काठमाडौं– लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका जनता समाजावादी पार्टी (जसपा)का सांसद्हरु पदमुक्त भएपनि मुख्यमन्त्री शंकर पोखरेल भने बहुमतमै छन्।
चार जना जसपा सांसदहरु कारबाहीमा परेर फेरिएको संसदको गणितमा एमाले एक्लै बहुमतमा पुगेको हो।
सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, मुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट हटाइएका हुन्।
उनीहरु हटाइनुअघि लुम्बिनी प्रदेशमा कुल ८५ सांसद थिए। जसपाका चारजना हटेपछि लुम्बिनीमा जम्मा ८१ सांसद कायम छन्।
त्यसमा पनि एमालेसँग ४१ सांसद छन्। यसअनुसार लुम्बिनीमा एमाले एक्लै बहुमतमा पुगेको हो।
माओवादीका २० सांसदमा दुईजना एमालेमा प्रवेश गरेपछि पदमुक्त भएका थिए। दधिराम न्यौपाने र दिनेश पन्थी दल त्याग गरेका कारण प्रदेश सभा सदस्यबाट हटाइएका हुन्।
प्रदेशसभामा नेपाली कांग्रेसका १९ सांसद छन्। जसपाको ६ सांसद थिए। ४ जना हटाइएपछि दुईजना बाँकी रहेका छन् र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।