• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

यी हुन् नेपालमा खिचिएका पुराना बलिउड फिल्म

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १६, २०७८  ०६:४४
1140x725

काठमाडौं- नेपाल र बलिउडबीचको सम्बन्ध निकै घनिष्ठ छ। त्यसैले त बलिउडमा बनेका कयौं फिल्मले कतै नेपाल जोडेका छन् त धेरै फिल्म नेपालमै छायांकन गरिएका छन्। यो क्रम निरन्तर छ।

कुनै ग्याङस्टरबारे फिल्म या सिरिज बनेको छ भने त त्यो नेपालबिना अपूरो नै हुन्छ। खुला सिमाना, मिल्दो भाषा र परम्पराका कारण भारतको आर्थिक, सामाजिक र राजनीतिक घटनाक्रमले नेपाललाई प्रत्यक्ष असर पार्छ। यो कुरा फिल्म या सिरिजमा पनि देखिन्छ।

केही महिनाअघि मात्रै नेपालमा छायांकन गरिएको साउथ इन्डियन फिल्म ‘दिल धडक-धडक’ युट्युबमा सार्वजनिक भयो। नेपालमा २०७२ सालमा आएको भूकम्पमा आधारित फिल्म दुई वर्षअघि छायांकन गरिएको थियो।

यहाँ ९० को दशकभन्दा अघि र पछि नेपालमा छायांकन गरिएका केही चर्चित बलिउड फिल्मका बारेमा चर्चा गरेका छौं।

जोनी मेरा नाम


सन् १९७० मा बनेको बलिउड फिल्म 'जोनी मेरा नाम' अपराध विधाको फिल्म हो।

पुलिस इन्स्पेक्टरका दुई छोरा छन्, मोहन र सोहन। यी दुवै बक्सिङ खेलमा पोख्त छन्। तर, गुन्डाहरूले सोहनका बाबु र दाइ मोहनलाई मारिदिन्छन्। वर्षौंपछि सोहन सीआईडीको पुलिस अफिसर बन्छ, दाइ र बाबुलाई मार्ने गुन्डासँग बदला लिन्छ।

उक्त फिल्म विजय आनन्दले लेखेका हुन्। फिल्ममा लेखक तथा निर्देशक विजय आनन्दका भाइ देव आनन्द र प्रानको मुख्य भूमिका छ। यीबाहेक फिल्ममा हेमा मालिनी, जीवन, प्रमानाथ लगायतको भूमिका देख्‍न सकिन्छ। यो फिल्मले ‘१८औं फिल्म फेयर अवार्ड’ समेत जितेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

हरे राम हरे कृष्ण


नेपालमा खिचिएको अर्को चर्चित फिल्मको नाम हो ‘हरे राम हरे कृष्ण’। अन्तर्राष्ट्रिय हरेराम मुभमेन्टको समयको कथा फिल्ममा समेटिएको छ।

यस फिल्ममा बाबु र आमा बिछोडिएको लामो समयपछिको विषय उठाइएको छ। आमाबाबुको बिछोड भएपछि बाबु नेपालको काठमाडौं आउँछन् र यतै नयाँ घरबार गरेर बस्छन्। यही बाबुछोराको मिलन, सौतेनी आमाको टोकेसो र नेपालमा बसेको त्यो समयको हिप्पी संस्कृतिलाई फिल्ममा समेटिएको छ।

चर्चित नायक देवानन्दले अभिनयका साथै फिल्म लेखन तथा निर्देशन गरेका थिए। साथै, उनैले पैसा लगानी गरेर फिल्म निर्माण पनि गरेका थिए। काठमाडौं घुम्न आउँदा देखेको दृश्यले प्रभावित भई फिल्मको कथा लेखेको देवानन्दले विभिन्‍न अन्तर्वार्तामा बताएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् १९७१ मा बनेको यो फिल्ममा देवानन्दका साथै जिनत अमान, मुमताज, प्रेम चोपडा लगायतका कलाकारको अभिनय देख्‍न सकिन्छ। निकै चर्चित गीतहरू कान्छा रे कान्छा रे, फुलोका तारोंका सबका केहेना हे, दम मारो दमसमेत यही फिल्ममा समावेश छन्।

महान


नेपालमा छायांकन गरिएका फिल्मको सूचीबाट हटाउनै नहुने अर्को फिल्मको नाम हो- महान। फिल्ममा अभिनेता अमिताभ बच्चनको तेहेरो भूमिका देख्‍न सकिन्छ। धेरै दृश्य नेपालमा खिचिएको फिल्ममा पशुपतिनाथ मन्दिरलाई बारम्बार हेर्न पाइन्छ।

फिल्ममा एक ड्रग्स माफियाले आफूलाई व्यवसायीको खोल ओडेर गैरकानुनी धन्दा गरेको देखाइएको छ। फिल्ममा अमिताभको भूमिका वकिल अमित र जुम्ल्याहा दाजुभाइ गुरू र पुलिस इन्स्पेक्टर शंकरको रूपमा देखाइएको छ। 

उक्त फिल्म छायांकनका समयमा अमिताभलाई हेर्न आउने भीडले सुटिङमै समस्यासमेत ल्याएको थियो। एमडी सुन्दरको लेखनमा एस रमानाधनले निर्देशन गरेको फिल्म महान अमिताभसँगै वाहेदा रहमान, प्रविन बावी, शक्ति कपुर, जन्‍नत अमन, अशोक कुमार लगायतको अभिनय छ।

प्यारमे दिल पे मार्दे गोली, आधी बाटो हो चुकी लगायतका गीत समावेश गरिएको यो फिल्म सन् १९८३ मा बनेको हो।

आँधी तुफान


अधिकांश दृश्य नेपालको भक्तपुरमा खिचिएको फिल्म ‘आँधी तुफान’ नेपालमा खिचिएको अर्को चर्चित फिल्म हो। सन् १९८५ मा बनेको यो फिल्ममा पनि ग्याङस्टरकै कथा देखाइएको छ। प्रहरी इन्स्पेक्टर रञ्‍जित सिंहलाई ग्याङस्टर बलवीरले मारेपछिको कथालाई फिल्ममा देखाइएको छ।

त्यो समयमा पनि यो फिल्मलाई पाँच करोड भारू लगानी गरिएको थियो।

बी सुवासले निर्देशन गरेको यो फिल्मलाई पहलाज निहालनीले निर्माण गरेका हुन्। फिल्ममा मिथुन चक्रबर्ती, डेनी डेन्जोम्पा, हेमा मालिनी, शत्रुघन सिन्हा, शशी कपुर, मिनाक्षी सेसादरीजस्ता कलाकारको अभिनय देख्‍न सकिन्छ। 

युद्ध


सर्वाधिक सफल मानिएको फिल्म ‘युद्ध’ पनि नेपालमै छायांकन गरिएको बलिउड फिल्म हो। सन् १९८५ मा प्रदर्शनमा आएको युद्धलाई राजिव रायले निर्देशन गरेका हुन्। गुलसान रायले फिल्ममा लगानी गरेका छन्।

यो फिल्ममा पनि बाबुलाई मारेपछि पुलिस इन्स्पेक्टर बनेर छोराले लिएको बदलालाई हेर्न सकिन्छ।

फिल्ममा चर्चित कलाकार ज्याकी श्राफ, डेनी डेन्जोङपा, अनिल कपुर, टिना मुनिम, नुतनलगायतको अभिनय देख्‍न सकिन्छ। 

खोज 


नेपालमा छायांकन गरिएको अर्को फिल्मको नाम हो- खोज। रहस्यमयी कथावस्तु रहेको खोज सन् १९८९ मा सार्वजनिक भएको बलिउड फिल्म हो। दक्षिण भारतीय फिल्मको ‘रिमेक’ गरिएको फिल्ममा रातारात श्रीमती हराएको कथा छ। 

फिल्मका पात्र रवि कपुर र उनकी श्रीमती अनिता छुट्टी मनाउन काठमाडौं आउँछन्। तर, रातारात अनिता हराउँछिन्। पछि अनिताका बाबुले छोरी आफूसँगै चर्चमा गएको सुनाउँछन् भने भेटिएकी अनिताजस्तै देखिने केटीले पनि तिम्री श्रीमती हैन भन्छिन्। फिल्म तिनै रहस्यमयी महिलाको कथा वरपर घुमेको छ।

केसु राम्सेले निर्देशन गरेको फिल्मलाई किरण राम्सेले निर्माण गरेका छन्। फिल्ममा कलाकार ऋषि कपुर, नसिरूद्धिन शाह, किमी काटकर, सतिश शाह, डेनी डेन्जोङपा लगायतको अभिनय देख्‍न सकिन्छ। 

खुदा गवा


काठमाडौंको कालिकास्थानलगायतका ठाउँमा खिचिएको फिल्म ‘खुदा गवा’ पनि त्यो समयको चर्चित फिल्म हो। फिल्ममा स्वर्गीय नायिका श्रीदेवीले दोहोरो भूमिका निर्वाह गरेकी छन्। 

फिल्ममा घोडा दौड प्रतियोगिता हुन्छ। त्यहाँ बादशाह खान पनि घोडा दौडमा सहभागी हुन्छन्, तर उनले त्यहाँ बेनजिरलाई देख्छन्। बेनजिरको सुन्दरताले बादशाह खान घोडाबाट खस्छन्, साथै बेनजिरसँग प्रेममा पनि पर्छन्। बेनजिरसँग बिहेको प्रस्ताव राख्दा उनले सर्त राख्छिन्। उनका बाबुका हत्यारा हविवुल्लाह भएको ठाउँमा पुर्‍याउने सर्त। त्यही सिलसिलामा फिल्मका कलाकारहरू नेपाल आइपुग्छन्। 

मुकुलेश आनन्दले निर्देशन गरेको फिल्मलाई नाजिर अहमद र मनोज देसाइले निर्माण गरेका छन्। फिल्ममा श्रीदेवीसँगै अमिताभ बच्चन, साउथ फिल्मका चर्चित अभिनेता नागर्जुन, डेनी डेन्जोङपालगायतको अभिनय देख्‍न सकिन्छ। 

सन् १९९२ मा प्रदर्शनमा आएको यो फिल्म १९३ मिनेटको छ।

बेकाबु


केही आतंकवादी समूह नेपालको जंगलमा तालिम लिइरहेका हुन्छन्। त्यही समयमा नेपालको हिमाली क्षेत्र घुम्न आएका पर्यटकको कथामा केन्द्रित छ फिल्म ‘बेकाबु’।

फिल्ममा पाटनका रमाइला दृश्यहरू समेत देख्‍न पाइन्छ। एन चन्द्रले निर्माण तथा निर्देशन गरेको फिल्म बेकाबुमा सञ्‍जय कपुर, ममता कुलकर्नीलगायतका कलाकारको अभिनय देख्‍न सकिन्छ। सन् १९९६ मा प्रदर्शनमा आएको बेकाबु रोमान्टिक विधाको फिल्म हो।

घरवाली बाहरवाली


डेविड धवनले निर्देशन गरेको फिल्म घरवाली बाहरवाली निकै रमाइलो फिल्म हो।

अरूण वर्मा श्रीमती मरेकी विदुर बाबु हुन्छन्। उनले नातीनातिनाका लागि छोरा हिरालालको बिहे काजलसँग गरिदिन्छन्। तर, दुःखको कुरा, काजल बच्चा जन्माउन सक्दिनन्। बाबु अरूण छोरा हिरालाललाई दोस्रो बिहे गर्न दबाब दिन्छन् तर छोरो मान्दैन।

घरको अशान्त वातावरण भुलाउन हिरालाल मिल्ने साथी जम्बोको साथमा नेपाल घुम्न आउँछन्। त्यसपछिको रमाइलो कथा फिल्ममा हेर्न पाइन्छ। फिल्ममा नेपाली भाषा पनि सुन्‍न पाइन्छ।

सन् १९९८ मा बनेको फिल्ममा ‘नेपालकी ठन्डी ठन्डी हावाओं मे’ बोलको गीतसमेत समावेश गरिएको छ। फिल्ममा अनिल कपुर, रविना टन्डन, रम्बालगायतको अभिनय हेर्न पाइन्छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उ... सोमबार, कात्तिक २, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्