• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

यी हुन् नेपालमा खिचिएका पुराना बलिउड फिल्म

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १६, २०७८  ०६:४४
1140x725

काठमाडौं- नेपाल र बलिउडबीचको सम्बन्ध निकै घनिष्ठ छ। त्यसैले त बलिउडमा बनेका कयौं फिल्मले कतै नेपाल जोडेका छन् त धेरै फिल्म नेपालमै छायांकन गरिएका छन्। यो क्रम निरन्तर छ।

कुनै ग्याङस्टरबारे फिल्म या सिरिज बनेको छ भने त त्यो नेपालबिना अपूरो नै हुन्छ। खुला सिमाना, मिल्दो भाषा र परम्पराका कारण भारतको आर्थिक, सामाजिक र राजनीतिक घटनाक्रमले नेपाललाई प्रत्यक्ष असर पार्छ। यो कुरा फिल्म या सिरिजमा पनि देखिन्छ।

केही महिनाअघि मात्रै नेपालमा छायांकन गरिएको साउथ इन्डियन फिल्म ‘दिल धडक-धडक’ युट्युबमा सार्वजनिक भयो। नेपालमा २०७२ सालमा आएको भूकम्पमा आधारित फिल्म दुई वर्षअघि छायांकन गरिएको थियो।

यहाँ ९० को दशकभन्दा अघि र पछि नेपालमा छायांकन गरिएका केही चर्चित बलिउड फिल्मका बारेमा चर्चा गरेका छौं।

जोनी मेरा नाम


सन् १९७० मा बनेको बलिउड फिल्म 'जोनी मेरा नाम' अपराध विधाको फिल्म हो।

पुलिस इन्स्पेक्टरका दुई छोरा छन्, मोहन र सोहन। यी दुवै बक्सिङ खेलमा पोख्त छन्। तर, गुन्डाहरूले सोहनका बाबु र दाइ मोहनलाई मारिदिन्छन्। वर्षौंपछि सोहन सीआईडीको पुलिस अफिसर बन्छ, दाइ र बाबुलाई मार्ने गुन्डासँग बदला लिन्छ।

उक्त फिल्म विजय आनन्दले लेखेका हुन्। फिल्ममा लेखक तथा निर्देशक विजय आनन्दका भाइ देव आनन्द र प्रानको मुख्य भूमिका छ। यीबाहेक फिल्ममा हेमा मालिनी, जीवन, प्रमानाथ लगायतको भूमिका देख्‍न सकिन्छ। यो फिल्मले ‘१८औं फिल्म फेयर अवार्ड’ समेत जितेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

हरे राम हरे कृष्ण


नेपालमा खिचिएको अर्को चर्चित फिल्मको नाम हो ‘हरे राम हरे कृष्ण’। अन्तर्राष्ट्रिय हरेराम मुभमेन्टको समयको कथा फिल्ममा समेटिएको छ।

यस फिल्ममा बाबु र आमा बिछोडिएको लामो समयपछिको विषय उठाइएको छ। आमाबाबुको बिछोड भएपछि बाबु नेपालको काठमाडौं आउँछन् र यतै नयाँ घरबार गरेर बस्छन्। यही बाबुछोराको मिलन, सौतेनी आमाको टोकेसो र नेपालमा बसेको त्यो समयको हिप्पी संस्कृतिलाई फिल्ममा समेटिएको छ।

चर्चित नायक देवानन्दले अभिनयका साथै फिल्म लेखन तथा निर्देशन गरेका थिए। साथै, उनैले पैसा लगानी गरेर फिल्म निर्माण पनि गरेका थिए। काठमाडौं घुम्न आउँदा देखेको दृश्यले प्रभावित भई फिल्मको कथा लेखेको देवानन्दले विभिन्‍न अन्तर्वार्तामा बताएका थिए।

सन् १९७१ मा बनेको यो फिल्ममा देवानन्दका साथै जिनत अमान, मुमताज, प्रेम चोपडा लगायतका कलाकारको अभिनय देख्‍न सकिन्छ। निकै चर्चित गीतहरू कान्छा रे कान्छा रे, फुलोका तारोंका सबका केहेना हे, दम मारो दमसमेत यही फिल्ममा समावेश छन्।

महान


नेपालमा छायांकन गरिएका फिल्मको सूचीबाट हटाउनै नहुने अर्को फिल्मको नाम हो- महान। फिल्ममा अभिनेता अमिताभ बच्चनको तेहेरो भूमिका देख्‍न सकिन्छ। धेरै दृश्य नेपालमा खिचिएको फिल्ममा पशुपतिनाथ मन्दिरलाई बारम्बार हेर्न पाइन्छ।

फिल्ममा एक ड्रग्स माफियाले आफूलाई व्यवसायीको खोल ओडेर गैरकानुनी धन्दा गरेको देखाइएको छ। फिल्ममा अमिताभको भूमिका वकिल अमित र जुम्ल्याहा दाजुभाइ गुरू र पुलिस इन्स्पेक्टर शंकरको रूपमा देखाइएको छ। 

उक्त फिल्म छायांकनका समयमा अमिताभलाई हेर्न आउने भीडले सुटिङमै समस्यासमेत ल्याएको थियो। एमडी सुन्दरको लेखनमा एस रमानाधनले निर्देशन गरेको फिल्म महान अमिताभसँगै वाहेदा रहमान, प्रविन बावी, शक्ति कपुर, जन्‍नत अमन, अशोक कुमार लगायतको अभिनय छ।

प्यारमे दिल पे मार्दे गोली, आधी बाटो हो चुकी लगायतका गीत समावेश गरिएको यो फिल्म सन् १९८३ मा बनेको हो।

आँधी तुफान


अधिकांश दृश्य नेपालको भक्तपुरमा खिचिएको फिल्म ‘आँधी तुफान’ नेपालमा खिचिएको अर्को चर्चित फिल्म हो। सन् १९८५ मा बनेको यो फिल्ममा पनि ग्याङस्टरकै कथा देखाइएको छ। प्रहरी इन्स्पेक्टर रञ्‍जित सिंहलाई ग्याङस्टर बलवीरले मारेपछिको कथालाई फिल्ममा देखाइएको छ।

त्यो समयमा पनि यो फिल्मलाई पाँच करोड भारू लगानी गरिएको थियो।

बी सुवासले निर्देशन गरेको यो फिल्मलाई पहलाज निहालनीले निर्माण गरेका हुन्। फिल्ममा मिथुन चक्रबर्ती, डेनी डेन्जोम्पा, हेमा मालिनी, शत्रुघन सिन्हा, शशी कपुर, मिनाक्षी सेसादरीजस्ता कलाकारको अभिनय देख्‍न सकिन्छ। 

युद्ध


सर्वाधिक सफल मानिएको फिल्म ‘युद्ध’ पनि नेपालमै छायांकन गरिएको बलिउड फिल्म हो। सन् १९८५ मा प्रदर्शनमा आएको युद्धलाई राजिव रायले निर्देशन गरेका हुन्। गुलसान रायले फिल्ममा लगानी गरेका छन्।

यो फिल्ममा पनि बाबुलाई मारेपछि पुलिस इन्स्पेक्टर बनेर छोराले लिएको बदलालाई हेर्न सकिन्छ।

फिल्ममा चर्चित कलाकार ज्याकी श्राफ, डेनी डेन्जोङपा, अनिल कपुर, टिना मुनिम, नुतनलगायतको अभिनय देख्‍न सकिन्छ। 

खोज 


नेपालमा छायांकन गरिएको अर्को फिल्मको नाम हो- खोज। रहस्यमयी कथावस्तु रहेको खोज सन् १९८९ मा सार्वजनिक भएको बलिउड फिल्म हो। दक्षिण भारतीय फिल्मको ‘रिमेक’ गरिएको फिल्ममा रातारात श्रीमती हराएको कथा छ। 

फिल्मका पात्र रवि कपुर र उनकी श्रीमती अनिता छुट्टी मनाउन काठमाडौं आउँछन्। तर, रातारात अनिता हराउँछिन्। पछि अनिताका बाबुले छोरी आफूसँगै चर्चमा गएको सुनाउँछन् भने भेटिएकी अनिताजस्तै देखिने केटीले पनि तिम्री श्रीमती हैन भन्छिन्। फिल्म तिनै रहस्यमयी महिलाको कथा वरपर घुमेको छ।

केसु राम्सेले निर्देशन गरेको फिल्मलाई किरण राम्सेले निर्माण गरेका छन्। फिल्ममा कलाकार ऋषि कपुर, नसिरूद्धिन शाह, किमी काटकर, सतिश शाह, डेनी डेन्जोङपा लगायतको अभिनय देख्‍न सकिन्छ। 

खुदा गवा


काठमाडौंको कालिकास्थानलगायतका ठाउँमा खिचिएको फिल्म ‘खुदा गवा’ पनि त्यो समयको चर्चित फिल्म हो। फिल्ममा स्वर्गीय नायिका श्रीदेवीले दोहोरो भूमिका निर्वाह गरेकी छन्। 

फिल्ममा घोडा दौड प्रतियोगिता हुन्छ। त्यहाँ बादशाह खान पनि घोडा दौडमा सहभागी हुन्छन्, तर उनले त्यहाँ बेनजिरलाई देख्छन्। बेनजिरको सुन्दरताले बादशाह खान घोडाबाट खस्छन्, साथै बेनजिरसँग प्रेममा पनि पर्छन्। बेनजिरसँग बिहेको प्रस्ताव राख्दा उनले सर्त राख्छिन्। उनका बाबुका हत्यारा हविवुल्लाह भएको ठाउँमा पुर्‍याउने सर्त। त्यही सिलसिलामा फिल्मका कलाकारहरू नेपाल आइपुग्छन्। 

मुकुलेश आनन्दले निर्देशन गरेको फिल्मलाई नाजिर अहमद र मनोज देसाइले निर्माण गरेका छन्। फिल्ममा श्रीदेवीसँगै अमिताभ बच्चन, साउथ फिल्मका चर्चित अभिनेता नागर्जुन, डेनी डेन्जोङपालगायतको अभिनय देख्‍न सकिन्छ। 

सन् १९९२ मा प्रदर्शनमा आएको यो फिल्म १९३ मिनेटको छ।

बेकाबु


केही आतंकवादी समूह नेपालको जंगलमा तालिम लिइरहेका हुन्छन्। त्यही समयमा नेपालको हिमाली क्षेत्र घुम्न आएका पर्यटकको कथामा केन्द्रित छ फिल्म ‘बेकाबु’।

फिल्ममा पाटनका रमाइला दृश्यहरू समेत देख्‍न पाइन्छ। एन चन्द्रले निर्माण तथा निर्देशन गरेको फिल्म बेकाबुमा सञ्‍जय कपुर, ममता कुलकर्नीलगायतका कलाकारको अभिनय देख्‍न सकिन्छ। सन् १९९६ मा प्रदर्शनमा आएको बेकाबु रोमान्टिक विधाको फिल्म हो।

घरवाली बाहरवाली


डेविड धवनले निर्देशन गरेको फिल्म घरवाली बाहरवाली निकै रमाइलो फिल्म हो।

अरूण वर्मा श्रीमती मरेकी विदुर बाबु हुन्छन्। उनले नातीनातिनाका लागि छोरा हिरालालको बिहे काजलसँग गरिदिन्छन्। तर, दुःखको कुरा, काजल बच्चा जन्माउन सक्दिनन्। बाबु अरूण छोरा हिरालाललाई दोस्रो बिहे गर्न दबाब दिन्छन् तर छोरो मान्दैन।

घरको अशान्त वातावरण भुलाउन हिरालाल मिल्ने साथी जम्बोको साथमा नेपाल घुम्न आउँछन्। त्यसपछिको रमाइलो कथा फिल्ममा हेर्न पाइन्छ। फिल्ममा नेपाली भाषा पनि सुन्‍न पाइन्छ।

सन् १९९८ मा बनेको फिल्ममा ‘नेपालकी ठन्डी ठन्डी हावाओं मे’ बोलको गीतसमेत समावेश गरिएको छ। फिल्ममा अनिल कपुर, रविना टन्डन, रम्बालगायतको अभिनय हेर्न पाइन्छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु शनिबार, वैशाख २६, २०८३
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु शनिबार, वैशाख २६, २०८३
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल शनिबार, वैशाख २६, २०८३
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्