• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

अउडीको अवैध आयातमा सर्वोच्चको व्याख्या : प्रिन्साको 'नियत सफा' देखिएन

64x64
शिव बोहरा बिहीबार, चैत ५, २०७७  १८:२६
1140x725

काठमाडौं- विलासी कार निर्माता जर्मन कम्पनी अउडीका विद्युतीय कार अवैध रूपमा नेपालमा आयात गरिएको ठहर सर्वोच्च अदालतले गरेको छ। सर्वोच्चले २०७७ कात्तिक १८ गते गरेको फैसलाको पूर्णपाठमा अउडीका विद्युतीय कार नेपालमा अवैध रूपमा आयात भएको उल्लेख छ। फैसलाको पूर्णपाठ हालै आएको हो। 

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले गरेको फैसलामा आयातकर्ता प्रिन्सा अटोमोटिभ्स 'सफा हात लिएर अदालत आएको नदेखिएको' उल्लेख छ। प्रिन्साका रमेशकुमार जलानले भन्सारमा रोकिएका अउडीका विद्युतीय गाडी छुटाउन गरिएको माग कात्तिक १८ को आदेशले खारेज गरिदिएको थियो।

आफूले आयात गरेका कार सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सियाले छुटाउन नदिएको भन्दै असार २८ गते प्रिन्साले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। गत आवमा अउडी भित्र्याएकाले गत वर्षकै कर तिरेर गाडी छुटाउन पाउनुपर्नेसमेत प्रिन्साको माग थियो। 

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको आर्थिक ऐनमा निजी प्रयोजनका विद्युतीय कारमा करको दर बढाएको छ। अउडी अवैध रुपमा आयात गरी भन्सारमा थन्किएको बेला चालु आवको आर्थिक ऐनअनुसार बढेको भन्सार र अन्तःशुल्क तिरी कार छुटाउन भन्सारले प्रिन्सालाई भनेको थियो। तर प्रिन्साको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले रिट खारेज गरेको थियो।  

यो पनि पढ्नुहोस्

प्रिन्साले भित्र्याएको अउडी कार अवैध, जफत हुन सक्ने : आर्थिक ऐनबुधबार, असोज १, २०७६

गत आवको आर्थिक ऐनअनुसार निजी प्रयोजनका विद्युतीय कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था थियो। चालु आवको आर्थिक ऐनले भन्सार दरबन्दी ८० प्रतिशत (पछि ५० प्रतिशत छुट गरिएको) र अन्तशुल्क चाहिँ ब्याट्री क्षमताका आधारमा ३० देखि ८० प्रतिशत लाग्ने व्यवस्था गरेको थियो। तर असोजमा सरकारले अन्तशुल्कमा उल्लेख्य छुट दिएको थियो। 

प्रिन्सा अटोमोटिभ्सले पहिलो पटक २०७६ भदौमा ३ वटा विद्ययुतीय कार भित्र्याएको थियो। त्यसलगत्तै अन्य कम्पनीले पनि आधिकारिक बिक्रेता बिना नै विलासी कार आयात गर्न लागेको विषयमा नेपाल लाइभले समाचार लेखेको थियो। यो समाचार छापिएपछि भन्सार कार्यालयले आधिकारिक बिक्रेताको प्रमाणपत्र कडाइका साथ जाँच गर्न थालेको थियो।

यो पनि पढ्नुहोस्

अउडीको अवैध आयातकर्ता प्रिन्साको गाडी छुटाउने माग सर्वोच्चद्वारा खारेजमंगलबार, कात्तिक १८, २०७७

यसपछि प्रिन्साले दोस्रो लटमा ल्याएका अउडीका ३ वटा विद्युतीय कार भन्सारले माग गरेअनुसार आधिकारिक बिक्रेताको प्रमाण पेस गर्न नसक्दा २०७६ माघदेखि भन्सारमा नै रोकिएका थिए। सर्वोच्चले गरेको फैसलामा मुख्य आधार काजपत्र पेस गर्न नसक्नु नै भएको ठहर गरेको छ। 

सर्वोचच्को पूर्णपाठ आएसँगै प्रिन्साले ल्याएका अउडीका ३ वटा विद्ययुतीय कार छुटाउन आर्थिक ऐन २०७७ अनुसार भन्सार, अन्तःशुल्क, भ्याट र सडक मर्मत दस्तुर तिर्नुपर्ने भएको छ। त्यति मात्र नभई प्रिन्सा अटोमोटिभ्स अउडीको आधिकारिक बिक्रेता नभएकाले आर्थिक ऐन २०७७ को विशेष व्यवस्थाअनुसार थप ३० प्रतिशत जरिवानासमेत तिर्नुपर्ने भएको छ। यसपछि मात्र अउडीका ३ कार छुट्न पाउने भएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

टेस्ला र अउडीको आधिकारिक प्रमाणपत्र दिने कम्पनी एउटैबिहीबार, माघ १६, २०७६

सर्वोच्चको फैसालामा आयातकर्ताले आवश्यक कागजात पेस गर्न नसकेको, भन्सार नियमावलीअनुसार समय हुँदाहुँदै जाँचपास नगराएको, आर्थिक ऐन २०७७ अनुसार भन्सार कार्यालयले जानकारी गराएको अवस्थामा आयातकर्ता स्वयंले बेवास्ता गरेको उल्लेख छ। सोही आधारमा आयातकर्ताले गरेको मागदाबी बमोजिम आदेश जारी गरिरहनु नपरेको अदालतको फैसलामा भनिएको छ। 

प्रिन्साले २०७६ भदौमा पहिलोपटक ३ वटा अउडीका विद्ययुतीय कार नेपाल भित्र्याएको थियो। त्यसपछि प्रिन्साले दोस्रो लटमा ल्याएका ३ वटा विद्ययुतीय कार र अन्य कम्पनीका कार जाँचपास गराएको थिएन।

यो पनि पढ्नुहोस्

टेस्ला र अउडीको अवैध आयात : सर्वोच्चले श्रीमालाई वैधता दिँदा प्रिन्सालाई के भयो?सोमबार, मंसिर ८, २०७७

भन्सारले आयातकर्ताहरुलाई उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेता नियुक्त भएको सक्कल प्रमाण पेस गर्न भनेको थियो। तर ती कम्पनीहरूले सक्कल कागजात पेस गर्न सकेका थिएनन्।

कम्पनीहरुले वाणिज्य विभागमा दर्ता गरेको एजेन्सीलाई नै मुख्य कागजातका रुपमा पेस गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला छुटेपछि अउडी छुटाउन प्रिन्सा पुग्यो सर्वोच्चसोमबार, असार २९, २०७७

भन्सार ऐनअनुसार नेपालमा सवारी आयात गर्न उत्पादक कम्पनी वा कम्पनीले बिक्रीका लागि तोकेको तेस्रो पक्षबाट मात्र गाडी खरिद गरेर ल्याउन पाइने व्यवस्था छ। तर प्रिन्सा र श्रीमा डिस्ट्रिब्युसनले बेलायतको आयात/निर्यातकर्ता कम्पनी जेम्सन कार्टरबाट क्रमशः अउडी र टेस्लाका कार खरिद गरेर नेपाल भित्र्याएका थिए। 

भन्सार ऐनअनुसार अवैध रुपमा आयात भएको टेस्लाको विद्ययुतीय कार सर्वोच्च अदालतको सहारामा छुटेपछि प्रिन्साले पनि त्यही बाटो पच्छ्याएको थियो। तर प्रिन्साको भने असार २८ मा दायर भएको मुद्दा कात्तिक १८ गते आएर खारेज भएको थियो। 

यस्तो छ कानुनी व्यवस्था
नेपालको कानुनअनुसार उत्पादक कम्पनी वा कम्पनीले तोकेको एजेन्टमार्फत् मात्र खरिद गरेर ल्याउन पाइन्छ। त्यसरी नयाँ सवारी खरिद गरेर ल्याउने कम्पनी नेपालका लागि आधिकारिक बिक्रेतासमेत तोकिएको हुनुपर्छ।  

यो पनि पढ्नुहोस्

एउटै बाटोबाट आएका दुई कार : सर्वोच्चले टेस्ला छाड्यो, अउडी अड्कायोबिहीबार, साउन २९, २०७७

सरकारले २०७६/७७ का लागि ल्याएको आर्थिक विधेयको दफा १२ मा सवारीसाधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरेको छ। उक्त दफाको उपदफा १ मा सवारी वा ढुवानीका साधनहरु पैठारी गर्दा देहायका सर्तहरु पालना गर्नु पर्नेछ लेखिएको छ। 

जसको बुँदा 'क'मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताहरुले मात्र पैठारी गर्न पाउने छन्। 

त्यस्तै सोही उपदफाको बुँदा 'ङ'मा 'यस उपदफाको खण्ड 'क' वा खण्ड 'ख'मा उल्लेखित शर्तहरु उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरू जफत गर्न सकिने' उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस्

पहिलो पटक भित्रियो जर्मन विलासी कार अउडीसोमबार, साउन २०, २०७६

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्