काठमाडौं– बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली चलाएको आरोप लागेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको अवस्थामा भारतको कोटा प्रहरीले पक्राउ गरेको छ।
बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा सिटी प्रहरीले सोमबार बिहान करिब साढे ११ बजे रेलवे स्टेसनबाट तीनै जनालाई पक्राउ गरेको हो।
कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल भाग्ने योजनामा रहेको बताएकी छन्। उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ।
प्रहरीले पक्राउ परेकाहरूबाट हालसम्म हतियार भने बरामद गर्न सकेको छैन।
आइतबार साँझ मुम्बईमा अज्ञात व्यक्तिहरूले टाइगर श्रफको कारमा गोली चलाएका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।