• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर

64x64
सविन मिश्र मंगलबार, चैत १०, २०७७  ०६:३०
1140x725

काठमाडौं- कास्कीको रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा शुक्रबार दिउँसो सिंहदरबारमा भेटिए। अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग चहारिरहेका उनको एउटै गुनासो थियो, भएको कामको पनि किन पैसा पाइएन?

समपूरक अनुदानअन्तर्गत गत आर्थिक वर्षमा कार्यान्वयन हुनुपर्ने आयोजना लकडाउनका कारण सकिएन। काम नसकिएपछि ठेक्का लगाइएका आयोजनाको काम पनि अर्को वर्षलाई सर्‍यो। लकडाउनको बीचमा सम्पन्‍न हुने ठेक्काका लागि मन्त्रिपरिषद्ले नै ६ महिना म्याद थपिदियो। तर म्याद थप हुँदा सकिएका आयोजनाका लागि संघीय सरकारबाट पैसा गएन।

चितवनको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीको समस्या पनि उस्तै छ। संघीय सरकारले उपलब्ध गराउने समपूरक अनुदानको रकम काम सम्पन्‍न हुँदा पनि नपाएपछि उनी पनि यही गुनासो बोकेर धाइरहेका छन्। 'हामीले पटक-पटक भनेका छौँ, तर पनि पैसा आएको छैन,' उनले भने।

 

चालु आर्थिक वर्षमा समपूरक र विशेष अनुदान बाँडफाँट गर्दा पुरानो दायित्व नहेरी नयाँ आयोजना सिफारिस हुँदा नयाँ आयोजनालाई पैसा दिइयो, पुराना त्यसै छुटे।

Ncell 2
Ncell 2
nimb
nimb

समपूरक र विशेष अनुदानको समन्वय एवं बाँडफाँटको जिम्मेवारी राष्ट्रिय योजना आयोगको हो। तर, योजना आयोगसँग नै समपूरक र विशेष आयोजनाका कारण सिर्जित दायित्व कति छ भन्‍ने यकिन विवरण छैन। स्थानीय तहहरूको अलग-अलग मागका आधारमा उसले अर्थ मन्त्रालयलाई रकम निकासाका लागि पत्र पठाउने गरेको भए पनि एकीकृत सूचना भने संकलन गरेको छैन।

आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले ठेक्का लागेर सम्पन्‍न नभएका र काम सम्पन्‍न भइसकेकाको आयोजनाको रकम दिन समस्या नरहेको बताए। 'ठेक्कै नलागेकाको भन्‍न सकिँदैन, जसको काम सकिएको छ वा कोभिडका कारण केही ढिला भएर पनि सम्पन्‍न हुँदै छ, उनीहरूको हकमा हामी व्यवस्थापन गर्छौं,' ओलीले भने, 'रकम निकासाका लागि अर्थ मन्त्रालयका लेखेका छौँ। केही समयमा पैसा जाला।'

कोभिड-१९ का कारण आयोजना कार्यान्वयनमा समस्या हुँदा गत आर्थिक वर्षका काम चालु आर्थिक वर्षका लागि सारियो। तर, चालु आर्थिक वर्षमा समपूरक र विशेष अनुदान बाँडफाँट गर्दा पुरानो दायित्व नहेरी नयाँ आयोजना सिफारिस हुँदा नयाँ आयोजनालाई पैसा दिइयो, पुराना त्यसै छुटे।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव धनिराम शर्माले बहुवर्षीय ठेक्का लागेका आयोजना बिर्सिएर नयाँका लागि मात्रै रकम बाँडफाँट हुँदा समस्या सिर्जना भएको बताए। 'कोभिड प्रभावित आयोजना चालु वर्षका लागि सारियो तर उनीहरूका लागि स्रोतको व्यवस्थापन भएन,' उनले भने, 'त्यसरी सरेको दायित्व यकिन पनि भएको छैन। आयोजनागतरूपमा आएका पत्र हामीले अहिलेसम्म सम्बोधन गरेका छैनौँ।'

समपूरक र विशेष अनुदान कार्यान्वयनमार्फत सिर्जित दायित्व बहन गर्नुपर्ने अवस्थामा अर्थ मन्त्रालय भए पनि योजना आयोगले बहुवर्षीय ठेक्का लागेका आयोजनाको विवरण नै नराख्दा अनुदान बाँडफाँटबाट नै समस्या सुरु भएको छ। जसका कारण कार्यान्वयन भएका आयोजनालाई पनि कसरी पैसा दिने भन्‍ने समस्या परेको अर्थ मन्त्रालयको भनाइ छ।

'वित्तीय हस्तान्तरणबाट जाने रकमलाई चालु खर्चका रूपमा वर्गीकरण गर्ने गरिएको छ, जसका कारण अन्य आयोजनाबाट पैसा तानेर दिन पनि समस्या छ,' मन्त्रालयका सहसचिव शर्माले भने।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्