काठमाडौं– उपत्यकाका बिहीवारदेखि लागू भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्था बन्द नहुने भएका छन्।
निषेधाज्ञाको समयमा बैंकका कुनै पनि शाखा बन्द नहुने नेपाल बैंकर्स संघले बताएको छ। संघले बिहीबार विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय नियमित सञ्चालन हुने बताएको हो।
शाखा कार्यालय खुला भए पनि अत्यावाश्यक अवस्थामा बाहेक बैंक नआउन पनि संघले ग्राहकहरूलाई आग्रह गरेको छ।
बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा अत्याबश्यक कामबाहेक नआउन अनुरोध गरिएको संघको भनाइ छ। अनलाइनमार्फत कारोबार गर्न पनि संघले आग्रह गरेको छ।
संघले निषेधाज्ञाको समयमा पनि बैंकका शाखा तथा एटीएम खुला रहने भन्दै इन्टरनेटर मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्नसमेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।