• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
कोभिड-१९ पछिको अर्थतन्त्र

लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै

रुग्ण आयोजनाको म्याद पुनः थप्‍नुपर्ने व्यवसायीको माग, सरकार भन्छ- एकमुष्ट म्याद थप आवश्यक छैन
64x64
शिव बोहरा शनिबार, चैत ७, २०७७  १२:२४
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण अन्य क्षेत्रजस्तै निर्माण क्षेत्र पनि पूर्णतः प्रभावित बन्यो। गत वर्ष चैत ११ गतेदेखि लागू भएको लकडाउनपछि निर्माण क्षेत्र ठप्प रह्यो। असारदेखि लकडाउन केही खुकुलो भएसँगै स्वास्थ्यका मापदण्ड पूरा गरेर केही काम हुन थाले।

तर, लगत्तै वर्षायाम सुरु हुँदा स्वाभाविक रुपमा पूर्वाधार विकासका काम पुनः रोकिए। त्यसयता कोरोना महामारीको अवस्था केही सहज बन्‍दै आएको भए पनि निर्माण कार्यले तत्काल अपेक्षाकृत गति लिन सकेन। चिसो माैसममा पिच (कालोपत्रे), ढलानलगायतका कार्य प्राय: गरिँदैन।

अहिले कोरोना महामारीको अवस्था सामान्य बनेको छ। चिसो समय पनि सकिएकोले काम गर्ने वातावरण बनेको छ। त्यसैले अब विस्तारै विकास निर्माणको कामले गति लिने विश्वास निर्माण व्यवसायी र सरकार दुवैको छ। निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले सडक कालोपत्रे गर्ने, पुल ढलान गर्नेलगायत सबै प्रकारका कामले गति लिन थालेको बताए।

सरकारले ठेक्का लागेका तर विभिन्‍न परिस्थितिका कारण काम हुन नसकेका आयोजना सक्ने उद्देश्यले २०७६ फागुनदेखि लागू हुनेगरी ती आयोजनाको समय एक वर्ष थप गरेको थियो। रुग्ण आयोजना सक्न सरकारले सार्वजनिक खरिद नियमावली नै संशोधन गरेर एकमुष्टमा करिब दुई हजार ८०० वटा आयोजनाको समय थपेको थियो। ‘हामी (व्यवसायी)ले सरकारलाई निरन्तर आग्रह गरेपछि रुग्ण आयोजनाको समय एकमुष्टमा थपिएको थियो,’ महासचिव दाहालले भने, ‘तर म्याद थप भएको महिना दिन नबित्दै कोरोना भाइरस महामारीका कारण सबै क्षेत्र ठप्प भयो।’

कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउन असारबाट केही खुकुलो भएपछि निर्माणको काम सुरु भए पनि वर्षायामले सबै क्षेत्रमा काम अघि बढ्न नसकेको उनको भनाइ छ। ‘हामीले सरकारलाई लकडाउनको अवधिलाई शून्य समय मानेर समय थपको निर्णय गर्न आग्रह गरेका हौं,’ दाहालले भने, ‘सरकारले हाम्रो आग्रहलाई सम्बोधन गरेन, तर केही सहज गरिदिएको छ।’

खरिद ऐनले नै ६ महिना समय थप गर्नसक्ने अधिकार आयोजना प्रमुखलाई दिएको छ। यस हिसाबले तत्काल सबै रुग्ण आयोजनाको एकमुष्टमा समय थप गर्न आवश्यक देखिँदैन।

तोकिएको समयमा निर्माण सम्पन्‍न नहुने समस्या समाधानका लागि रुग्ण आयोजनाको समय एकमुष्टमा थप गर्ने निर्णय सरकारले गरेको थियो। उक्त निर्णयअनुसार २०७६ फागुनदेखि लागू हुनेगरी रुग्ण आयोजनाको म्याद एक वर्ष थप भएको थियो। म्याद थपलगत्तै २०७६ चैत ११ देखि भएको लकडाउन, विभिन्‍न सयममा भएका निषेधाज्ञाले आयोजनाहरुको काम प्रभावित बन्‍न पुगेको थियो।

कोरोना महामारी केही मत्थर भएसँगै वर्षायाम र चाडपर्वका कारण काम हुन नसकेको व्यवसायीको भनाइ छ। निर्माण व्यवसायीले ती निर्माण आयोजनाको प्राविधिक पुस्ट्याइँका आधारमा आवश्यकतानुसार पुनः म्याद थप गर्न सरकारलाई आग्रह गरेका थिए।

Ncell 2
Ncell 2

सरकारले भने तत्काल सबै रुग्ण आयोजनाको एकमुष्ट म्याद थपको निर्णय हुने सम्भावना नरहेको जानकारी दिएको छ। एकमुष्टमा थपिएको समय सकिए पनि ६ महिना सम्बन्धित आयोजना प्रमुखले नै समय थप्‍नसक्ने व्यवस्था रहेकाले तत्काल एकैपटक सबैको समय थप्‍न जरुरी नदेखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए।

यो पनि पढ्नुहोस्

अर्थतन्त्रलाई नयाँ ट्र्याकमा अघि बढाउन नेतृत्वदायी भूमिका खोज्दै निजी क्षेत्रबिहीबार, चैत ५, २०७७

‘खरिद ऐनले नै ६ महिना समय थप गर्नसक्ने अधिकार आयोजना प्रमुखलाई दिएको छ,’ उनले भने, ‘यस हिसाबले तत्काल सबै रुग्ण आयोजनाको एकमुष्टमा समय थप गर्न आवश्यक देखिँदैन।’ अहिले अवस्था सहज बनिसकेका कारण निर्माण क्षेत्रका कामले अब गति लिने मन्त्रालयको विश्वास छ।

‘काम गर्न चाहने निर्माण व्यवसायीलाई आयोजना प्रमुखले नै ६ महिना म्याद थप गर्न सक्ने व्यवस्था छ। यसले कोभिडपछिको निर्माण कार्यमा सकारात्मक नतिजा आउने हाम्रो विश्वास छ,’ प्रवक्ता भट्टराईले भने। आयोजना प्रमुखले थपेको समय सकिए विभागस्तरबाट २५ प्रतिशत र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले ५० प्रतिशत समय थप गर्न पाउने व्यवस्था छ। यसले काम गर्न चाहने निर्माण व्यवासायीलाई सहजता नै प्रदान गर्ने उनको भनाइ छ।

एक हजारभन्दा बढी आयोजना समस्यामै
सरकारले पटक-पटक म्याद थप गरे पनि एक हजारभन्दा बढी आयोजना समस्यामै रहेका छन्। पुस-माघमा म्याद सकिएका आयोजनालाई म्याद थपले सहयोग पुगे पनि जेठ-असारतिर म्याद सकिएका आयोजना अप्ठ्यारोमा परेको महासंघको भनाइ छ। म्याद थपको निर्णय गर्दा दुई विषयलाई सम्बोधन गर्नुपर्ने व्यवसायीको भनाइ छ।

सरकारले बैंक ग्यारेन्टीको सहजीकरण र समय थपमा पहले गर्‍यो भने नयाँ तथा पुराना सबै आयोजनाको कामले तीव्रता पाउने महासचिव दाहालले बताए।

नयाँ आयोजनाहरुको कामसमेत सुरु भइसकेको छ। यस क्षेत्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायमै रहेको छ। निर्माण क्षेत्र जोखिमपूर्ण नै रहेकाले स्वास्थ्य मापदण्ड सधैँ पालना गर्नुपर्ने मन्त्रालयका प्रवक्ता भट्टराईले बताए। अहिले पहिलेजस्तो कडाइ नगरिए पनि स्वास्थ्य मापदण्ड सधैँ पालना गर्नुपर्ने विषय भएको उनको भनाइ छ। ‘सरकारले निर्माण कार्यका लागि आवश्यक पर्ने नीतिगत तथा व्यावहारिक विषयमा सहजता प्रदान गर्छ नै,’ उनले भने।

यता व्यवसायीहरुले भने स्वास्थ्य मापदण्ड पालनालगायत विषय र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले काममा केही बाधा परेको बताएका छन्। निर्माण सामग्रीमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा सरकारले पहल गरिदिनुपर्ने माग निर्माण व्यवसायी महासंघको छ।

यो पनि पढ्नुहोस्

रुग्ण आयोजनाको समय ६ महिना थप्न सकिने, तत्कालै एकमुष्ट समय भने नथपिनेसोमबार, फागुन २४, २०७७

केही परियोजनाका लागि विदेशबाट समेत कामदार ल्याउनुपर्ने भएकाले क्‍वारेन्टिनमा राख्नुपर्दा झन्झटिलो अवस्था कायमै रहेको महासंघका महासचिव दाहालले बताए। ‘कोरोना परीक्षण गरेको रिपोर्ट वा खोप लगाएको कामदारलाई क्‍वारेन्टिनमा बस्‍नु नपर्ने वा अन्य व्यवस्था गरेर काम गर्न जान पाउने अवस्था बनाउनुपर्छ,’ उनले भने।

निर्माण व्यवसायीहरुले काम सम्पन्‍न भइसकेका आयोजनाबाट समेत भुक्तानी पाउन नसकेको गुणासो गरेका छन्। सरकारले बैंक ग्यारेन्टीको सहजीकरण र समय थपमा पहले गर्‍यो भने नयाँ तथा पुराना सबै आयोजनाको कामले तीव्रता पाउने महासचिव दाहालले बताए। यसले सरकारको विकास खर्चमासमेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन कहाँ चुक्दैछ नेपाल?मंगलबार, चैत ३, २०७७

 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शेरबहादुर देउवाले चुनाव नलड्ने मंगलबार, माघ ६, २०८२
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य मंगलबार, माघ ६, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्