काठमाडौं– नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन्।
राष्ट्रिय सभा गृहमा आइतबार पार्टी एकता घोषणा सभामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणपत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
‘पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छौँ। जनयुद्ध गरेको माओवादीले पनि क्रान्तिकारी छवि बचाउन सकेन’, उनले भने, ‘कांग्रेसले ३६ वर्ष, एमालेले ३५ वर्ष, माओवादीले करिब १७ वर्ष सत्ता चलाए। दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भए। ठुला भनिएका दलका नेता र कार्यकर्तालाई दुनियाँ कहाँ पुग्यो पत्तै भएन। दलहरूको प्रष्टीकरणको विरुद्ध हामीले नयाँ पार्टी खोलेका हौँ।’
शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी कुनै एक दल थप्ने नभई राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्नका लागि साधनको रूपमा स्थापना भएको जिकिर गरे। जेनजी विद्रोह राजनीतिक दलका सांस्कृतिक प्रष्टीकरण, सत्तामा म्युजिक चियर सामाजिक सञ्जाल खुला र नेतृत्वको हस्तान्तरण भएको उनले बताए। तर जेनजी विद्रोहको भावना विपरीत ठुला दलका नेताहरू लागेको शर्माले आरोप लगाए।
संविधान संशोधन, शासकीय स्वरुप, निर्वाचन प्रणली, लोकतन्त्रको समृद्धिकरण, राइट टू रिजेक्ट, प्राइमरी इलेक्सन जस्ता मुद्दामा सोही सम्मेलनबाट छलफल गरेर निष्कर्ष निकाल्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।