• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बिहीबार दिनभरका प्रमुख समाचार (नेपाल लाइभ डायरी- २०७८ वैशाख १६)

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १६, २०७८  २३:१४
1140x725

काठमाडौं- बिहीबार नेपाल लाइभमा कोरोना भाइरससँग जोडिएका सामग्रीहरुले नै प्रथामिकता पाए। नेपालमा बिहीबार कोरोना संक्रमणको दर पनि हालसम्मकै उच्च देखिएको, निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकामा देखिएका दृश्यलाई पनि हामीले समेट्यौं।

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार,  दीपक मनाङे भनेर चिनिएका राजीव गुरुङ मन्त्री नियुक्त भएका, त्यति गर्दा पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सत्ता संकट टरिनसकेको लगायतका विषयले पनि आज प्राथमिकता पाए। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर पनि मन्त्री भएका जसपाका चार सांसद पदमुक्त भएकादेखि बालयौन दुराचारका लागि नेपाल आइरहने अमेरिकी नागरिक  मिचेल नर्म्यान टेलरबारे अमेरिकाकै एचएसआई गरेको खुलासा पनि प्राथमिकताका साथ प्रकाशित भयो। बिहीबार नेपाल लाइभमा प्रकाशित केही मुख्य समाचारहरु यसप्रकार छन्:

नेपालमा कोरोना संक्रमण दर हालसम्मकै उच्च
कोरोना भाइरसको संक्रमणबाट ३५ जनाको मृत्यु भएको दिन नेपालमा बिहीबार कोरोना संक्रमणको दर पनि हालसम्मकै उच्च देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत २४ घण्टाभित्र पीसीआर परीक्षण गरिएकामध्ये ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। उक्त अवधिमा १२ हजार ५९७ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ८३१ जनामा संक्रमण पुष्टि भएको थियो। 

सम्बन्धित समाचार 

नेपालमा कोरोना संक्रमण दर हालसम्मकै उच्च, बिहीबार ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु

थप ४ हजार ८३१ जनामा कोरोना संक्रमण

काठमाडाैं उपत्यकामा १५६१ काेराेना संक्रमित थपिए

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा कोरोना संक्रमण दर हालसम्मकै उच्च, बिहीबार ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि

कैलाली र कञ्चनपुरमा एकैदिन सात जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेशमा हालसम्म कति स्वास्थ्यकर्मी संक्रमित?, यस्तो छ जिल्लागत विवरण

पूर्वरानी कोमल शाह आईसीयूमा

कर्णालीमा कोरोना सङ्क्रमितको दर तीव्ररुपमा बढ्दै, अस्पताल भरिभराउ

निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकामा जे देखियो 
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ। बिहीबारदेखि जारी निषेधाज्ञाका कारण उपत्यकाका सडक दिनभर सुनसानप्राय: रहे। कोलाहलपूर्ण उपत्यकामा बिहीबार सामान्य चहलपहल मात्रै देखिन्थ्यो। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आजदेखि गरेको निषेधाज्ञा दुई हप्तासम्म जारी रहनेछ।

सम्बन्धित समाचार 

यस्तो छ निषेधाज्ञा शुरू भएपछिको काठमाडौं [भिडियो/तस्वीरहरू]

निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकामा जे देखियो [तस्वीरहरू]
निषेधाज्ञा लागु भएका जिल्लामा बैंक दैनिक ४ घण्टामात्र खुल्ने
बिहीबारदेखि निषेधाज्ञा लागु भएका जिल्लामा बैंकहरु दैनिक चार घण्टा मात्र खुल्ने भएको छ। केन्द्रीय बैंक र बैंकरबीच बुधबार भएको सहमतिअनुसार काठमाडौं उपत्यकासहित निषेधाज्ञा लागु भएका करिब एक दर्जन जिल्लामा बिहान १० देखि दिउँसो २ बजेसम्म बैंक खुला रहने भएको हो।

सम्बन्धित समाचार 

निषेधाज्ञा लागु भएका जिल्लामा बैंक दैनिक ४ घण्टामात्र खुल्ने

निषेधाज्ञा अवधिभर सेयर कारोबार अनलाइनबाट मात्रै हुने

बैंकका सबै शाखा खुला रहन्छ : नेपाल बैंकर्स संघ 

 

काठमाडौं प्रशासनले मृत्यु संस्कार र अति जरुरी काम बाहेकका लागि पास वितरण नगर्ने
निषेधाज्ञाको समयमा पनि खाद्यान्न विक्री गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी 

बालयौन दुराचारका लागि अमेरिकादेखि नेपालसम्म
अमेरिकी नागरिक मिचेल नर्म्यान टेलर बालयौन दुराचारका लागि नेपाल आउने गरेको खुलेको छ। 
घुलमिल भयो। त्यसको केही दिनपछि ती बालकसहित थप दुई बालक पुनः पौडी खेल्न गए। 
२०७५ मा बालयौन दुराचार भएको भन्दै पीडित पक्षका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा मिचेलविरुद्ध जाहेरी दिएका थिए। तर, त्यतिञ्जेल मिचेलले नेपाल छाडिसकेका थिए। जाहेरी दिएको साढे दुई वर्षपछि उनै मिचेलले चौथोपटक नेपाल आए। र, उनी अन्तत: प्रहरीको फन्दामा परे।

सम्बन्धित समाचार 

बालयौन दुराचारका लागि नेपाल आइरहने मिचेलबारे अमेरिकाकै एचएसआई लेख्छ- 'नेपाली बालकसँग सम्पर्क गरिरहन्थे'

३५ किलो अफिमसहित भारतमा ६ नेपाली पक्राउ, १४ वर्षीय बालक पनि नियन्त्रणमा 

दीपक मनाङे गण्डकी प्रदेशको खेलकुदमन्त्री 
दीपक मनाङे नामले चिनिने राजीव गुरुङ गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन्। नरदेवी पुनले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालयलाई फुटाएर गुरुङलाई मन्त्री बनाइएको हो। उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। 

सम्बन्धित समाचार 

दीपक मनाङे गण्डकी प्रदेशको खेलकुदमन्त्री नियुक्त 

दीपक मनाङेको अपराधकर्मदेखि मन्त्रीसम्मको यात्रा

दीपक मनाङेले लिए मन्त्री पदको शपथ

मनाङेलाई मन्त्री बनाएपनि पुग्दैन पृथ्वीसुब्बालाई बहुमत 

लुम्बिनीमा मन्त्री बनेका जसपा सांसद्हरु पदमुक्त
शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपाका) चार सांसद पदमुक्त भएका छन्। बिहीबार प्रदेश सचिवालयले सूचना प्रकाशित गरेर उनीहरु पदमुक्त भएको जानकारी गराएको हो।

सम्बन्धित समाचार 

लुम्बिनीमा मन्त्री बनेका जसपा सांसद्हरु पदमुक्त

चार प्रदेश सांसद पदमुक्त भएसँगै महन्थको पत्र- कारबाही गरिएको छैन

जसपाका ४ सांसद हटाइएपछि लुम्बिनीमा एमालेको एकल बहुमत

सुवास नेम्वाङ भन्छन्– जसपाका अधिकांश माग सम्बोधन, सरकारमा सहभागी हुनेबारे सहमति भएको छैन  

राजेन्द्र महतोसँग अन्तर्वार्ता : उपेन्द्रजी जुन कारणले बाहिरिनुपर्‍यो, हामी त्यहीँ फर्कियौं

यी हुन् नेपालमा खिचिएका पुराना बलिउड फिल्म
नेपाल र बलिउडबीचको सम्बन्ध निकै घनिष्ठ छ। त्यसैले त बलिउडमा बनेका कयौं फिल्मले कतै नेपाल जोडेका छन् त धेरै फिल्म नेपालमै छायांकन गरिएका छन्। यो क्रम निरन्तर छ। कुनै ग्याङस्टरबारे फिल्म या सिरिज बनेको छ भने त त्यो नेपालबिना अपूरो नै हुन्छ। खुला सिमाना, मिल्दो भाषा र परम्पराका कारण भारतको आर्थिक, सामाजिक र राजनीतिक घटनाक्रमले नेपाललाई प्रत्यक्ष असर पार्छ। यो कुरा फिल्म या सिरिजमा पनि देखिन्छ।

सम्बन्धित समाचार 

यी हुन् नेपालमा खिचिएका पुराना बलिउड फिल्म 
 

कारबाही सांसदलाई, चोट व्यवस्थालाई
वैशाख ६ गते बसेको सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकको निर्णयअनुसार भोलिपल्ट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका २७ जना सांसदलाई स्पष्टीकरण सोधे। ओली उनीहरुलाई पदमुक्त गर्ने तयारीमा छन्। त्यसैबारे निर्णय गर्न उनले वैशाख १२ गते महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाएका थिए। तर, निर्णय भने हुन सकेन। पछिल्लो समय सत्तारुढ एमालेभित्र कारबाही श्रृंखला चलिरहेको छ। कारबाही सांसदलाई भएपनि चोट व्यवस्थालाई पुगिरहेको छ। 

सम्बन्धित समाचार 

कारबाही सांसदलाई, चोट व्यवस्थालाई 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
सम्बन्धित सामग्री
नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन आह्वान मन्त्रालयले आज एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन आह्वान गरेको हो । इच्छुक... शनिबार, वैशाख २६, २०८३
भारतीय छ लाखसहित दुई पक्राउ जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक... शनिबार, वैशाख २६, २०८३
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आ... शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु शनिबार, वैशाख २६, २०८३
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु शनिबार, वैशाख २६, २०८३
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल शनिबार, वैशाख २६, २०८३
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्