• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बालयौन दुराचारका लागि नेपाल आइरहने मिचेलबारे अमेरिकाकै एचएसआई लेख्छ- 'नेपाली बालकसँग सम्पर्क गरिरहन्थे'

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १६, २०७८  ०८:१२
1140x725

काठमाडौं- पोखरामा बस्दै आएका एक बालकको स्थानीय कोत्रे खोलामा पौडी खेल्ने क्रममा अमेरिकी नागरिक मिचेल नर्म्यान टेलरसँग घुलमिल भयो। त्यसको केही दिनपछि ती बालकसहित थप दुई बालक पुनः पौडी खेल्न गए। त्यसबेला पनि उनै अमेरिकी नागरिक मिचेलसँग भेट भयो। 

‘हामी चारै जना सँगै पौडी खेल्यौं। त्यसपछि मिचेलले नजिकैको रेष्टुरेन्टमा लगेर हामीलाई खाजा खुवाए। मेरो घर जाउँ भनि आफ्नो मोटरसाइकलमा राखी आफू बसेको कोठामा लगे’, प्रहरीले गराएको बालकको घटना विवरण कागजमा भनिएको छ, ‘त्यसपछि हामीमाथि अश्लिल हर्कत भयो। घर फर्किने बेला हामीलाई ५ सय पनि दिए।’ 

यो घटना थियो, २०७५ कात्तिक २० गतेको। बालकको बयानपछि बाल यौन दुराचार भएको भन्दै पीडित पक्षका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा मिचेलविरुद्ध जाहेरी दिए।

प्रहरीमा जाहेरी आउन्जेल मिचेलले नेपाल छाडिसकेका थिए। उनलाई पक्राउ गर्नु असम्भवप्रायः ठानेको थियो प्रहरीले। जाहेरी दिएको साढे दुई वर्षपछि उनै मिचेलले चौथोपटक नेपाल यात्रा गरे सन् २०२१ मार्च २ मा। यसअघि उनी २०१६, २०१८ र २०१९ मा नेपाल आइसकेका थिए।

चौथोपटक काठमाडौं आएपछि पुनः पोखरा पुगेका मिचेलले पहिले बसेको पोखराको विष्णु होमस्टे पुगे। जहाँ साढे दुई वर्ष पहिले तीन बालकलाई यौन दुराचार गरेको आरोप मिचेललाई लागेको थियो। त्यही होमस्टेबाट चैत १७ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मिचेललाई पक्राउ गर्‍यो। 

कास्की प्रहरीमा जाहेरी परेकाले अनुसन्धानका लागि मिचेललाई सीआईबीले कास्की प्रहरीको जिम्मा लगायो। उनै मिचेललाई मंगलबार कास्की जिल्ला अदालतले जेल पठाउने आदेश दिएको छ। 

जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले मिचेललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै उनलाई कास्की कारागार पठाइएको छ।

उनले बालकहरूलाई सँगै घुमाउने, रेष्टुरेन्टमा लगेर खाना-खाजा खुवाउने गर्थे। यसरी प्रलोभनमा पारेर मिचेलले यौन दुराचार गर्दै आएको आरोप लागेको छ। मिचेलले भने अदालतसमक्ष आफूलाई लागेको आरोप अस्वीकार गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

पछिल्लो पटक २०२१ मार्च २ मा अमेरिकाबाट काठमाडौं आई २ रात बसेको र त्यसपछि पोखरा गएको उनको बयान छ। 

तर, पीडित भनिएका तीनै जना बालकहरूलाई आफूले नचिनेको उनको दाबी छ। ‘मैले उनीहरूलाई चिन्दिनँ। मबाट आर्थिक प्रलोभन पाउने आशामा उक्त झुटा उजुरी दिइएको हो’, मिचेलले दिएको बयानमा उल्लेख छ।

त्यसैगरी, उक्त गेष्टहाउसको कोठाबाट प्रहरीले यौन शक्तिवर्द्धक औषधीहरू बरामद गरेको भन्दै मुचुल्कामा उल्लेख गरेको छ। प्रहरीले बरामद गरेका ती औषधीहरू यौन शक्तिवर्द्धक नरहेको मिचेलको दाबी छ। उनले भनेका छन्, ‘मेरो कोठाबाट बरामद भएका औषधीहरू उच्च रक्तचाप नियन्त्रण गर्ने, थाइराइड कम गर्ने तथा बुढोपनसँग जुध्ने औषधी हुन्।’

उता होमस्टे सञ्चालक विष्णुप्रसाद अधिकारीले मिचेल बालबालिकाहरूसँग घुलमिल भइरहने र होमस्टेमा ल्याउने गरेको बयान दिएका छन्। दुराचार भएको भनिएको दिन पनि उनीहरू बालकहरूसँगै होमस्टेमा बसेको अधिकारीको बयान छ।

मिचेलले इन्कारी बयान दिएपनि काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीलाई मार्च २३ मा पठाएको पत्रबाट भने अमेरिकाबाट नेपाल आउनुको उद्देश्य नै यौन दुराचार हुनसक्ने भनेर लेखेको छ।

मिचेल र उनको नेपाल यात्राको बारेमा 'होमल्याण्ड सेक्युरेटी इन्भेष्टिगेसन (एचएसआई) चाइल्ड एक्सप्लोइटेसन ग्रुप साउडियाओ, क्यालिफोर्नियालाई उदृत गर्दै  एम्बेसी'ले प्रहरी महानिरीक्षकलाई नै सम्बोधन गरेर लेखेको छ, ‘एचएसआईले गरेको अनुसन्धान अनुसार मिचेलले हालसालै धेरै नेपाली बालकहरूसँग नियमित सम्पर्क गर्ने गरेको देखियो। यसको कारण नेपाल भ्रमणमा रहेकाले उनीहरूलाई दुराचार गर्न सकियोस् भन्ने उद्देश्य पनि हुनसक्छ।’

उनले इन्कारी बयान दिएपनि यी प्रमाणको आधारमा उनी निर्दोष हुन् भन्ने अवस्था नरहेको भन्दै मिचेललाई पुर्पक्षका लागि कारागार पठाइएको छ।

मिचेललाई पुर्पक्षका लागि कारागार पठाउनुपूर्व अदालतबाट आफन्तसँग सम्पर्क गर्ने मौका दिइएको थियो। न्यायाधीश भट्टराईका अनुसार सरकारी वकिलसमेतको रोहबर र निगरानीमा अमेरिकास्थित परिवारलाई आफू पक्राउ पर्नुको कारणबारे मिचेलले जानकारी गराएका थिए। 

कारागारमा रहेका बेला समेत मिचेलले आफ्नो परिवारसँग सम्पर्क गर्न खोजेको अवस्थामा कारागार प्रशासनले उचित ठानेको माध्यमबाट सम्पर्क गराउने व्यवस्था मिलाउन समेत आदेशमा उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस् :

बाल यौन दुराचारका लागि अमेरिकादेखि नेपालसम्म, पक्राउ परे मिचेल

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल
‘दुर्गममा सञ्चार सेवाको पहुँच बढाउन १६ सय टावर निर्माण गर्छौँ’: सञ्चार मन्त्री तिमिल्सिना
सम्बन्धित सामग्री
राहदानी छपाइमा अनियमितता : थप दुई जना पक्राउ उनीहरूमाथि अनुसन्धान गर्न अख्तियारले विशेष अदालतबाट ३ दिनको म्याद लिएको छ । बुधबार, असार ३, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखा... बुधबार, असार ३, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले अपहरणमा परेका ती बालकको सकुशल उद्धार गरेको हो । मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं : भौतिकमन्त्री लम्साल बिहीबार, असार ४, २०८३
‘दुर्गममा सञ्चार सेवाको पहुँच बढाउन १६ सय टावर निर्माण गर्छौँ’: सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, असार ४, २०८३
हेलिकप्टरको दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्