्तन्तरण गर्न लागिपरे। अन्ततः उनी त्यसमा सफल पनि भए। काठमाडौं प्लाजाको भवन नेपाल ट्रष्टको कार्यालयले आफ्नो नियन्त्रणमा लिइसकेको छ। तर, महानगरपालिकासँग सम्झौता गर्न भने बाँकी नै छ।

योसँगै भुसालले दबारमार्गमा रहेको १ रोपनी १४ आना १ पैसा जग्गामा थामसेर्कु प्रालिले सम्झौताभन्दा बाहिर गएर बनाएको संरचनाको विषयमा अध्ययन गर्न थाले। अध्ययनबाट सम्झौतामा ३ तला उल्लेख भएपनि राज्यसंयन्त्रसँगको ‘सेटिङ’मा थामसेर्कु प्रालिले ४ तलाको भवन बनाएको भेटियो। भवन बनिसकेका कारण भत्काउन सम्भव थिएन। भवन भत्काउन सम्भव नभएपछि भुसालले चौथो तलाको भाडा मूल्यांकन गरी नयाँ भाडा तय गर्ने विषय अगाडि बढाए।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त जग्गा लिज भाडा सम्झौतामा ३० वर्षमा थामसेर्कुले सम्झौताअनुसारको काम गर्ने र कार्यालयलाई कुल १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रूपैयाँ तिर्ने उल्लेख छ। कार्यालय र थामसेर्कुबीच २०७४ वैशाख ५ गते सम्झौता भएको थियो।

तर, थामसेर्कुले सम्झौताविपरीत थप एक तला बढीको भवन बनायो। जुन तलाको भाडा थपका लागि कार्यालयले कम्पनी छनोट गर्‍यो। ३ वटा कम्पनीबाट पहिलो चरणमा एउटा कम्पनी छनोट गरियो। तर, उक्त कम्पनीले पछि काम गर्ने इच्छा देखाएन। त्यसपछि कार्यालयले क्रमशः २ र ३ नम्बरको कम्पनीलाई काम गर्न भन्दै पत्र काट्यो। तर, उनीहरूले पनि काम गर्ने इच्छा देखाएनन्। स्रोत भन्छ, ‘त्यसको एउटै कारण थियो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेल र थामसेर्कुको मातृ कम्पनी यती ग्रुपले उनीहरूलाई मूल्यांकनको काम आउन नदिने गरी सेटिङ गरिदिनू।’

तर, भुसालले पुनः नयाँ प्रक्रियाबाट भवनमा थप भएको एक तलाको भाडा मूल्यांकनका काम अगाडि बढाउन थाले। जुन प्रधानमन्त्री कार्यालयलाई नै चित्त बुझेको थिएन।

अर्को, ताहाचलको जग्गा लिज भाडाको विषय थियो। ताहाचलको जग्गा लिज प्रकणरमा एक त सिधै सार्वजनिक खरिद ऐनविपरीत कम्पनी छनोट गरिएको थियो। अर्को चाहिँ जग्गा लिज भाडामा लिने कम्पनीले सम्झौताभन्दा बाहिर गएर एकलौटी भवन निर्माण गर्नेगरी १२ तलाको नक्सा तथा डिजाइन महानगरपालिकाबाट स्वीकृत गराएको थियो। सम्झौतामा ६ तला भन्दा अग्लो भवन बनाउन नपाइने र नक्सा तथा डिजाइनको पूर्वस्वीकृति कार्यालयबाट लिएर मात्रै महानगरपालिकाबाट पास गर्नुपर्ने उल्लेख थियो। 

Xtrem

Xtrem

तर, थामसेर्कुले राज्यशक्तिमा रहेकाहरूलाई प्रयोग गरेर कार्यालयलाई थाहै नदिइ नक्सा तथा डिजाइन पास गरेको थियो। यो कार्य कानुन र सम्झौताविपरीत रहेको भन्दै कार्यालयले सबै प्रक्रिया रोकिदिएको थियो। 

प्रक्रिया रोक्दै थाकसेर्कुलाई छलफलमा आउन कार्यालयले बारम्बार पत्राचार गरिरहेको थियो। तर, थामसेर्कु आएन। थामसेर्कु नआएपछि कार्यालयले ठेक्का सम्झौता भएको ३ वर्षसम्म पनि काम अगाडि नबढेको भन्दै रद्द गर्ने भने विषयमा कानुनी छलफल थालेको थियो। कानुनी रूपमा ठेक्का सम्झौता रद्द गर्न कार्यालयलाई कुनै बाधा थिएन। ठेक्का सम्झौता नै अवैध रूपमा भएको कारण रद्द हुने अवस्था आएपछि थामसेर्कुले राज्यशक्तिमा रहेकाहरूलाई गुहारेको थियो।

‘थामसेर्कुको आग्रह सरकारले पुरा गर्नुपर्ने नै थियो’, स्रोतले भन्यो, ‘त्यसका लागि भुसाललाई प्रक्रिया रोक्न लगाउनु भन्दा सरुवा नै गर्नु उचित हुने ठहर गर्दै भुसाललाई सरुवा गरिएको हो।’

यसबाहेक उनले देशैभर रहेको ट्रस्टको सम्पत्ति खोजी गर्ने पहल पनि अघि बढाएका थिए। भुसालले ४ महिनाको समयमा नेपाल ट्रष्टको संरचना सुधार, आयआर्जन भएको सम्पत्तिको प्रयोगसम्बन्धी कार्यविधि निर्माण लगायतका काम गरे। कार्यविधि अहिले अर्थ र शिक्षा मन्त्रालयले रोकेर राखेका छन्। यस विषयमा भुसालले सरुवा भएसँगै असन्तुष्टिसमेत पोखेका छन्। 

जानकारहरू जोखिम लिएर काम गर्न खोज्ने कर्मचारीलाई काममा प्रतिबन्ध लगाउने गरी सरुवा गरिएको बताउँछन्। यसअघि, २०७४ सालमा सार्वजनिक यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गर्दै सार्वजनिक यातायातमा सुधार ल्याउने पहल गरेका यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईलाई समेत सरकारले यसरी नै सरुवा गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्