काठमाडौँ – काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्वतको महाशिला गाउँपालिका(१ का सुमनप्रसाद अधिकारीको उपचारका क्रममा सोमबारनै मृत्यु भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, सोमबार बिहान गोपीकृष्ण पुलबाट चाबहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२–०५३–१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।