काठमाडौ - प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आज दुई वटा तस्विर भाइरल भएका छन् ।
उनले लुसीफरको गीतसहित आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको जुल्फीवाला फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । करिव सात घण्टाको अवधिमा राति ११
बजेसम्ममा उनको फोटोमा ५ लाख ६० हजार लाइक आएको छ । यस्तै ६६ लाख पाँच हजारले कमेन्ट गरेका छन भने तीन हजार तीन सय वटा सेयर भएको छ ।
सामाजिक सञ्जालमा उनकै कपी गर्दै फोटोहरु देखिएको छ ।
अर्कोतिर तिहारमा नाचेको तस्विर त्यतिकै भाइरल बनेको छ । सार्वजनिक फोटो र भिडियोमा उनी पूर्वाधार मन्त्री सुनिल लम्साल, सल्लाहकार असिम शाहलगायतका आफ्ना हितैषिहरुसँग नाचेको देखिन्छ ।
उनी कुटुमा कुटु सुपारी दाना बोलको गीतमा छमछमी नाचेको देखिन्छ । बालेनले मुख्य सल्लाहकार कुमार बेनको निवासमा पुगेर देउसी-भैलोमा नाचगान गरेका हुन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।