• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो

माटो परीक्षण र नक्सा डिजाइन गराएर जग्गा नदिन सिफारिस
64x64
शिव बोहरा आइतबार, चैत ८, २०७७  ०७:०६
1140x725

काठमाडौं- सरकारले साविक यातायात व्यवस्था कार्यालय मोटरसाइकल, बागमतीलाई आफ्नै जग्गामा भवन बनाएर सार्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा सतुंगलमा रहेको जग्गा नजिकै भाडामा कार्यालय सारियो। त्यतिबेलासम्म यातायात कार्यालयहरु संघीय मन्त्रालय मातहतमै थिए।

तर, त्यसको केही समयपछि संघीयता कार्यान्वयनमा आयो र संविधानअनुसार यातायातका सबै संरचना प्रदेश सरकार मातहत पुगे। ललितपुरको ताल्छिखेलमा भाडाको घरमा रहेको मोटरसाइकल कार्यालय २०७३ भदौमा सतुंगल सारिएको थियो। सतुंगलमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जग्गामा भवन निर्माण गरी स्थायी कार्यालय बनाउने उद्देश्यले त्यतिबेला भाडाकै घरमा सारिएको थियो, जुन आजपर्यन्त भाडामै छ। एउटै घरमा कार्यालय नअट्ने भएपछि भाडामा लिइएका ५/६ वटा घरमा राखिएको छ।

सेवाग्राहीले एकै ठाउँबाट नभई छरिएर रहेका घरमा रहेका कार्यालयबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ। निजी आवासका लागि बनाइएका घर भाडामा लिइएकाले त्यस्ता घर सेवाप्रवाहमैत्री नभएको गुनासो बारम्बार आउने गरेको थियो।

यस्तो अवस्थामा सञ्‍चालित कार्यालय सेवाग्राहीमैत्री भवन निर्माण गरेर सर्ने विषयमा यातायात व्यवस्था विभागले भाँजो हालेको पाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशले २०७७ मंसिर १६ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जग्गाको सहमति माग्दै पत्राचार गरेको थियो।

आफ्नै भवन निर्माण गरुन्जेल भाडामा बस्‍ने भन्दै सतुंगल पुगेको मोटरसाइकल कार्यालय विभागको उक्त रायसँगै सधैँका लागि भाडामै रहने अवस्था आएको छ।

Ncell 2
Ncell 2

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा दुई कित्तामा रहेको ३३ रोपनी नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नममा रहेको जग्गामा यातायात व्यवस्था विभागले माटो परीक्षण गरी नक्सा डिजाइनसमेत गरिसकेको छ। भौतिक पूर्वाधार  मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंले भोगचलन गरिरहेकाले सो जग्गा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ अनुसार मोटरसाइकल कार्यालयको नाममा जग्गा उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहमतिका लागि लेखी पठाउन मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ।

उक्त पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मंसिर १८ मा उक्त जग्गा उपलब्ध गराउनेबारे आवश्यक कारबाहीका लागि पठाएको थियो।

प्रधानमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालयको पत्र।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त पत्रबारे यातायात व्यवस्था विभागसँग राय मागेको थियो। तर, विभागले मंसिर २५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखालाई उपलब्ध गराएको रायमा मोटरसाइकल कार्यालयलाई उक्त जग्गा दिन नहुने भनिएको छ।

यस्तो छ विभागको राय
माथि उल्लेखित कित्ता जग्गा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा दर्ता कायम रहेको देखिँदा हालको संघीय संरचनाबमोजिम यातायात क्षेत्रसँग सम्बन्धित संघअन्तर्गत यातायात व्यवस्था विभाग र सवारी परीक्षण कार्यालयहरु रहेको, भावी दिनहरुमा यातायात क्षेत्रलाई अझ बढी प्रभावकारी एवं व्यवस्थित बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी मन्त्रालय वा विभागअन्तर्गतका निकायहरुको स्थापना तथा संरचना निर्माण गर्नुपर्ने अवस्था आउनसक्ने सम्भाव्यतालाई समेत ध्यान दिनुपर्ने हुन्छ। नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी यातायात प्राणालीको व्यवस्थापन र नियमनलाई प्रभावकारी बनाइने छ’ भन्‍ने उल्लेख भएको हुँदा सोसँग सम्बन्धित भौतिक संरचनाहरु साथै सरकारी लगानीसमेत रहेको भौतिक पूर्वाधार निर्माण कम्पनी प्रालिजस्ता संरचनाहरुको व्यवस्थापन कार्यलाई टेवा दिनुपर्ने विषय समेतलाई मध्यनजर गरी वर्तमान परिप्रेक्षमा उल्लेखित जग्गा अन्य निकायमा हस्तारन्तरण नगरी दर्तावाल मन्त्रालयकै नाममा राख्‍न उपयुक्त हुने।

यातायात व्यवस्था विभागको राय।

आफ्नै भवन निर्माण गरुन्जेल भाडामा बस्‍ने भन्दै सतुंगल पुगेको मोटरसाइकल कार्यालय विभागको उक्त रायसँगै सधैँका लागि भाडामै रहने अवस्था आएको छ। कार्यालय भाडामा रहने विषयभन्दा ५/६ वटा घरमा रहेको कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले नै झन्झट बेहोर्नुपर्ने छ।

वार्षिक करोडौं कर उठाउने कार्यालय सेवाग्राही मैत्री नभएको गुनासो आइरहेका बेला विभागको उक्त कार्यले मोटरसाइकल कार्यालयमा सेवा लिन जानेले अझै कति समय सास्ती बेहोर्नुपर्ने हो टुंगो छैन।

प्रदेश मन्त्रालयको निर्माणमा सहसचिवले नेतृत्व गरेको विभागको ‘निर्देशन’ हावी हुने अवस्थाले संघीय संरचनामाथि नै प्रश्न उब्जिएको छ। संविधानअनुसार यातायातसँग सम्बन्धित सम्पूर्ण काम प्रदेश सरकारले गर्ने व्यवस्था छ। तर, विभागले आफ्नो भूमिका प्रदेश सरकारकोभन्दा बढी रहेको देखाउन खोज्दा प्रदेश सरकारहरु नै असन्तुष्ट रहेका छन्।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शेरबहादुर देउवाले चुनाव नलड्ने मंगलबार, माघ ६, २०८२
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य मंगलबार, माघ ६, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्