काठमाडौं– नेपालमा थप ४ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टाको अवधिमा गरिएको आरटी–पीसीआर परीक्षणका क्रममा ४ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी १२ हजार ५९७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, एन्टिजेट परीक्षणका क्रममा ९७ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ९६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।