• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

बालयौन दुराचारका लागि नेपाल आइरहने मिचेलबारे अमेरिकाकै एचएसआई लेख्छ- 'नेपाली बालकसँग सम्पर्क गरिरहन्थे'

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १६, २०७८  ०८:१२
1140x725

काठमाडौं- पोखरामा बस्दै आएका एक बालकको स्थानीय कोत्रे खोलामा पौडी खेल्ने क्रममा अमेरिकी नागरिक मिचेल नर्म्यान टेलरसँग घुलमिल भयो। त्यसको केही दिनपछि ती बालकसहित थप दुई बालक पुनः पौडी खेल्न गए। त्यसबेला पनि उनै अमेरिकी नागरिक मिचेलसँग भेट भयो। 

‘हामी चारै जना सँगै पौडी खेल्यौं। त्यसपछि मिचेलले नजिकैको रेष्टुरेन्टमा लगेर हामीलाई खाजा खुवाए। मेरो घर जाउँ भनि आफ्नो मोटरसाइकलमा राखी आफू बसेको कोठामा लगे’, प्रहरीले गराएको बालकको घटना विवरण कागजमा भनिएको छ, ‘त्यसपछि हामीमाथि अश्लिल हर्कत भयो। घर फर्किने बेला हामीलाई ५ सय पनि दिए।’ 

यो घटना थियो, २०७५ कात्तिक २० गतेको। बालकको बयानपछि बाल यौन दुराचार भएको भन्दै पीडित पक्षका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा मिचेलविरुद्ध जाहेरी दिए।

प्रहरीमा जाहेरी आउन्जेल मिचेलले नेपाल छाडिसकेका थिए। उनलाई पक्राउ गर्नु असम्भवप्रायः ठानेको थियो प्रहरीले। जाहेरी दिएको साढे दुई वर्षपछि उनै मिचेलले चौथोपटक नेपाल यात्रा गरे सन् २०२१ मार्च २ मा। यसअघि उनी २०१६, २०१८ र २०१९ मा नेपाल आइसकेका थिए।

चौथोपटक काठमाडौं आएपछि पुनः पोखरा पुगेका मिचेलले पहिले बसेको पोखराको विष्णु होमस्टे पुगे। जहाँ साढे दुई वर्ष पहिले तीन बालकलाई यौन दुराचार गरेको आरोप मिचेललाई लागेको थियो। त्यही होमस्टेबाट चैत १७ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मिचेललाई पक्राउ गर्‍यो। 

कास्की प्रहरीमा जाहेरी परेकाले अनुसन्धानका लागि मिचेललाई सीआईबीले कास्की प्रहरीको जिम्मा लगायो। उनै मिचेललाई मंगलबार कास्की जिल्ला अदालतले जेल पठाउने आदेश दिएको छ। 

जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले मिचेललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै उनलाई कास्की कारागार पठाइएको छ।

उनले बालकहरूलाई सँगै घुमाउने, रेष्टुरेन्टमा लगेर खाना-खाजा खुवाउने गर्थे। यसरी प्रलोभनमा पारेर मिचेलले यौन दुराचार गर्दै आएको आरोप लागेको छ। मिचेलले भने अदालतसमक्ष आफूलाई लागेको आरोप अस्वीकार गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो पटक २०२१ मार्च २ मा अमेरिकाबाट काठमाडौं आई २ रात बसेको र त्यसपछि पोखरा गएको उनको बयान छ। 

तर, पीडित भनिएका तीनै जना बालकहरूलाई आफूले नचिनेको उनको दाबी छ। ‘मैले उनीहरूलाई चिन्दिनँ। मबाट आर्थिक प्रलोभन पाउने आशामा उक्त झुटा उजुरी दिइएको हो’, मिचेलले दिएको बयानमा उल्लेख छ।

त्यसैगरी, उक्त गेष्टहाउसको कोठाबाट प्रहरीले यौन शक्तिवर्द्धक औषधीहरू बरामद गरेको भन्दै मुचुल्कामा उल्लेख गरेको छ। प्रहरीले बरामद गरेका ती औषधीहरू यौन शक्तिवर्द्धक नरहेको मिचेलको दाबी छ। उनले भनेका छन्, ‘मेरो कोठाबाट बरामद भएका औषधीहरू उच्च रक्तचाप नियन्त्रण गर्ने, थाइराइड कम गर्ने तथा बुढोपनसँग जुध्ने औषधी हुन्।’

उता होमस्टे सञ्चालक विष्णुप्रसाद अधिकारीले मिचेल बालबालिकाहरूसँग घुलमिल भइरहने र होमस्टेमा ल्याउने गरेको बयान दिएका छन्। दुराचार भएको भनिएको दिन पनि उनीहरू बालकहरूसँगै होमस्टेमा बसेको अधिकारीको बयान छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मिचेलले इन्कारी बयान दिएपनि काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीलाई मार्च २३ मा पठाएको पत्रबाट भने अमेरिकाबाट नेपाल आउनुको उद्देश्य नै यौन दुराचार हुनसक्ने भनेर लेखेको छ।

मिचेल र उनको नेपाल यात्राको बारेमा 'होमल्याण्ड सेक्युरेटी इन्भेष्टिगेसन (एचएसआई) चाइल्ड एक्सप्लोइटेसन ग्रुप साउडियाओ, क्यालिफोर्नियालाई उदृत गर्दै  एम्बेसी'ले प्रहरी महानिरीक्षकलाई नै सम्बोधन गरेर लेखेको छ, ‘एचएसआईले गरेको अनुसन्धान अनुसार मिचेलले हालसालै धेरै नेपाली बालकहरूसँग नियमित सम्पर्क गर्ने गरेको देखियो। यसको कारण नेपाल भ्रमणमा रहेकाले उनीहरूलाई दुराचार गर्न सकियोस् भन्ने उद्देश्य पनि हुनसक्छ।’

उनले इन्कारी बयान दिएपनि यी प्रमाणको आधारमा उनी निर्दोष हुन् भन्ने अवस्था नरहेको भन्दै मिचेललाई पुर्पक्षका लागि कारागार पठाइएको छ।

मिचेललाई पुर्पक्षका लागि कारागार पठाउनुपूर्व अदालतबाट आफन्तसँग सम्पर्क गर्ने मौका दिइएको थियो। न्यायाधीश भट्टराईका अनुसार सरकारी वकिलसमेतको रोहबर र निगरानीमा अमेरिकास्थित परिवारलाई आफू पक्राउ पर्नुको कारणबारे मिचेलले जानकारी गराएका थिए। 

कारागारमा रहेका बेला समेत मिचेलले आफ्नो परिवारसँग सम्पर्क गर्न खोजेको अवस्थामा कारागार प्रशासनले उचित ठानेको माध्यमबाट सम्पर्क गराउने व्यवस्था मिलाउन समेत आदेशमा उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस् :

बाल यौन दुराचारका लागि अमेरिकादेखि नेपालसम्म, पक्राउ परे मिचेल

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार दिउँसो इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित बुलबुल यादवको घरमा खानतलासी गर्दा ९१५ किलो ६८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रह... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्