• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ६, २०८३ Sun, Nov 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जब दशैंमै घट्यो फिल्मको कमाइ...

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १६, २०८३  १५:४५
1140x725

काठमाडौँ - दशैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दशैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका छन् ।

दशैँमा पारिवारिक माहोल हुने भएकाले परिवार नै दर्शक बनेर हल आउने र त्यसले सामान्य समयको तुलनामा व्यापार बढाउने अपेक्षाकै कारण गएको दशैँलाई लक्षित गर्दै टीका अगाडि तीन फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ प्रदर्शन भए भने टीकापछाडि ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ प्रदर्शनमा आयो ।

यी फिल्मको बक्सअफिस हेर्दा ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ ले १० करोड ७६ लाख ७३ हजार ७ सय १५ रुपैयाँको ग्रस कलेक्सन गरेको छ । उक्त फिल्मलाई कात्तिक १५ गते आइतबारसम्म ३ लाख ४६ हजार ४ सय २७ जना दर्शकले हेरिसकेको चलचित्र विकास बोर्डले तथ्यांक सार्वजनिक गरेको छ ।

यसका साथै ‘आ बाट आमा २’ ले सोही अवधिमा ६ करोड २४ लाख ७० हजार १ सय ३० रुपैयाँको व्यापार गरेको छ भने उक्त अवधिमा फिल्मको २ लाख १३ हजार १ सय ९४ वटा टिकट बिक्री भएका छन् । 

यस्तै, ‘छ माया छपक्कै २’ ले ३ करोड ३४ लाख ८४ हजार ४ सय ३५ र ‘१२ गाउँ २’ ले २ करोड २९ लाख ५७ हजार ९ सय ८६ रुपैयाँ कमाइ घरेलुबजारमा गरेको छ । यी सम्पूर्ण कमाइहरू फिल्म प्रदर्शन भएको मितिदेखि आइतबारसम्मको हो । यसपटक दशैँमा प्रदर्शन भएका फिल्म भन्दा पनि टीकाको भोलिपल्ट प्रदर्शन भएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ मा दर्शकको आकर्षण बढेको पाइएको छ ।

यी सबै फिल्म सिक्वेल वा सिरिजका रुपमा तयार भएका थिए । पहिलो भागले गरेको कमाइका आधारमा यी फिल्महरूले १० करोड माथिको न्यूनतम् कमाइ गर्नुपर्ने दबाब थियो । तर, दशैँ अगाडि दर्शकको उपस्थिति हलमा कम देखियो ।   

गत कात्तिक ६ गतेदेखि प्रदर्शन भएको ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले मिश्रित प्रतिक्रिया पाउँदा पनि दर्शकको आकर्षण बढेको पाईयो । फिल्मले सुरुआती दिनदेखि नै आक्रामक व्यापार गर्यो । फलतः नयाँ फिल्मले असर नगरे यसको यात्रा लामो नै देखिन्छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, विजय बराल, विपिन कार्की, बुद्धी तामाङ, पुस्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता राईले दर्शक पात्रसँग जोडिएको कारणले पनि पर्दामा सजिलै कनेक्ट भएको हुनसक्ने बताए ।

Ncell 2
Ncell 2
nimb
nimb

‘काजी पात्रलाई दर्शकले पर्दामा देख्न थाल्नुभएको १२ वर्ष पुगिसक्यो । हामी जस्तै दर्शकलाई पनि पात्रको माया लाग्छ होला, त्यसैले पर्दा भित्रको सुख दुःख पर्दा बाहिरसम्म आइपुग्छ’, उनले भने । यद्यपि आगामी शृंखला केही समयको अन्तरलमा मात्र आउने उनले बताए ।

‘हामी कबड्डी ६ अवश्य ल्याउँछौं, तर समय लाग्छ । किनकि काजीमा आएको परिवर्तनसँगै एउटा उमेरमा पुगेपछि उसको मनोविज्ञान कस्तो हुन्छ भन्ने जिज्ञासा मलाई पनि छ । यसपटक अलि परिपक्क देखाईएको छ, आगामी शृंखलामा परिवर्तित नै हुन्छ होला । काजी त्यो समयमा उमेर, मनोविज्ञानसँगै शारीरिक रुपमा पनि फरक हुन्छ’, उनले भने ।    

‘कबड्डी ५ : आफ्टर फाइनल म्याच’ बाहेक प्रदर्शन भएका अन्य फिल्मले ठीकठाक मात्र कमाइ गर्न सकेका छन् । ती फिल्मबारे सामाजिक सञ्जालमा कतै दर्शकको अपेक्षाअनुसार व्यापार नभएको चर्चा थियो भने कतै सुपरहिट भएको दाबीसमेत देखिएको थियो । आखिर यी तीन फिल्मको वास्तविक कमाइ कस्तो रह्यो त ?

अघिल्ला भागको सफलता, दशैँको लामो बिदा र सिक्वेलप्रति दर्शकको चासोका कारण तीनवटै फिल्मबाट राम्रो व्यापारको अपेक्षा गरिएको थियो । तर, सार्वजनिक तथ्यांकले अपेक्षालाई गलत सावित गरिदियो । चलचित्र विकास बोर्डले आज (सोमबार) सार्वजनिक गरेको आधिकारिक बक्सअफिस रिपोर्टले तीनवटै फिल्मको कमाइ अघिल्ला भागको तुलनामा कमजोर देखाएको छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बोर्डले सार्वजनिक गरेको रिपोर्टअनुसार, ‘आ बाट आमा २’ ले ६ करोड २४ लाख ७० हजार १ सय ३० रुपैयाँ मात्र कमाइ गरेको छ । जबकी यसको पहिलो भागले १३ करोड बढीको कमाइ गरेको थियो । फिल्मका निर्देशक चन्द्र पन्तले यसपटक दशैँमा फिल्मको भिडभाड भएकाले अघिल्लो सफलता दोहोरिने अपेक्षा नगरिएको बताए ।  

‘फिल्मको भिडभाडले पनि म मात्र नभई अन्यले पनि अघिल्लो भाग भन्दा बढी व्यापार गर्छ वा कमाउछु भन्ने सोच राखेको मलाई लाग्दैन । हाम्रो फिल्म राम्रो चल्छ भने अपेक्षा थियो, चलिरहेको पनि छ । किनकि एकल प्रदर्शन हुँदा हुने कमाइ, अन्यसँग भिड्दा कम नै हुन्छ’, निर्देशक पन्तले भने । उनले फिल्म चलाउनको लागि आफूले टिकेट नकिने पनि दाबी गरे ।

‘हामीले सञ्चारकर्मी, केहि शुभेच्छुक र आफन्तका लागि बढीमा डेढ लाखको टिकेट खरिद गर्यौं होला, त्यो बाहेक छैन । अहिले फिल्म प्रदर्शनको समयमा हल्ला हुनु स्वाभाविक नै हो तर हामीले त्यस्तो गरेका छैनौं’, उनले भने ।   

फिल्ममा पल शाह, विपना थापा, मलिका महत र आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ । यसको अघिल्लो भाग ‘आबाट आमा’ले १३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

पहिलो फिल्म ‘६ एकान ६’ देखि नै घरेलु दर्शकको माया र विश्वास कमाएका अभिनेता दीपकराज गिरी यसपटक अपेक्षा अनुसार सफल भएनन् । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार उनको फिल्मको कमाइ साढे तीन करोड पनि पुगेको छैन । 

जबकी उनका धेरै फिल्महरू ९ करोड बढी कमाइ गरेका छन् । त्यो दौडमा ‘छ माया छपक्कै २’ नपुग्ने लगभग तय नै भएको छ । 

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय छ।

यसको अघिल्लो भाग ‘छ माया छपक्कै’ले नौ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । पहिलो भागको व्यावसायिक सफलताका कारण सिक्वेलप्रति पनि दर्शकको चासो थियो । तर, सार्वजनिक रिपोर्टअनुसार फिल्मको अहिलेसम्मको कमाइ अघिल्लो भागको तुलनामा निकै कम छ, जसलाई अभिनेता गिरीले स्वीकार गरेका छन् ।

‘हाम्रो फिल्मले गर्ने व्यापार वा कमाइको तुलनामा सबै भन्दा कम्जोर छ माया छपक्कै २ देखिएको छ, यो सत्य हामीले स्वीकार्नै पर्छ । तर, हामीले दर्शकबाट समीक्षा भने निकै रामो पाएका छौँ । यद्यपि, व्यवसायिक रुपमा सफल भएका छौँ’, उनले भने ।  

उनले आफ्नो फिल्मको पछिल्लो व्यापारहरू हेर्दा यसपटक असफल भएको स्वीकार गरे । यद्यपि, एउटा सर्जकका हिसाबले दर्शकमार्फत पाएको प्रतिक्रियाले आफू उत्साहित भएको उनले बताए ।

‘फिल्म चल्दा जसरी मैले श्रेय पाउने गरेको छु, नचल्दा पनि यो मेरै जिम्मेवारी हो । यसपटक हास्यरस कम भयो भने प्रतिक्रिया पाएको छु, तर विषयगत रुपमा हामी अब्बल छौँ भन्ने पनि प्रतिक्रिया आएको छ । त्यसैले आगामी दशैंमा यसको तेस्रो भाग छ माया छपक्कै ३ लिएर आउने छु’, उनले भने ।

उनले आफ्नो एउटा फिल्म व्यवसायिक रुपमा सफल हुँदैमा सफल फिल्म ‘छक्का पञ्जा’ को शृंखला नल्याउने बताए । ‘ छ माया छपक्कै २’ को अधुरो कथालाई पुरा गर्न नयाँ शृंखला आगामी दशैँमा आउने उनले दाबी गरे ।   

विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ ले प्रदर्शन दशैँमा प्रदर्शनमा भएका फिल्म मध्ये निकै न्यून कमाइ गरेको छ । २ करोड २९ लाख ५७ हजार ९ सय ८६ रुपैयाँ मात्र कमाइ गरेपछि यो घरेलुबजार असफल भएको छ । किनकि यसको अघिल्लो भाग ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । फिल्ममा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी र सुनिल पोखरेललगायत कलाकारको अभिनय छ।

विसं २०८१ को दशैँमा तीन फिल्मले झन्डै ३९ करोड रुपैयाँको व्यापार गरेका थिए भने विसं २०८२ को दशैँमा त्यो १५ करोडमा सिमित भएको थियो । यस वर्षको दशैँलाई हेर्ने हो भने त्यो कमाइमा ह्रास नै आएको छ । कथा भन्दा पनि सिक्वेल वा सिरिजलाई कमाउने फिल्मका रुपमा हेर्ने, विदालाई लक्षित गर्दै प्रदर्शन घोषणा गरेर मात्र फिल्म छायांकनको तारतम्य मिलाउने, जबर्जस्ती कथा अगाडि बढाउने निर्माता तथा निर्देशकको शैलीले दशैँमा प्रदर्शन भएका फिल्महरूले दर्शकको साथ कम पाएको विश्लेषण फिल्मकर्मीहरूको छ ।

स्रोतः नेपाल न्यूज बैंक 

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह
कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित
बसन्तपुरको जग्गामा मूर्ति शिलान्यासप्रति ललितकला क्याम्पसको आपत्ति
सम्बन्धित सामग्री
नेपाली चलचित्रलाई प्राथमिकता दिने हललाई प्रोत्साहन गर्छौँ : अध्यक्ष पण्डित नेपाल चलचित्र संघको ५२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पण्डितले नेपाली चलचित्रको विकास र विस्तारमा चलचित्र प्रदर्शकहरू... शनिबार, मंसिर ५, २०८३
कलाकारको तिहार स्मरणः कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो कलाकारहरूका तिहार मनाउने तरिका र योजना फरक–फरक भए पनि उनीहरूका सम्झनामा बाल्यकालको देउसीभैलो, गाउँघरको रमाइलो र परिवारसँगको भेटघाट ज... मंगलबार, कात्तिक २४, २०८३
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना कोशी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
अयोध्या–जनकपुरधाम रेल : जनकपुरधाममा उत्साह आइतबार, मंसिर ६, २०८३
कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित आइतबार, मंसिर ६, २०८३
बसन्तपुरको जग्गामा मूर्ति शिलान्यासप्रति ललितकला क्याम्पसको आपत्ति आइतबार, मंसिर ६, २०८३
यूएईलाई हराउँदै नेपालले एसिया कपमा खोल्यो जितको खाता आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्रीले गरे स्वागत आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
विस्तृत शान्ति सम्झौताको २० वर्षः संक्रमणकालीन न्याय अझै अधुरो, पीडितले पाएनन् न्याय शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्