• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर

64x64
सविन मिश्र मंगलबार, चैत १०, २०७७  ०६:३०
1140x725

काठमाडौं- कास्कीको रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा शुक्रबार दिउँसो सिंहदरबारमा भेटिए। अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग चहारिरहेका उनको एउटै गुनासो थियो, भएको कामको पनि किन पैसा पाइएन?

समपूरक अनुदानअन्तर्गत गत आर्थिक वर्षमा कार्यान्वयन हुनुपर्ने आयोजना लकडाउनका कारण सकिएन। काम नसकिएपछि ठेक्का लगाइएका आयोजनाको काम पनि अर्को वर्षलाई सर्‍यो। लकडाउनको बीचमा सम्पन्‍न हुने ठेक्काका लागि मन्त्रिपरिषद्ले नै ६ महिना म्याद थपिदियो। तर म्याद थप हुँदा सकिएका आयोजनाका लागि संघीय सरकारबाट पैसा गएन।

चितवनको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीको समस्या पनि उस्तै छ। संघीय सरकारले उपलब्ध गराउने समपूरक अनुदानको रकम काम सम्पन्‍न हुँदा पनि नपाएपछि उनी पनि यही गुनासो बोकेर धाइरहेका छन्। 'हामीले पटक-पटक भनेका छौँ, तर पनि पैसा आएको छैन,' उनले भने।

 

चालु आर्थिक वर्षमा समपूरक र विशेष अनुदान बाँडफाँट गर्दा पुरानो दायित्व नहेरी नयाँ आयोजना सिफारिस हुँदा नयाँ आयोजनालाई पैसा दिइयो, पुराना त्यसै छुटे।

Ncell 2
Ncell 2

समपूरक र विशेष अनुदानको समन्वय एवं बाँडफाँटको जिम्मेवारी राष्ट्रिय योजना आयोगको हो। तर, योजना आयोगसँग नै समपूरक र विशेष आयोजनाका कारण सिर्जित दायित्व कति छ भन्‍ने यकिन विवरण छैन। स्थानीय तहहरूको अलग-अलग मागका आधारमा उसले अर्थ मन्त्रालयलाई रकम निकासाका लागि पत्र पठाउने गरेको भए पनि एकीकृत सूचना भने संकलन गरेको छैन।

आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले ठेक्का लागेर सम्पन्‍न नभएका र काम सम्पन्‍न भइसकेकाको आयोजनाको रकम दिन समस्या नरहेको बताए। 'ठेक्कै नलागेकाको भन्‍न सकिँदैन, जसको काम सकिएको छ वा कोभिडका कारण केही ढिला भएर पनि सम्पन्‍न हुँदै छ, उनीहरूको हकमा हामी व्यवस्थापन गर्छौं,' ओलीले भने, 'रकम निकासाका लागि अर्थ मन्त्रालयका लेखेका छौँ। केही समयमा पैसा जाला।'

कोभिड-१९ का कारण आयोजना कार्यान्वयनमा समस्या हुँदा गत आर्थिक वर्षका काम चालु आर्थिक वर्षका लागि सारियो। तर, चालु आर्थिक वर्षमा समपूरक र विशेष अनुदान बाँडफाँट गर्दा पुरानो दायित्व नहेरी नयाँ आयोजना सिफारिस हुँदा नयाँ आयोजनालाई पैसा दिइयो, पुराना त्यसै छुटे।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव धनिराम शर्माले बहुवर्षीय ठेक्का लागेका आयोजना बिर्सिएर नयाँका लागि मात्रै रकम बाँडफाँट हुँदा समस्या सिर्जना भएको बताए। 'कोभिड प्रभावित आयोजना चालु वर्षका लागि सारियो तर उनीहरूका लागि स्रोतको व्यवस्थापन भएन,' उनले भने, 'त्यसरी सरेको दायित्व यकिन पनि भएको छैन। आयोजनागतरूपमा आएका पत्र हामीले अहिलेसम्म सम्बोधन गरेका छैनौँ।'

समपूरक र विशेष अनुदान कार्यान्वयनमार्फत सिर्जित दायित्व बहन गर्नुपर्ने अवस्थामा अर्थ मन्त्रालय भए पनि योजना आयोगले बहुवर्षीय ठेक्का लागेका आयोजनाको विवरण नै नराख्दा अनुदान बाँडफाँटबाट नै समस्या सुरु भएको छ। जसका कारण कार्यान्वयन भएका आयोजनालाई पनि कसरी पैसा दिने भन्‍ने समस्या परेको अर्थ मन्त्रालयको भनाइ छ।

'वित्तीय हस्तान्तरणबाट जाने रकमलाई चालु खर्चका रूपमा वर्गीकरण गर्ने गरिएको छ, जसका कारण अन्य आयोजनाबाट पैसा तानेर दिन पनि समस्या छ,' मन्त्रालयका सहसचिव शर्माले भने।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्