काठमाडाैं- आजबाट निषेधाज्ञा लागु भएका जिल्लामा बैंकहरु दैनिक चार घण्टा मात्र खुल्ने भएको छ।
केन्द्रीय बैंक र बैंकरबीच बुधबार भएको सहमतिअनुसार काठमाडाैं उपत्यकासहित निषेधाज्ञा लागु भएका करिब एक दर्जन जिल्लामा बिहान १० देखि दिउँसो २ बजेसम्म बैंक खुला रहने भएको हो।
सहमतिअनुसार बैंकहरुले तोकिएको अवधिसम्म स्वास्थ्यका मापदण्ड पालना गर्दै सबै शाखा खुला राखेर सेवा दिनुपर्नेछ। बैंकहरुका एटीएम भने साविककै अवस्थामा खुल्ला रहनेछन्।
बैंकहरु दैनिक चार घण्टा खुल्ला रहने भए पनि सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न नेपाल बैंकर्स एसोसिएसनले आग्रह गरेको छ।
एसोसिएसनले अत्यावश्यक काममाबाहेक बैंकमा आएर भीडभाड नगर्न अपिल गरेको छ।
एटीमएम तथा मोबाइल/इन्टरनेट बैंकिङमार्फत कारोबार गरी संक्रमण नियन्त्रणमा सहयोग गर्न आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।