• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
कोभिड-१९ पछिको अर्थतन्त्र

लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै

रुग्ण आयोजनाको म्याद पुनः थप्‍नुपर्ने व्यवसायीको माग, सरकार भन्छ- एकमुष्ट म्याद थप आवश्यक छैन
64x64
शिव बोहरा शनिबार, चैत ७, २०७७  १२:२४
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण अन्य क्षेत्रजस्तै निर्माण क्षेत्र पनि पूर्णतः प्रभावित बन्यो। गत वर्ष चैत ११ गतेदेखि लागू भएको लकडाउनपछि निर्माण क्षेत्र ठप्प रह्यो। असारदेखि लकडाउन केही खुकुलो भएसँगै स्वास्थ्यका मापदण्ड पूरा गरेर केही काम हुन थाले।

तर, लगत्तै वर्षायाम सुरु हुँदा स्वाभाविक रुपमा पूर्वाधार विकासका काम पुनः रोकिए। त्यसयता कोरोना महामारीको अवस्था केही सहज बन्‍दै आएको भए पनि निर्माण कार्यले तत्काल अपेक्षाकृत गति लिन सकेन। चिसो माैसममा पिच (कालोपत्रे), ढलानलगायतका कार्य प्राय: गरिँदैन।

अहिले कोरोना महामारीको अवस्था सामान्य बनेको छ। चिसो समय पनि सकिएकोले काम गर्ने वातावरण बनेको छ। त्यसैले अब विस्तारै विकास निर्माणको कामले गति लिने विश्वास निर्माण व्यवसायी र सरकार दुवैको छ। निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले सडक कालोपत्रे गर्ने, पुल ढलान गर्नेलगायत सबै प्रकारका कामले गति लिन थालेको बताए।

सरकारले ठेक्का लागेका तर विभिन्‍न परिस्थितिका कारण काम हुन नसकेका आयोजना सक्ने उद्देश्यले २०७६ फागुनदेखि लागू हुनेगरी ती आयोजनाको समय एक वर्ष थप गरेको थियो। रुग्ण आयोजना सक्न सरकारले सार्वजनिक खरिद नियमावली नै संशोधन गरेर एकमुष्टमा करिब दुई हजार ८०० वटा आयोजनाको समय थपेको थियो। ‘हामी (व्यवसायी)ले सरकारलाई निरन्तर आग्रह गरेपछि रुग्ण आयोजनाको समय एकमुष्टमा थपिएको थियो,’ महासचिव दाहालले भने, ‘तर म्याद थप भएको महिना दिन नबित्दै कोरोना भाइरस महामारीका कारण सबै क्षेत्र ठप्प भयो।’

कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको लकडाउन असारबाट केही खुकुलो भएपछि निर्माणको काम सुरु भए पनि वर्षायामले सबै क्षेत्रमा काम अघि बढ्न नसकेको उनको भनाइ छ। ‘हामीले सरकारलाई लकडाउनको अवधिलाई शून्य समय मानेर समय थपको निर्णय गर्न आग्रह गरेका हौं,’ दाहालले भने, ‘सरकारले हाम्रो आग्रहलाई सम्बोधन गरेन, तर केही सहज गरिदिएको छ।’

खरिद ऐनले नै ६ महिना समय थप गर्नसक्ने अधिकार आयोजना प्रमुखलाई दिएको छ। यस हिसाबले तत्काल सबै रुग्ण आयोजनाको एकमुष्टमा समय थप गर्न आवश्यक देखिँदैन।

तोकिएको समयमा निर्माण सम्पन्‍न नहुने समस्या समाधानका लागि रुग्ण आयोजनाको समय एकमुष्टमा थप गर्ने निर्णय सरकारले गरेको थियो। उक्त निर्णयअनुसार २०७६ फागुनदेखि लागू हुनेगरी रुग्ण आयोजनाको म्याद एक वर्ष थप भएको थियो। म्याद थपलगत्तै २०७६ चैत ११ देखि भएको लकडाउन, विभिन्‍न सयममा भएका निषेधाज्ञाले आयोजनाहरुको काम प्रभावित बन्‍न पुगेको थियो।

कोरोना महामारी केही मत्थर भएसँगै वर्षायाम र चाडपर्वका कारण काम हुन नसकेको व्यवसायीको भनाइ छ। निर्माण व्यवसायीले ती निर्माण आयोजनाको प्राविधिक पुस्ट्याइँका आधारमा आवश्यकतानुसार पुनः म्याद थप गर्न सरकारलाई आग्रह गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले भने तत्काल सबै रुग्ण आयोजनाको एकमुष्ट म्याद थपको निर्णय हुने सम्भावना नरहेको जानकारी दिएको छ। एकमुष्टमा थपिएको समय सकिए पनि ६ महिना सम्बन्धित आयोजना प्रमुखले नै समय थप्‍नसक्ने व्यवस्था रहेकाले तत्काल एकैपटक सबैको समय थप्‍न जरुरी नदेखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए।

यो पनि पढ्नुहोस्

अर्थतन्त्रलाई नयाँ ट्र्याकमा अघि बढाउन नेतृत्वदायी भूमिका खोज्दै निजी क्षेत्रबिहीबार, चैत ५, २०७७

‘खरिद ऐनले नै ६ महिना समय थप गर्नसक्ने अधिकार आयोजना प्रमुखलाई दिएको छ,’ उनले भने, ‘यस हिसाबले तत्काल सबै रुग्ण आयोजनाको एकमुष्टमा समय थप गर्न आवश्यक देखिँदैन।’ अहिले अवस्था सहज बनिसकेका कारण निर्माण क्षेत्रका कामले अब गति लिने मन्त्रालयको विश्वास छ।

‘काम गर्न चाहने निर्माण व्यवसायीलाई आयोजना प्रमुखले नै ६ महिना म्याद थप गर्न सक्ने व्यवस्था छ। यसले कोभिडपछिको निर्माण कार्यमा सकारात्मक नतिजा आउने हाम्रो विश्वास छ,’ प्रवक्ता भट्टराईले भने। आयोजना प्रमुखले थपेको समय सकिए विभागस्तरबाट २५ प्रतिशत र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवले ५० प्रतिशत समय थप गर्न पाउने व्यवस्था छ। यसले काम गर्न चाहने निर्माण व्यवासायीलाई सहजता नै प्रदान गर्ने उनको भनाइ छ।

एक हजारभन्दा बढी आयोजना समस्यामै
सरकारले पटक-पटक म्याद थप गरे पनि एक हजारभन्दा बढी आयोजना समस्यामै रहेका छन्। पुस-माघमा म्याद सकिएका आयोजनालाई म्याद थपले सहयोग पुगे पनि जेठ-असारतिर म्याद सकिएका आयोजना अप्ठ्यारोमा परेको महासंघको भनाइ छ। म्याद थपको निर्णय गर्दा दुई विषयलाई सम्बोधन गर्नुपर्ने व्यवसायीको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले बैंक ग्यारेन्टीको सहजीकरण र समय थपमा पहले गर्‍यो भने नयाँ तथा पुराना सबै आयोजनाको कामले तीव्रता पाउने महासचिव दाहालले बताए।

नयाँ आयोजनाहरुको कामसमेत सुरु भइसकेको छ। यस क्षेत्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायमै रहेको छ। निर्माण क्षेत्र जोखिमपूर्ण नै रहेकाले स्वास्थ्य मापदण्ड सधैँ पालना गर्नुपर्ने मन्त्रालयका प्रवक्ता भट्टराईले बताए। अहिले पहिलेजस्तो कडाइ नगरिए पनि स्वास्थ्य मापदण्ड सधैँ पालना गर्नुपर्ने विषय भएको उनको भनाइ छ। ‘सरकारले निर्माण कार्यका लागि आवश्यक पर्ने नीतिगत तथा व्यावहारिक विषयमा सहजता प्रदान गर्छ नै,’ उनले भने।

यता व्यवसायीहरुले भने स्वास्थ्य मापदण्ड पालनालगायत विषय र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले काममा केही बाधा परेको बताएका छन्। निर्माण सामग्रीमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा सरकारले पहल गरिदिनुपर्ने माग निर्माण व्यवसायी महासंघको छ।

यो पनि पढ्नुहोस्

रुग्ण आयोजनाको समय ६ महिना थप्न सकिने, तत्कालै एकमुष्ट समय भने नथपिनेसोमबार, फागुन २४, २०७७

केही परियोजनाका लागि विदेशबाट समेत कामदार ल्याउनुपर्ने भएकाले क्‍वारेन्टिनमा राख्नुपर्दा झन्झटिलो अवस्था कायमै रहेको महासंघका महासचिव दाहालले बताए। ‘कोरोना परीक्षण गरेको रिपोर्ट वा खोप लगाएको कामदारलाई क्‍वारेन्टिनमा बस्‍नु नपर्ने वा अन्य व्यवस्था गरेर काम गर्न जान पाउने अवस्था बनाउनुपर्छ,’ उनले भने।

निर्माण व्यवसायीहरुले काम सम्पन्‍न भइसकेका आयोजनाबाट समेत भुक्तानी पाउन नसकेको गुणासो गरेका छन्। सरकारले बैंक ग्यारेन्टीको सहजीकरण र समय थपमा पहले गर्‍यो भने नयाँ तथा पुराना सबै आयोजनाको कामले तीव्रता पाउने महासचिव दाहालले बताए। यसले सरकारको विकास खर्चमासमेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन कहाँ चुक्दैछ नेपाल?मंगलबार, चैत ३, २०७७

 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्