• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर २, २०८२ Tue, Nov 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ६, २०८०  १७:३६
1140x725

नमुछे आमा दहीमा टीका नछरे जमरा
दैवले गर्दा उठायो आमा आउँदिनँ फर्केर

दशैंको सदाबहार गीत हो यो। गाउँ-टोलमा फैलिएका एफएमहरुले यो गीत दोहोर्‍याई-तेहर्‍याई बजाइरहेका छन्। 

बितेका २५ वर्षमा यो गीत तीन पटक नै रेकर्ड भइसकेको छ। लोकगायक नारायण रायमाझीले आफ्नै स्वरमा पनि दोहोर्याडएर रेकर्ड गरिसकेका छन्।  उनले पहिलो पटक २०५५ सालम रेकर्ड गराए। त्यति सफल भएन। २०५८ सालमा कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रेकर्ड भएपछि भने चर्चित बन्यो। चर्चा प्राप्त गरेको उक्त गीतलाई दुई वर्षअघि रायमाझीले आफ्नो र रचना रिमालको स्वरमा फेरि रेकर्ड गराए। 

दशैंको अवसरमा सबैभन्दा धेरै घन्किएको आवाज भने कृष्णभक्त राईको नै हो। यो गीत नारायणका दाइ स्वर्गीय लक्ष्मण रायमाझीले 'कारगिल' युद्धमा घाइते सिपाहीको मनोभावना समेटेर गीत लेखेका थिए। विदेशी भूमिको युद्ध मैदानमा ज्यान गुमाउन आँटेको एक जना लाहुरेको दशैँ सम्झना बिलौना हो यो गीत। 

माओवादी युद्धको समयमा फेरि रेकर्ड भएर आयो। उक्त युद्धका कारण घर आउन नपाएका सेना, प्रहरी र माओवादीमा रहेका आफन्तको पीडाका रुपमा आत्मसात गरे। राईले आधुनिक शैलीमा गाएपछि देशव्यापी बन्यो। युद्धले सहज घर-परदेश गर्न सजिलो नभएको त्यो समयमा यो गीतले आमजनलाई थप भावुक बनायो।

Ncell 2
Ncell 2

गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्युको खबरले मेरा दाइ लक्ष्मणलाई निकै भावुक बनाउँथ्यो,’ यो गीतका संगीतकार नारायण रायमाझीले गीतबारे बताउँदै केही वर्षअघि भनेका थिए।

त्यसपछि कारगिलको लडाइँबाट फर्किएको लाहुरेको खोजीमा लागेका लक्ष्मणले उनीहरुसँग ठाउँ, लडाइँ र अवस्थाबारे जानकारी लिएपछि उनले यो गीत लेखेका हुन्। एउटा लाहुरेको वृत्तान्त समेटिएको क्यासेट निकाले लक्ष्मणले। उनलाई साथ दिए लोक गायनमा जमेका भाइ नारायणले। लक्ष्मणको रचना र नारायणको स्वर र संगीतमा लोकगीतको एल्बम ‘कारगिल’ निस्क्यो। तर ‘नमुछे आमा दहीमा टीका’ले त्यो बेला उति चर्चा पाएन।

नारायणसँग वाद्यवादन गर्ने र आधुनिक गीत गाउने कृष्णभक्त राईलाई यो गीत असाध्यै मन परेको थियो। लोक लयमा गाइएको यो गीत आधुनिकसँग पनि मिल्दो लागेर कृष्णभक्त गुनगुनाउन थाले। ‘मेरो स्वरमा यो गीत सुनेपछि नारायण सरलाई सबै खालका स्रोताले रुचाउने गीत बन्छ जस्तो लागेछ,’ कृष्णभक्तले केही समयअघि गीतबारे भनेका थिए। 

नारायणले आधुनिक गीतजस्तै संगीत गरे फेरि र २०५७ सालमा आधुनिक गीतका रुपमा यो गीतको पुनः रेकर्ड भयो। दुईटा एल्बम निकालिसकेका कृष्णभक्त गायनमा जम्न सकिरहेका थिएनन्। ‘यही गीतले मेरो करिअरलाई कायापलट गरिदियो,’ कृष्णभक्त भन्छन्। 

दृष्य हिसाबले पनि यसमा तीन वटा परिकल्पना भइसकेका छन्। अडियोको समयमा निस्किएको गीतले सुरुमा 'कारगिल' नै परिकल्पना गरायो। दोस्रो पल्ट भिडियो बनाउँदा प्रष्ट खुलेन तर युद्ध लड्न गइरहेका लाहुरेकै परिकल्पना थियो। आमजनले भने माओवादी युद्धसँग आफूलाई एकाकार गराएर यसलाई ग्रहण गरे। 

दुई वर्षअघि फेरि गीत रेकर्ड गराएर भिडियो बनाइयो। लोकप्रियताका हिसाबले भिडियोलाई लाइभ गायनले उछिनेको छ। तर भिडियोमा भने खाडी मुलुकतिरको युवालाई उसको कम्पनीले मालिकले ज्यान मारेको झुटो अभियोगमा जेल पुर्‍याएको दृश्य देखाइएको छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो
राष्ट्रिय परिचयपत्रले बढायो मतदाता
सम्बन्धित सामग्री
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
बाबाकाे सम्मानमा बालसंसारले ल्यायाे नयाँ बालगीत यस बालगीतको रचना ललिता ‘दोषी’ले गरेकी हुन् भने स्वर अनमोल सेवाले दिएका छन्। कक्षा सातमा अध्ययनरत अनमाेलले आफूलाई बालगायकका रूपमा स्थ... सोमबार, भदौ २, २०८२
ताजा समाचारसबै
राष्ट्रिय परिचयपत्रको वेबसाइट ह्याक मंगलबार, मंसिर २, २०८२
सुनको मूल्य ३ हजार ८०० रुपैयाँ घट्यो मंगलबार, मंसिर २, २०८२
राष्ट्रिय परिचयपत्रले बढायो मतदाता मंगलबार, मंसिर २, २०८२
मतदाता नामावलीसम्बन्धी सूचना सुरक्षित रहेको निर्वाचन आयोगको दाबी मंगलबार, मंसिर २, २०८२
जेनजी आन्दोलनमा तोडफोड गर्ने थप पाँच जना पक्राउ मंगलबार, मंसिर २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
जनकपुरविरुद्ध टस जित्दै काठमान्डुले फिल्डिङ रोज्यो सोमबार, मंसिर १, २०८२
एनपीएल : उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरमाथि काठमाण्डू पाँच विकेटले विजयी सोमबार, मंसिर १, २०८२
मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृत्यु सोमबार, मंसिर १, २०८२
शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर सोमबार, मंसिर १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्