• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह

पूर्वतयारीमै बित्यो ३ वर्ष
64x64
शिव बोहरा मंगलबार, चैत १७, २०७७  ०७:००
1140x725

काठमाडौं- सरकारले काठमाडौंको चक्रपथ विस्तार अन्तर्गत कलंकी-धोबीखोला खण्ड विस्तारका लागि तीन वर्षभन्दा बढी समय पूर्वतयारीमै बिताएको छ। पछिल्लो पटक सडक विभागले अर्थमन्त्रालयमार्फत् चीन सरकारलाई सडक विस्तारको टोली पठाउन आग्रह गरेको छ। 

पूर्वतयारीको काम करिब सकिएको र महाराजगञ्ज क्षेत्रको मुआब्जाको काम नसकिएपनि उक्त क्षेत्रलाई छोडेर अन्यत्र काम अवरोध नरहेको आशयको पत्र अर्थमन्त्रालयमार्फत् पठाइएको सडक विभागले जनाएको छ। अर्थले अनुदानमा बन्ने सो सडक खण्डको काम अघि बढाउन चीनलाई आग्रह गरेको हो। 

११.६ किलोमिटरको यो खण्डलाई चीन सरकारले ८ लेनमा विस्तार गरिदिने योजना छ। कोटेश्वर–कलंकी खण्ड पनि चीन सरकारले नै ८ लेनमा विस्तार गरिदिएको थियो। सडक विभागले अर्थमा पत्र पठाएको र त्यही अनुसार अर्थले परराष्ट्रमार्फत् चीन सरकारलाई आग्रह गरेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। 

‘अर्थले प्रक्रियाअनुसार चीन सरकारलाई आग्रह गरेको हुनुपर्छ। यसको जानकारी हामीलाई आइसकेको छैन,’ उनले भने, ‘आशा गरौं छिट्टै चीनको टोली निर्माण सुरु गर्नेगरी नेपाल आउनेछ। काम गर्नका लागि अब एक स्थानमा बाहेक अन्यत्र अवरोध छैन।’ 

जग्गाको मुआब्जा वितरण गर्नेगरी सूचना प्रकाशित भइसकेकाले र त्यहाँ साइट क्लियर नभएपनि उक्त स्थानमा पछि काम गर्ने गरी  चीन सरकारलाई आग्रह गरिएको उनले बताए। चक्रपथको कलंकी-महाराजगञ्ज-धोवीखोला खण्डमा रुख, पोल हटाउने काम लगभग सकिएको छ। थापाका अनुसार गोगंबुको आकाशे पुल र अन्य अस्थायी संरचनाहरू हटाइसकिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

चक्रपथ विस्तारका क्रममा महाराजगञ्ज चोकका भत्काउनु पर्ने घरहरु र अधिग्रहण गर्नुपर्ने जग्गाबारे केही विवाद बाँकी नै छ। यता, स्वयम्भु क्षेत्रको धार्मिक सम्पदा भत्काउने विषयमा समेत विवाद थियो। तर, स्वयम्भु क्षेत्रको विवाद भने मिलिसकेको महानिर्देशक थापाले बताए।

‘स्वयम्भु क्षेत्रको विवाद मिलिसकेको छ। सम्पदा नभत्काउने गरि स्वयम्भुको विपरीततर्फ बाटो ठूलो हुनेगरि सहमति भएको छ,’ थापाले भने, ‘उक्त क्षेत्रको ग्रिनबेल्ट र सर्भिस रोड केही साँघुरो हुने भएपनि मेन ट्र्याकमा कुनै असर पर्दैन।’  

सडक विभागका अनुसार चक्रपथको दायाँ–बायाँ ३१–३१ मिटर ‘राइट अफ वे’ हुनपर्ने भए पनि २०३१/३२ सालमा २५–२५ मिटर मात्र तोकिएको थियो। २०४८ मा आएर सरकारले मुख्य सडकमा थप ६ मिटरको ‘सेट ब्याक’ तोक्यो। सेट ब्याक क्षेत्रभित्र संरचना बनाउन निषेध गरिए पनि २०५६/५७ सालपछि स्वयम्भु डाँडातर्फ सडक क्षेत्रभित्र विभिन्न धार्मिक संरचना थपिएको दाबी सडक विभागको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकारले २०७६ पुस १८ गते यो खण्डको सडक सीमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिएपनि प्रक्रिया भने ढिलाइ भएको हो। प्रक्रिया अघि बढेपछि मुआब्जाका विषयमा विवाद देखिएको हो।

यो पनि पढ्नुहोस्

चक्रपथ विस्तार : मन्त्रीले एक महिनामा सक्न भनेका ४ काम डेढ महिनामा पनि सकिएनशुक्रबार, मंसिर १२, २०७७

महाराजगञ्ज चोकमा मुआब्जा वितरण गरेर १९ वटा घरसहित करिब ४४ कित्ता जग्गा सरकारको नाममा ल्याउनुपर्छ। २ सय ४४ मिटर सडक क्षेत्रमा रहेका केही जग्गाधनीले आफ्नो सम्पत्ति सरकारलाई दिननसक्ने अडान लिँदै आएका छन्।

चीनले तयार गरेको यो खण्डको इन्जिनियरिङ डिजाइन अहिलेसम्म सार्वजनिक भएको छैन। डिजाइन स्वीकृत भएपछि मात्रै चिनियाँ ठेकेदार कम्पनीले काम थाल्नेछ। सहरी सडक भएपनि चक्रपथको कलंकी–कोटेश्वर खण्ड राजमार्गको शैलीको हुँदा अव्यवहारिक भएको भन्दै आलोचना भइरहेको छ। दोस्रो खण्डमा त्यस्तो त्रुटी नदोहोराउने दाबी सडक विभागले गर्दै आएको छ। 

चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सार्वजनिक सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो। तर, तीन वर्ष पुग्न लाग्दा पनि निर्माणस्थल पूर्ण खाली हुन सकेको छैन। चीन ‘साइट क्लियर’ भएपछि मात्र निर्माण कम्पनीलाई काममा पठाउने अडानमा रहेको देखिन्छ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो तातोपानी र आसपासका क्षेत्रमा बाढीले थुपारेका ढुङ्गा, माटो र गेग्रान हटाउने काम सकिएपछि सडक खुलेको हो। आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । आइतबार, कात्तिक ८, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? बुधबार, कात्तिक ११, २०८३
उपत्यकामा २४ घण्टामा ६४३ सवारी साधनमाथि कारबाही बुधबार, कात्तिक ११, २०८३
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रतिघण्टा १५० किमिसम्म हाबाहुरी बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
दशैं तिहारमा राराताल आउने पर्यटक बढे बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्