• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

अउडीको अवैध आयातमा सर्वोच्चको व्याख्या : प्रिन्साको 'नियत सफा' देखिएन

64x64
शिव बोहरा बिहीबार, चैत ५, २०७७  १८:२६
1140x725

काठमाडौं- विलासी कार निर्माता जर्मन कम्पनी अउडीका विद्युतीय कार अवैध रूपमा नेपालमा आयात गरिएको ठहर सर्वोच्च अदालतले गरेको छ। सर्वोच्चले २०७७ कात्तिक १८ गते गरेको फैसलाको पूर्णपाठमा अउडीका विद्युतीय कार नेपालमा अवैध रूपमा आयात भएको उल्लेख छ। फैसलाको पूर्णपाठ हालै आएको हो। 

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले गरेको फैसलामा आयातकर्ता प्रिन्सा अटोमोटिभ्स 'सफा हात लिएर अदालत आएको नदेखिएको' उल्लेख छ। प्रिन्साका रमेशकुमार जलानले भन्सारमा रोकिएका अउडीका विद्युतीय गाडी छुटाउन गरिएको माग कात्तिक १८ को आदेशले खारेज गरिदिएको थियो।

आफूले आयात गरेका कार सुख्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सियाले छुटाउन नदिएको भन्दै असार २८ गते प्रिन्साले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। गत आवमा अउडी भित्र्याएकाले गत वर्षकै कर तिरेर गाडी छुटाउन पाउनुपर्नेसमेत प्रिन्साको माग थियो। 

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको आर्थिक ऐनमा निजी प्रयोजनका विद्युतीय कारमा करको दर बढाएको छ। अउडी अवैध रुपमा आयात गरी भन्सारमा थन्किएको बेला चालु आवको आर्थिक ऐनअनुसार बढेको भन्सार र अन्तःशुल्क तिरी कार छुटाउन भन्सारले प्रिन्सालाई भनेको थियो। तर प्रिन्साको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले रिट खारेज गरेको थियो।  

यो पनि पढ्नुहोस्

प्रिन्साले भित्र्याएको अउडी कार अवैध, जफत हुन सक्ने : आर्थिक ऐनबुधबार, असोज १, २०७६

गत आवको आर्थिक ऐनअनुसार निजी प्रयोजनका विद्युतीय कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था थियो। चालु आवको आर्थिक ऐनले भन्सार दरबन्दी ८० प्रतिशत (पछि ५० प्रतिशत छुट गरिएको) र अन्तशुल्क चाहिँ ब्याट्री क्षमताका आधारमा ३० देखि ८० प्रतिशत लाग्ने व्यवस्था गरेको थियो। तर असोजमा सरकारले अन्तशुल्कमा उल्लेख्य छुट दिएको थियो। 

प्रिन्सा अटोमोटिभ्सले पहिलो पटक २०७६ भदौमा ३ वटा विद्ययुतीय कार भित्र्याएको थियो। त्यसलगत्तै अन्य कम्पनीले पनि आधिकारिक बिक्रेता बिना नै विलासी कार आयात गर्न लागेको विषयमा नेपाल लाइभले समाचार लेखेको थियो। यो समाचार छापिएपछि भन्सार कार्यालयले आधिकारिक बिक्रेताको प्रमाणपत्र कडाइका साथ जाँच गर्न थालेको थियो।

यो पनि पढ्नुहोस्

अउडीको अवैध आयातकर्ता प्रिन्साको गाडी छुटाउने माग सर्वोच्चद्वारा खारेजमंगलबार, कात्तिक १८, २०७७

यसपछि प्रिन्साले दोस्रो लटमा ल्याएका अउडीका ३ वटा विद्युतीय कार भन्सारले माग गरेअनुसार आधिकारिक बिक्रेताको प्रमाण पेस गर्न नसक्दा २०७६ माघदेखि भन्सारमा नै रोकिएका थिए। सर्वोच्चले गरेको फैसलामा मुख्य आधार काजपत्र पेस गर्न नसक्नु नै भएको ठहर गरेको छ। 

सर्वोचच्को पूर्णपाठ आएसँगै प्रिन्साले ल्याएका अउडीका ३ वटा विद्ययुतीय कार छुटाउन आर्थिक ऐन २०७७ अनुसार भन्सार, अन्तःशुल्क, भ्याट र सडक मर्मत दस्तुर तिर्नुपर्ने भएको छ। त्यति मात्र नभई प्रिन्सा अटोमोटिभ्स अउडीको आधिकारिक बिक्रेता नभएकाले आर्थिक ऐन २०७७ को विशेष व्यवस्थाअनुसार थप ३० प्रतिशत जरिवानासमेत तिर्नुपर्ने भएको छ। यसपछि मात्र अउडीका ३ कार छुट्न पाउने भएका छन्। 

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

टेस्ला र अउडीको आधिकारिक प्रमाणपत्र दिने कम्पनी एउटैबिहीबार, माघ १६, २०७६

सर्वोच्चको फैसालामा आयातकर्ताले आवश्यक कागजात पेस गर्न नसकेको, भन्सार नियमावलीअनुसार समय हुँदाहुँदै जाँचपास नगराएको, आर्थिक ऐन २०७७ अनुसार भन्सार कार्यालयले जानकारी गराएको अवस्थामा आयातकर्ता स्वयंले बेवास्ता गरेको उल्लेख छ। सोही आधारमा आयातकर्ताले गरेको मागदाबी बमोजिम आदेश जारी गरिरहनु नपरेको अदालतको फैसलामा भनिएको छ। 

प्रिन्साले २०७६ भदौमा पहिलोपटक ३ वटा अउडीका विद्ययुतीय कार नेपाल भित्र्याएको थियो। त्यसपछि प्रिन्साले दोस्रो लटमा ल्याएका ३ वटा विद्ययुतीय कार र अन्य कम्पनीका कार जाँचपास गराएको थिएन।

यो पनि पढ्नुहोस्

टेस्ला र अउडीको अवैध आयात : सर्वोच्चले श्रीमालाई वैधता दिँदा प्रिन्सालाई के भयो?सोमबार, मंसिर ८, २०७७

भन्सारले आयातकर्ताहरुलाई उत्पादक कम्पनीबाट आधिकारिक बिक्रेता नियुक्त भएको सक्कल प्रमाण पेस गर्न भनेको थियो। तर ती कम्पनीहरूले सक्कल कागजात पेस गर्न सकेका थिएनन्।

कम्पनीहरुले वाणिज्य विभागमा दर्ता गरेको एजेन्सीलाई नै मुख्य कागजातका रुपमा पेस गरेका थिए। 

यो पनि पढ्नुहोस्

अवैध आयात भएको टेस्ला छुटेपछि अउडी छुटाउन प्रिन्सा पुग्यो सर्वोच्चसोमबार, असार २९, २०७७

भन्सार ऐनअनुसार नेपालमा सवारी आयात गर्न उत्पादक कम्पनी वा कम्पनीले बिक्रीका लागि तोकेको तेस्रो पक्षबाट मात्र गाडी खरिद गरेर ल्याउन पाइने व्यवस्था छ। तर प्रिन्सा र श्रीमा डिस्ट्रिब्युसनले बेलायतको आयात/निर्यातकर्ता कम्पनी जेम्सन कार्टरबाट क्रमशः अउडी र टेस्लाका कार खरिद गरेर नेपाल भित्र्याएका थिए। 

भन्सार ऐनअनुसार अवैध रुपमा आयात भएको टेस्लाको विद्ययुतीय कार सर्वोच्च अदालतको सहारामा छुटेपछि प्रिन्साले पनि त्यही बाटो पच्छ्याएको थियो। तर प्रिन्साको भने असार २८ मा दायर भएको मुद्दा कात्तिक १८ गते आएर खारेज भएको थियो। 

यस्तो छ कानुनी व्यवस्था
नेपालको कानुनअनुसार उत्पादक कम्पनी वा कम्पनीले तोकेको एजेन्टमार्फत् मात्र खरिद गरेर ल्याउन पाइन्छ। त्यसरी नयाँ सवारी खरिद गरेर ल्याउने कम्पनी नेपालका लागि आधिकारिक बिक्रेतासमेत तोकिएको हुनुपर्छ।  

यो पनि पढ्नुहोस्

एउटै बाटोबाट आएका दुई कार : सर्वोच्चले टेस्ला छाड्यो, अउडी अड्कायोबिहीबार, साउन २९, २०७७

सरकारले २०७६/७७ का लागि ल्याएको आर्थिक विधेयको दफा १२ मा सवारीसाधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरेको छ। उक्त दफाको उपदफा १ मा सवारी वा ढुवानीका साधनहरु पैठारी गर्दा देहायका सर्तहरु पालना गर्नु पर्नेछ लेखिएको छ। 

जसको बुँदा 'क'मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताहरुले मात्र पैठारी गर्न पाउने छन्। 

त्यस्तै सोही उपदफाको बुँदा 'ङ'मा 'यस उपदफाको खण्ड 'क' वा खण्ड 'ख'मा उल्लेखित शर्तहरु उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरू जफत गर्न सकिने' उल्लेख गरिएको छ।

यो पनि पढ्नुहोस्

पहिलो पटक भित्रियो जर्मन विलासी कार अउडीसोमबार, साउन २०, २०७६

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्