• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्रलाई नयाँ ट्र्याकमा अघि बढाउन नेतृत्वदायी भूमिका खोज्दै निजी क्षेत्र

64x64
सविन मिश्र बिहीबार, चैत ५, २०७७  ०९:००
1140x725

काठमाडौं- कोभिड-१९ को संक्रमण रोक्न सुरु गरेका उपाय अर्थात् लकडाउनको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पर्‍यो। अघिल्ला तीन आर्थिक वर्षमा ६ प्रतिशतभन्दा माथि रहेको नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भयो। केन्द्रीय तथ्यांक विभागले गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको तथ्यांक केही दिनअघि सार्वजनिक गरेको थियाे।

लकडाउन सुरु भएसँगै सरकारले राहत प्याकेज घोषणा गर्‍यो। दुईपटक गरेर ल्याइएका 'सरकारी प्याकेज'को उद्देश्य अर्थतन्त्रलाई तङ्ग्राउनेभन्दा पनि नागरिकको जीवन सहज बनाउने थियो। सरकारले ल्याएका प्याकेज पर्याप्त नभएको र त्यसले आफूहरूलाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया निजी क्षेत्रबाट आइरहेका  थिए।

कोभिड-१९ पूर्णरूपमा नियन्त्रणमा नआउँदै लकडाउनको उल्लंघन हुन थाल्यो। त्यससँगै ११२ दिन लामो लकडाउन त्यसै अन्त्य भयो। उद्योग व्यवसायमा लकडाउनको प्रत्यक्ष प्रभाव पर्‍यो। पर्यटन उद्योगले सबैभन्दा धेरै क्षति बेहोर्‍यो। होटल, रेस्टुरेन्टसँग सम्बन्धित क्षेत्रमा २५ प्रतिशत ऋणात्मक वृद्धि भएको केन्द्रीय तथ्यांक विभागको तथ्यांकमा उल्लेख छ। यसैगरी यातायत र निर्माण क्षेत्र पनि क्रमश: १३ र ५ प्रतिशतले ऋणात्मक भएको छ।

कोभिडका कारण औद्योगिक उत्पादन तथा वैदेशिक व्यापार पनि ऋणात्मक भए। तर, सरकारले यसबीच नयाँ कार्यक्रम ल्याएन। ऋणीलाई सहुलियत दिनेगरी मौद्रिक नीतिमार्फत् केही व्यवस्था गरेको भए पनि कमजोर बनेको मनोबल उठाउनेगरी सरकारबाट काम नभएको निजी क्षेत्रको गुनासो छ।

लगानी वृद्धि, रोजगारी सिर्जना र कूल गार्हस्थ उत्पादनमा त्यसको प्रत्यक्ष योगदान बढाउन निजी क्षेत्र सरकारभन्दा एक कदम अघि बढेका छन्।

यसबीचमा उद्योगी एवं व्यवसायीहरूका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले अलग-अलग रूपमा अर्थतन्त्रलाई पुनर्स्थापित गर्ने लक्ष्यका अलग-अलग योजना घोषणा गरेका छन्। अबको ९ वर्ष अर्थात् सन् २०३० भित्रमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब रूपैयाँ बराबरको पुर्‍याउने गरी महासंघले योजना सार्वजनिक गरेको छ। परिसंघले अबको ४ वर्षमा ५ खर्ब रूपैयाँको निर्यात गर्ने, सन् २०३० सम्ममा कूल गार्हस्थ उत्पादनमा उद्योगको योगदान २६ प्रतिशत बनाउने र वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ। 

किन अघि सर्‍यो निजी क्षेत्र?

अहिले नेपालको मात्रै होइन, विश्व अर्थतन्त्र नै मन्दीपछिको अवस्थामा छ। ठूला अर्थतन्त्रले पनि कोभिडका कारण नराम्रो झट्का बेहोरेका छन्। यसलाई सम्बोधन गर्न र अर्थतन्त्रलाई नयाँ ट्रयाकमा अघि बढाउन निजी क्षेत्रले नेतृत्व लिन खोजेका छन्। 'हाम्रो साझा उद्देश्य मुलुक बनाउने हो, यसका लागि हामी सक्षम छौँ भन्‍ने सन्देश दिन खोजिएको हो,' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर पनि निजी क्षेत्रले नेतृत्व गर्न सक्छ भन्‍ने सन्देश दिन नै आफूहरू अघि सरेको बताउँछन्। 'विकासको नेतृत्व लिन नेपालको निजी क्षेत्र तयार छ, हामी केही गरेर देखाउन सक्छौँ भनेर अघि सरेका हौँ,' परिसंघका अध्यक्ष मोरले भने। 

लगानी वृद्धि, रोजगारी सिर्जना र कूल गार्हस्थ उत्पादनमा त्यसको प्रत्यक्ष योगदान बढाउन सरकारभन्दा एक कदम अघि निजी क्षेत्र बढेका छन्। लगानीका लागि उपयुक्त वातावरण सिर्जना गर्दै निजी क्षेत्रको मनोबल बढाउन सरकारले भूमिका खेले अर्थतन्त्रलाई नयाँ दिशामा लैजान आफूहरू सक्षम रहेको निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरू बताउँछन्।

दुवै संगठनले आफ्नो केन्द्रीय उद्देश्यमा उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र कूल गार्हस्थ उत्पादनमा उद्योगको हिस्सा बढाउने राखेका छन्। त्यसका अतिरिक्त उपभोग बढाउने, निर्यात व्यापार प्रवर्द्धन गर्ने र व्यवसायका लागि सहज वातावरण बनाउने उनीहरूको लक्ष्य छ।

सहकार्य कति सहज?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उद्देश्य एउटै भए पनि निजी क्षेत्रका दुई महत्त्वपूर्ण संगठनहरूले अलग-अलग रूपमा आफ्ना रोडम्याप प्रस्तुत गरेका छन्। यसलाई एकैरूपमा अघि बढाउनसक्ने सम्भावना रहेको महासंघका अध्यक्ष गोल्छा बताउँछन्। 'तपाईंहरू सबैलाई थाहा छ, हामी सबैको उद्देश्य एउटै छ,' गोल्छा भन्छन्, 'हामी सँगसँगै अघि बढ्न पनि सक्छौँ, यसको सम्भावना छ।'

महासंघका पदाधिकारीहरूका अनुसार दुवै संगठनबीच सहकार्यको विषयमा अनौपचारिक संवाद भइरहेको पनि छ। यद्यपि, अहिलेसम्म मूर्तरूप भने लिइसकेको छैन।

परिसंघका अध्यक्ष मोर पनि अर्थतन्त्रलाई माथि उकास्‍ने विषयमा निजी क्षेत्रबीच मतैक्यता कायम गरी अघि बढ्न समस्या नरहेको बताउँछन्। 'पहिले पनि हामीबीच अजेण्डाहरूमा सहकार्य भएका छन्, अब पनि हामी एक भएर अघि बढ्न सक्ने अवस्था छ,' मोरले भने।  

निजी क्षेत्रका संगठनले अघि बढाएका कार्यक्रमलाई सरकारले पनि 'नोटिस' गरिरहेको छ। आगामी आर्थिक वर्षको बजेटबाट निजी क्षेत्रका आवाज सम्बोधन गर्ने गरी अघि बढ्ने अर्थ मन्त्रालयका सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले बताए। 'उहाँहरूले आफ्नो हिसाबले अजेण्डा अघि बढाउनुभएको छ, सरकारले अर्थतन्त्रलाई गति दिने गरी बजेटबाट अधिकतम प्रयास गर्छ,' श्रेष्ठले भने।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? यससँगै पछिल्लो तीन कारोबारी दिनभित्रमा मात्रै सुनको मूल्य प्रतितोला कुल ७ हजार रुपैयाँले घट्न पुगेको छ। बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब... बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैया... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्