काठमाडौं– पूर्वरानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ।
राजधानीको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व रानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनकोसमेत कमी देखिएपछि आईसीयूमा सारिएको अस्पताल स्रोतले जनाएको छ।
अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य समस्या भने देखिएको छैन।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन्। त्यस्तै पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य छ। उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन।
हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएपछि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।