• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो

माटो परीक्षण र नक्सा डिजाइन गराएर जग्गा नदिन सिफारिस
64x64
शिव बोहरा आइतबार, चैत ८, २०७७  ०७:०६
1140x725

काठमाडौं- सरकारले साविक यातायात व्यवस्था कार्यालय मोटरसाइकल, बागमतीलाई आफ्नै जग्गामा भवन बनाएर सार्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा सतुंगलमा रहेको जग्गा नजिकै भाडामा कार्यालय सारियो। त्यतिबेलासम्म यातायात कार्यालयहरु संघीय मन्त्रालय मातहतमै थिए।

तर, त्यसको केही समयपछि संघीयता कार्यान्वयनमा आयो र संविधानअनुसार यातायातका सबै संरचना प्रदेश सरकार मातहत पुगे। ललितपुरको ताल्छिखेलमा भाडाको घरमा रहेको मोटरसाइकल कार्यालय २०७३ भदौमा सतुंगल सारिएको थियो। सतुंगलमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जग्गामा भवन निर्माण गरी स्थायी कार्यालय बनाउने उद्देश्यले त्यतिबेला भाडाकै घरमा सारिएको थियो, जुन आजपर्यन्त भाडामै छ। एउटै घरमा कार्यालय नअट्ने भएपछि भाडामा लिइएका ५/६ वटा घरमा राखिएको छ।

सेवाग्राहीले एकै ठाउँबाट नभई छरिएर रहेका घरमा रहेका कार्यालयबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ। निजी आवासका लागि बनाइएका घर भाडामा लिइएकाले त्यस्ता घर सेवाप्रवाहमैत्री नभएको गुनासो बारम्बार आउने गरेको थियो।

यस्तो अवस्थामा सञ्‍चालित कार्यालय सेवाग्राहीमैत्री भवन निर्माण गरेर सर्ने विषयमा यातायात व्यवस्था विभागले भाँजो हालेको पाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशले २०७७ मंसिर १६ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जग्गाको सहमति माग्दै पत्राचार गरेको थियो।

आफ्नै भवन निर्माण गरुन्जेल भाडामा बस्‍ने भन्दै सतुंगल पुगेको मोटरसाइकल कार्यालय विभागको उक्त रायसँगै सधैँका लागि भाडामै रहने अवस्था आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा दुई कित्तामा रहेको ३३ रोपनी नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नममा रहेको जग्गामा यातायात व्यवस्था विभागले माटो परीक्षण गरी नक्सा डिजाइनसमेत गरिसकेको छ। भौतिक पूर्वाधार  मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौंले भोगचलन गरिरहेकाले सो जग्गा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७१ अनुसार मोटरसाइकल कार्यालयको नाममा जग्गा उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहमतिका लागि लेखी पठाउन मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रमा उल्लेख छ।

उक्त पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई मंसिर १८ मा उक्त जग्गा उपलब्ध गराउनेबारे आवश्यक कारबाहीका लागि पठाएको थियो।

प्रधानमन्त्री कार्यालय र मुख्यमन्त्री कार्यालयको पत्र।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त पत्रबारे यातायात व्यवस्था विभागसँग राय मागेको थियो। तर, विभागले मंसिर २५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखालाई उपलब्ध गराएको रायमा मोटरसाइकल कार्यालयलाई उक्त जग्गा दिन नहुने भनिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तो छ विभागको राय
माथि उल्लेखित कित्ता जग्गा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा दर्ता कायम रहेको देखिँदा हालको संघीय संरचनाबमोजिम यातायात क्षेत्रसँग सम्बन्धित संघअन्तर्गत यातायात व्यवस्था विभाग र सवारी परीक्षण कार्यालयहरु रहेको, भावी दिनहरुमा यातायात क्षेत्रलाई अझ बढी प्रभावकारी एवं व्यवस्थित बनाउनुपर्ने आवश्यकतालाई महसुस गरी मन्त्रालय वा विभागअन्तर्गतका निकायहरुको स्थापना तथा संरचना निर्माण गर्नुपर्ने अवस्था आउनसक्ने सम्भाव्यतालाई समेत ध्यान दिनुपर्ने हुन्छ। नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा ‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी यातायात प्राणालीको व्यवस्थापन र नियमनलाई प्रभावकारी बनाइने छ’ भन्‍ने उल्लेख भएको हुँदा सोसँग सम्बन्धित भौतिक संरचनाहरु साथै सरकारी लगानीसमेत रहेको भौतिक पूर्वाधार निर्माण कम्पनी प्रालिजस्ता संरचनाहरुको व्यवस्थापन कार्यलाई टेवा दिनुपर्ने विषय समेतलाई मध्यनजर गरी वर्तमान परिप्रेक्षमा उल्लेखित जग्गा अन्य निकायमा हस्तारन्तरण नगरी दर्तावाल मन्त्रालयकै नाममा राख्‍न उपयुक्त हुने।

यातायात व्यवस्था विभागको राय।

आफ्नै भवन निर्माण गरुन्जेल भाडामा बस्‍ने भन्दै सतुंगल पुगेको मोटरसाइकल कार्यालय विभागको उक्त रायसँगै सधैँका लागि भाडामै रहने अवस्था आएको छ। कार्यालय भाडामा रहने विषयभन्दा ५/६ वटा घरमा रहेको कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले नै झन्झट बेहोर्नुपर्ने छ।

वार्षिक करोडौं कर उठाउने कार्यालय सेवाग्राही मैत्री नभएको गुनासो आइरहेका बेला विभागको उक्त कार्यले मोटरसाइकल कार्यालयमा सेवा लिन जानेले अझै कति समय सास्ती बेहोर्नुपर्ने हो टुंगो छैन।

प्रदेश मन्त्रालयको निर्माणमा सहसचिवले नेतृत्व गरेको विभागको ‘निर्देशन’ हावी हुने अवस्थाले संघीय संरचनामाथि नै प्रश्न उब्जिएको छ। संविधानअनुसार यातायातसँग सम्बन्धित सम्पूर्ण काम प्रदेश सरकारले गर्ने व्यवस्था छ। तर, विभागले आफ्नो भूमिका प्रदेश सरकारकोभन्दा बढी रहेको देखाउन खोज्दा प्रदेश सरकारहरु नै असन्तुष्ट रहेका छन्।

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्