काठमाडौं- बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।
अमेरिकी नागरिक मिचेल नम्र्यान टेलरलाई पोखराको सेदीस्थित एक होमस्टेबाट मंगलबार पक्राउ गरेको हो।
पक्राउ परेका ६६ वर्षीय मिचेललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइएको सिआइबीकी प्रवक्ता गंगा पन्तले बताइन्।
अमेरिकामा रहँदा नै बालयौन दुराचार गर्ने मनसायले नेपाल आएको अनुसन्धानबाट खुलेको छ।
मिचेल यसअघि सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको पाइएको छ। सन् २०१९ मा नेपाल आएको बेला मिचेलले तीन जना बालबालिकालाई बाल यौन दुराचार गरेको भन्दै पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।