• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सरकारी अध्ययन टोलीले नै भन्यो : चन्द्रागिरीमा बनेका संरचना अवैध [फलोअप]

64x64
उत्तम काप्री आइतबार, वैशाख १५, २०७६  १३:३४
1140x725

काठमाडौं- व्यवसायी चन्द्रप्रसाद ढकालको अगुवाइमा चन्द्रागिरीमा निर्माण गरिएको रिसोर्टको संरचना अवैधानिक भएको ठहर गरेकाे छ। सरकारी अध्ययन टोलीको स्थलगत अनुगमनपछि तयार पारेकाे रिर्पोटमा रिसोर्टको संरचना निर्माण अवैधानिक भएकाे उल्लेख छ।

चन्द्रागिरीमा बन्दै गरेको रिसोर्ट स्तर वर्गीकरणका लागि चन्द्रागिरी हिल्स प्रालिले पर्यटन विभागमा निवेदन दिएको थियो। सोही निवेदनको आधारमा विभागले संरचनाको स्थलगत अध्ययन गरको थियो।

स्थलगत अध्ययनमा ढकालको चन्द्रागिरी प्रालिले निर्माण गरेको संरचना वातावरणीय प्रभाव मूल्यांकन(इआइए) प्रतिवेदनभन्दा फरक रहेको विभागमा महानिर्देशक डन्डुराज घिमिरेले नेपाल लाइभसँग बताए।
‘चन्द्रागिरी हिल्स प्रालिले निर्माण गरेको रिर्सोटको संरचना स्वीकृत इआइए भन्दा बाहिर छ’, घिमिरेले भने, ‘विभागको स्थलगत अध्ययन टोलीको प्रतिवेदनअनुसार आवश्यक कारबाहीका लागि वन तथा वातावरण मन्त्रालयसँग राय माग गरेका छौं।’

विभागले स्वीकृत प्रतिवेदनअनुसार संरचना निर्माण भएको अवस्थमा मात्रै रिर्सोट वर्गिकरण गर्ने उनको भनाइ छ। तर, इआइए प्रतिवेदन भन्दा बाहिर गएर संरचना निर्मााण भएको अवस्थामा हामीले केही गर्न नसक्ने उनको भनाइ छ। प्रतिवेदन भन्दा बाहिर निर्माण भएका संरचनाको विषयमा  कारबाही गर्ने, इआइए अपग्रेड गराउने वा संरचना नै भत्काउने जस्तो विषय भने वातावरण मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेको घिमिरे बताउँछन्।

‘स्थलगत अध्ययनपछि विभागले चन्द्रागिरी हिल्स प्रालिलाई कानुनी रुपमा इआइए अपग्रेड गरेर स्तर वर्गीकरणका लागि आउने सुझाव दिएका छौं’, घिमिरेले भने।

तर, चन्द्रागिरी हिल्स प्रालिले एकैपटक (प्याकेजमै) रुख कटानीदेखि निर्माण हुने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो। तर, रिसोर्टको संरचना निर्माण गर्दा भने व्यवसायी ढकालले वातावरणीय प्रभाव मूल्यांकनभन्दा बाहिर गएर निर्माण गर्दा स्तर वर्गीकरण हुन नसकेको घिमिरे बताउँछन्। विभागले आवश्यक प्रत्रिया पूरा नगरेसम्म रिर्सोटको स्तर वर्गीकरण पनि गर्न नसक्ने उनले प्रष्ट पारे।

इआइएमा उल्लेख गरिएको भन्दा बाहिर गएर काम गर्ने व्यक्ति वा संस्थालाई 'वातावरण संरक्षण ऐन २०५३' को दफा १८ मा दण्ड तथा जरिवानाको व्यवस्था गरिएको छ। 'वातावरण संरक्षण ऐन २०५३' को दफा १८ मा 'वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत नगराई वा स्वीकृत प्राप्त प्रस्तावभन्दा बाहिर गई कुनै काम गरेमा तोकिएको अधिकारीले त्यस्तो कार्य तुरुन्त बन्द गराउन सक्ने' उल्लेख गरिएको छ।

‘ढकालको कम्पनीले निर्माण गरिरहेको अवैधानिक संरचनाको निर्माण बन्द गराउन सक्ने अधिकार त कानुनले दिएको छ’, कानुनमा लेखेको अंश पढ्दै वातावरण मन्त्रालयका एक उपसचिवले भने, ‘के गर्नु, कानुन त उहाँलाई लागू हुने विषय नै हैन। अब कुन दिन कुन निकायबाट सिधै फोन आउँछ र उहाँले भनेकै अनुसार काम गर्नुपर्ने पनि हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा रिसोर्टको संरचना निर्माणमा ४० वटा 'हटस्पट' भवनहरु बनाउने उल्लेख छ। तर, व्यवसायी ढकालले रिपोर्टभन्दा बाहिर गएर ६० स्टोरेजका ठूला भवन निर्माण गरेका छन्।

‘ढकालले बनाएको संरचना नियमविपरीत छ’, पर्यटन मन्त्रालयका एक सहसचिवले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनभन्दा बाहिर गएर त्यो ठाउँमा त्यस्तो प्रकारको संरचना बनाउन मिल्दैन।’

संरचना बनाउने क्रममा कम लगानी गरेर धेरै पाहुनालाई राख्न सकिने योजनामा व्यवसायी ढकाल रहेको मन्त्रालयका कर्मचारीहरुको अनुमान छ। ‘४० वटा हटस्पट बनाउँदा लाग्ने लागत बढी हुन आउँछ,’ ती कर्मचारीले भने, ‘कम लगानी गरेर धेरै फाइदा खोज्ने मेलो हो यो।’

हुन त नेपालको कानुनले इआइए रिपोर्ट अपग्रेड गर्ने अधिकार दिएको छ। रिपोर्ट अपग्रेड गराए पनि त्यो ठाउँमा त्यति ठूलो संरचना बनाउन नहुने वातावारण मन्त्रालयका एक उपसचिव दाबी गर्छन्। ‘सरकारलाई झुक्याएर इआइए रिपोर्ट बनाउने अनि अवैधानिक संरचना खडा गर्दै अपग्रेड गर्नु सरासर लुटतन्त्र हो’, पर्यटन विभागका एक अधिकृतले भने, ‘चन्द्रागिरीमा बन्दै गरेको अवैधानिक रिसोर्टको संरचना वैध बनाउन उक्त रिपोर्ट अपग्रेड गर्न दिनु हुँदैन। कानुनी रुपमा अगाडि बढ्नुपर्छ।’

चन्द्रागिरीमा बन्दै गरेको अवैधानिक संरचनालाई इआइए रिपोर्ट अपग्रेड गरेर वैधानिक बनाउँदा पछि अन्य व्यवसायीले पनि पहिले एउटा संरचना बनाउन बन्दै रिपोर्ट स्वीकृत गर्ने र पछि अर्कै संरचना बनाउने प्रवृतिको हाबी हुने जानकारहरु बताउँछन्।

कानुनले इआइए अपग्रेड गर्न सक्ने अधिकार दिएको छ। तर, ढकाल कानुनअनुसार इआइए अपग्रेड गर्ने मनासयमा नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक सहसचिव बताउँछन्। ‘कानुनी रुपमा इआइए अपग्रेड गर्ने प्रक्रिया थाल्दा त्यहाँ बनेको संरचना भत्काउनुपर्ने हुन्छ’, स्रोतले भन्यो, ‘त्यो टापुमा ढकाल तथा उनको कम्पनीले बनाएको संरचना बनाउनै मिल्दैन।’

तर, व्यवसायी चन्द्र ढकाल वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट अपग्रेड नगरी राज्यसत्ताको दुरुपयोग गर्दै सोही संरचनालाई वैधानिक बनाउन लागेका छन्। ढकाल अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राललयका सचिव, वातावरण मन्त्रालयका सचिव तथा प्रधानमन्त्री कार्यालय र निवास धाउन थालेका छन्।

ढकालले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट अपग्रेड गर्न पाउने सजिलो नियम भए पनि शक्तिको दुरुपयोग गरेर जबरजस्ती रिसोर्टको स्तर वर्गीकरण प्रमाणपत्र लिन खोजेको विभाग तथा मन्त्रालय स्रोत बताउँछ।

यसकारण अवैधानिक छ रिर्सोटको संरचना
चन्द्रागिरी हिल्स प्रालिले २०६९ भदौ २० गते एकै पटक (प्याकेजमै) रुख कटानीदेखि निर्माण हुने संरचनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तत्कालीन वातावरण तथा विज्ञान प्रविधि मन्त्रालयबाट स्वीकृत गरेको थियो।

स्वीकृत रिर्पोटमा चन्द्रागिरी हिल्स प्रालिले चन्द्रागिरी रिर्सोटलाई वातावरण मैत्री स–सना ४० वटा कटेज निर्माण गर्ने उल्लेख गरेको थियो। तर, अहिले स्वीकृत रिर्पोटभन्दा बाहिर गएर ठूला दरबारजस्ता भवन निर्माण गरिएको छ।

प्रतिवेदनमा हरेक कटेजमा ४ देखि ८ वटा कोठा रहने  र रिर्सोट ५ तारे स्तरको हुने उल्लेख छ।

चन्द्रागिरी हिल्स प्रालिले वातावरण मन्त्रालयबाट स्वीकृत गराएको इआइए प्रतिवेदन भने नेपाल इन्भारोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेजले सन् २०१२ मा तयार पारेको थियो। प्रतिवेदनमा रिसोर्टका लागि निर्माण हुने कटेजहरु शुन्य दशमलब ७० हेक्टरमा फैलिने उल्लेख छ।

यसैगरी इआइएमा प्रतिवेदनमा केबलकार ०.६०, टप स्टेसन ०.३, सेमिनार हल ०.३, भ्यू-टावर ०.०५, बगैँचा ०.१०, फनपार्क ०.४०, रेष्टुरेन्ट ०.५०, आन्तरिक बाटो ०.५०, पदयात्रा मार्ग ०.५० र अन्य संरचना ०.९५ हेक्टरमा गरी कूल ५ हेक्टरभित्र संरचना निर्माण गरिने उल्लेख छ। प्रालिले सरकारसँग लिएको ३६ हेक्टरमा ३१ हेक्टर भने बनेकै रुपमा राख्ने गरी इआइए स्वीकृत भएको छ।

चन्द्रगिरी हिल्स प्रालिले बनाएका अवैध संरचना सम्बन्धमा यसअघि प्रकाशन गरिएका विशेष सामाग्री :

चन्द्रागिरीमा अवैधानिक संरचना बनाउने ढकाललाई कारबाही होला? यस्तो छ कानुनी प्रावधान

चन्द्रागिरीमा रिसोर्टको अवैधानिक संरचना बनाउँदै व्यवसायी चन्द्र ढकाल

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
२७ सहसचिवको सरुवा : को कहाँ पुगे ? सोमबार, भदौ ८, २०८३
ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो सोमबार, भदौ ८, २०८३
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
आज पनि बढ्यो सुनको मूल्य सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
होस्टलमा युवक हत्या प्रकरण : सञ्चालकसहित तीन जना पक्राउ आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्