काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा उनीहरूको मृत्यु भएको हो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४८३१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।